Jankari Kendra
२८ श्रावण २०८३, बिहीबार
Worldlink

यामाहा नेपालद्वारा “यामाहा ब्लू क्याम्प”को घोषणा : देशव्यापी सर्भिस सप्ताह मार्फत् हरेक यामाहा राइडरले सेवा लिन सक्ने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, मंसिर, २३
यामाहा नेपालद्वारा “यामाहा ब्लू क्याम्प”को घोषणा : देशव्यापी सर्भिस सप्ताह मार्फत् हरेक यामाहा राइडरले सेवा लिन सक्ने

काठमाडौँ ।  एमएडब्लू राइड्स प्रा. लि. अन्तर्गतको यामाहा नेपालले आफ्ना ग्राहकहरूको सन्तुष्टि बढाउन, नियमित मर्मत सम्भारलाई प्रवर्द्धन गर्न र देशभरका यामाहा राइडरहरूलाई उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यका साथ एक हप्ता लामो राष्ट्रव्यापी सर्भिस अभियान “यामाहा ब्लू क्याम्प” औपचारिक रूपमा सुरु गरेको छ।

कम्पनीका अनुसार,  मंसिर २१ देखि २७ गते (डिसेम्बर ७ देखि १३) सम्म चल्ने यस अभियानले ग्राहकहरूलाई कुनै पनि आधिकारिक यामाहा सर्भिस सेन्टरमा गएर आकर्षक छुट तथा विशेष सुविधासहित प्रिमियम सर्भिसको अनुभव लिन आमन्त्रित गरेको छ।

यामाहाको विश्वस्तरीय आफ्टर-सेल्स सपोर्ट प्रदान गर्ने प्रतिबद्धता अनुरुप सुरु भएको “यामाहा ब्लू क्याम्प”ले हरेक यामाहा मोटरसाइकल र स्कूटरले उत्कृष्ट कार्यसम्पादन गरोस् भन्ने सुनिश्चित गर्दछ। अभियान सप्ताहको अवधिभर हरेक दिन बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुने यस सर्भिसमा ग्राहकहरूले निःशुल्क बाइक वाश, १५-प्वाइन्ट विस्तृत चेकअप,यामाल्युबमा १५ प्रतिशत छुट ,स्पेयर पार्ट्समा १० प्रतिशत छुट ,लेबर चार्जमा ५० प्रतिशत छुट र निःशुल्क ए.एम.सी कार्ड जस्ता विशेष सुविधाहरूको लाभ लिन सक्नेछन् ।

यस अनुभवलाई अझ रोमाञ्चक बनाउन यामाहाले आफ्ना मूल्यवान ग्राहकहरूका लागि एक विशेष उपहार पनि ल्याएको छ सात दिनसम्म दैनिक एक जना ग्राहकले आफ्नो कुल मर्मत बिलमा १०० प्रतिशत क्यासब्याक प्राप्त गर्नेछन्। यो अनौठो अफरले यामाहा राइडरहरूले विशेषज्ञ सेवा मात्र नभई, आफ्नो भिजिटको कुल लागतमा पूर्ण राहत पाउने मौका पनि सुनिश्चित गरेको छ।

यी सेवा सुविधाहरूका अलावा यामाहा ब्लू क्याम्पमा ‘नो योर बाइक’ सेसन पनि समावेश हुनेछ, जहाँ प्रत्येक सर्भिस सेन्टरका प्राविधिक प्रमुखले ग्राहकहरूलाई उनीहरूको यामाहा मोटरसाइकल वा स्कुटरका विशेषता, मर्मतसम्भार आवश्यकता र प्राविधिक पक्षहरू अझ राम्ररी बुझ्न व्यक्तिगत रूपमै मद्दत गर्नेछन्।

एक डेडिकेटेड ‘सेफ्टी राइड सेसन’ले राइडरहरूलाई दैनिक जीवनमा अझ सुरक्षित तरिकाले सवारी चलाउने व्यावहारिक सुझावहरू मार्फत् शिक्षित गर्नेछ। ग्राहकहरूले थप सरप्राइज गिफ्टहरू, ए.एम.सी खरिदमा विशेष अफर, र अनलाइन बुकिङ मार्फत यामाहा एक्सप्रेस सर्भिसको सुविधा पनि प्राप्त गर्न सक्नेछन्। यसले अग्रिम बुकिङ गर्ने ग्राहकहरूका लागि प्राथमिकता र थप सुविधाहरू सुनिश्चित गर्नेछ।

यस अभियानका बारेमा बोल्दै एमएडब्लू राइड्स प्रा. लि. का कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले भने, “यामाहा सधैँ गुणस्तर, विश्वसनीयता र उत्कृष्ट सर्भिस प्रदान गरेर आफ्ना ग्राहकहरूसँग दीर्घकालीन विश्वास निर्माण गर्ने कुरामा विश्वास गर्दछ। “यामाहा ब्लू क्याम्प” मार्फत हामी हाम्रा राइडरहरूलाई उहाँहरूको सुरक्षा, सन्तुष्टि र मानसिक शान्ति सुनिश्चित गर्ने एक परिष्कृत सर्भिस अनुभव दिन चाहन्छौँ। यो पहल हाम्रो यामाहा परिवारलाई कदर गर्ने र हरेक यात्रालाई सहज, रोमाञ्चक र चिन्तामुक्त राख्ने हाम्रो आफ्नै तरिका हो।”

यामाहा नेपालले अत्याधुनिक जापानी इन्जिनियरिङका साथसाथै ग्राहक सेवा र देशव्यापी सेवाको पहुँचलाई प्राथमिकता दिँदै दुईपाङ्ग्रे सवारी साधनको बजारलाई नेतृत्व गरिरहेको बताइएको छ। “यामाहा ब्लू क्याम्प” यो सम्बन्धलाई अझ सुदृढ गर्ने अर्को एउटा महत्त्वपूर्ण कदम रहेको जनाइएको छ । यो अफर नेपालभरका सबै आधिकारिक यामाहा सर्भिस सेन्टरहरूमा लागू हुनेछ ।

 

naima expoTop Changing Nepal

युट्युब सट्स