मेष राशि-
पैत्रिक सम्पत्तिमा विवाद आउनुका साथै दाजुभाइमा भागबन्डाको समय छ, व्यवसाय र कृषितर्फ लगनशीलताले ठूलो काम बन्न सक्छ। सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्नेछ । बिनाकारण आफन्तजनबाट टाढिनुपर्नेछ। मातापिताका बारेमा चिन्ता बढ्नेछ । विशवासपात्रले धोका दिनेछन्। वैदेशिक रोजगारीमा केही समस्या आउनेछन् । श्रम र उत्पादनको राम्रो मूल्य नपाइएला।
वृष राशि-
उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । सोचेभन्दा बढी नै लाभ हुने समय छ । साझेदारी काममा विशेष लाभ मिल्नेछ । भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ । यात्राको पनि योग छ । रोकिएका काम बन्नेछन् भने दिगो आम्दानी हुने काम सुरु गर्न सकिनेछ । यात्राको योग छ ।
मिथुन राशि-
तपाईको कमजोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला। विगतको कामबाट भने लाभ हुनेछ । सामाजिक क्षेत्रमा अग्रसर हुने दिन छ, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । दाम्पत्य जीवन रमाइलो रहनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । कृषि तथा पशुपालनमा पनि बढ्नेछ । विभिन्न अवसरले पछ्याउनेछन् ।
कर्कट राशि-
गरिएका कामको उचित प्रतिफल पाइनेछ । कृषि-चौपायामा केही समस्या देखिएला। अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ । मौकाको फाइदा उठाउन नसकिएला। व्यावसायिक काममा खर्च बढ्नेछ । अरुका काममा महत्वपूर्ण समय बित्न सक्छ । बोलीको गलत अर्थ लाग्नाले विवादमा परिएला । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला ।
सिंह राशि-
विगतका निर्णयले काम बिग्रन सक्छ । मान्यजनको सुझावप्रति पनि विश्वास नलाग्ला । होश नपुग्नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । बाध्यतापूर्ण काममै समय बित्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । नजिकका साथीभाइ टाढिन सक्छन, आँटेका काम बिस्तारै भए पनि सम्पन्न हुनेछन् ।
कन्या राशि-
सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । काममा मातापिताको सहयोग प्राप्त होला । अतिथिको सम्मान गर्ने अवसर पाइएला । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । सहयोगीहरू जुट्नाले काममा उत्साह थपिनेछ । खर्च भए पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ।
तुला राशि-
काममा परिवारजनको सहयोग जुटाउन सक्दा फाइदा होला । पशुधन र जमिनबाट सामान्य लाभ मिल्नेछ । प्रतिष्ठा कमाउने काम गर्ने मौका छ । अरुलाई प्रभावित पारेर काम लिन सकिने छ । आफ्नो प्रतिभा अरुलाई देखाउन सकिनेछ । गुरुजनको विशेष सहयोग जुट्नेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ ।
वृश्चिक राशि-
बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ । सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान् । भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । स्वास्थ्य कमजोर रहनाले सोचेजति काम गर्न नसकिएला । तर, जिम्मेवारी भने बढिरहनेछ । हतारको निर्णयले पनि धोका हुनेछ । स्वास्थ्यमा होस पुर्याउनुहोला ।
धनु राशि-
प्रशस्त धन आर्जन गर्ने मौका छ। बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । सहयोगीहरूले साथ र हौसला दिनेछन । प्रतिस्पर्धीहरूलाई उछिन्न सकिनेछ ।
मकर राशि-
नयाँ जिम्मेवारी पाइएला । पारिवारिक आवश्यकता पूर्ति होला, श्रमको उचित मूल्यांकन हुनेछ । शुभचिन्तकहरूको सुझावलाई वास्ता नगर्दा दुःख पाइनेछ । परिवारजनबाट टाढिनुपर्ला । कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नुका साथै समस्या थपिन सक्छन् । व्यापार-व्यवसायमा विशेष लाभ लिने समय छ । व्यावसायिक यात्रा सम्भावना छ ।
कुम्भ राशि-
पठन-पाठनमा त्यति समय दिन नसकिएला । अरूले आलोचना गर्नसक्छन् । खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। प्रयत्न गर्दा पनि उपलब्धि हासिल गर्न गाह्रो पर्ला। सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ । स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ । भेटघाटमा अलमलिनाले कामलाई बाधा पुग्नेछ । घरायसी समस्याले पनि सताउने छ ।
मीन राशि-
काममा रोकावट र मानसम्मानमा आघात पुग्ने समय छ । रुपैयापैसा कमाउने बेला छ। सोच्दै नसोचेको काम सम्पादन हुने समय छ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन् । आँटेका काम मुस्किलले बन्नेछन् । खर्च बढाउनुका साथै पैसाको अभावले काम रोकिन सक्छ ।
-ज्यो.पं. तुलसी भारद्वाज





