आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी
काठमाडौं । नेपालका लागि आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्स प्रा. लि. ले आफ्नो बहुप्रतिक्षित लाइफस्टाइल इलेक्ट्रिक एसयुभी, आईकार भी२३ को डेलिभरी औपचारिक रूपमा सुरु गरेको छ। कम्पनीले यस नयाँ यात्राको सुरुवात गर्दै पहिलो गाडी नेपालकी चर्चित मोडेल तथा सामाजिक सञ्जाल इन्फ्लुएन्सर इभा गिरीलाई हस्तान्तरण गरेको छ।
इभा गिरीलाई गरिएको यो हस्तान्तरणले उच्च फेसन र भविष्य उन्मुख इन्जिनियरिङको उत्कृष्ट संगमलाई प्रतिनिधित्व गरेको कम्पनीले जनाएको छ । नेपालकी एक चर्चित ट्रेन्डसेटरको रूपमा गिरीले भी२३ रोज्नुले यस गाडीको ’शो–स्टपर’ छविलाई थप प्रष्ट पारेको छ, जसले नेपालका नयाँ पुस्ताका सफल व्यक्तिहरूको आकांक्षालाई पूर्ण रूपमा सम्बोधन गर्दछ ।
आईकार भी२३ मा १०० किलोवाट (१३४ एचपी) को रियर–ह्विल–ड्राइभ मोटर छ, जसले १८० एनएम टर्क उत्पादन गर्दछ । यसमा सिएटिएलको ५९.९३ किलोवाट आवर ब्याट्री जडान गरिएको छ, जसले ४०१ किलोमिटरको प्रमाणित रेन्ज प्रदान गर्छ।
यो कार सहरी यात्रा र लामो दुरीको यात्रा दुवैका लागि उपयुक्त रहेको कम्पनीको भनाई छ । २१० एमएमको उत्कृष्ट ग्राउन्ड क्लियरेन्स भएको भी२३ मा १५.४ इन्चको विशाल २.५ के सेन्ट्रल कन्ट्रोल डिस्प्ले उपलब्ध गराइएको छ । पछाडिको सिट फोल्ड गर्दा यसमा ७४४ लिटरको विशाल ट्रंक स्पेस प्राप्त हुन्छ ।
एसपीजी अटोमोबाइल्सका अनुसार पूर्व-बुकिङ गरेका अन्य ग्राहकहरूका लागि पनि देशव्यापी रूपमा डेलिभरी सुरु हुनेछ। प्रिमियम लाइफस्टाइल सेगमेन्टमा उपलब्ध यो गाडीले नेपाली अटोमोबाइल बजारमा नयाँ तरंग ल्याउने कम्पनीको विश्वास छ।
सम्बन्धित समाचार
भव्य उद्घाटनसँगै काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
नाडाबाट बाढी पीडितहरुका लागि राहत सामग्रीहरु वितरण
जेसीबी इन्डियाद्वारा भोटेकोशी बाढी उद्धारमा खटिएका नेपाली ग्राहकहरूको सम्मान
५ हजारलाई स्वरोजगार बनाउने लक्ष्यसहित ‘भेट्रा एरोन’ इलेक्ट्रिक स्कुटर सार्वजनिक
भेस्पा तथा अप्रिलिया खरिदमा १ लाख रुपैयाँसम्म नगद लाभ, २५ हजार रुपैयाँसम्म एक्सचेन्ज बेनिफिट र हरेक खरिदमा अनर एक्स ५ प्ले स्मार्टवाच
ट्रेन्डिङ
२०८३ असोज ५ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना


