जाडोमा छाला सुक्खा हुने र फुट्ने समस्याबाट यसरी बच्न सकिन्छ
काठमाडौं । जाडो मौसममा छालाको चिल्लो पदार्थ र नमीको मात्रा कम हुने भएकाले छाला सुक्खा हुने र फुट्ने समस्या बढ्ने गर्छ । गर्मीको तुलनामा जाडोमा छालामा आउने प्राकृतिक चिल्लो पदार्थ (नेचुरल मोइस्चराइजिङ फ्याक्टर) कम हुने भएकाले ओठ, गाला र हातखुट्टामा सुक्खापन र फुट्ने समस्या बढी देखिन्छ ।
सुक्खा हावा चल्ने, एसी र हिटरको अत्यधिक प्रयोगले शरीरको मोइस्चर नष्ट हुँदा छालाको सुक्खापन झन् बढ्ने गर्छ । छालालाई सुक्खापन र फुट्नबाट जोगाउन धेरै तातोपानीमा नुहाउन नहुने र नुहाएपछि नरिवलको तेल वा लोसन क्रिम लगाउनु पर्ने हुन्छ । छालालाई पञ्जा, टोपी र मास्कले ढाक्दा पनि समस्या कम हुन्छ ।
साबुन र सेम्पु साताको दुई वा तीन दिन मात्र प्रयोग गर्नुपर्छ, किनभने दैनिक प्रयोगले छालाको प्राकृतिक नमी नष्ट हुन सक्छ । यस्तै, नुहाएपछि सीधै ऊनीका कपडा लगाउनुभन्दा पहिले भित्री सुतीको कपडा लगाउनु उपयुक्त हुन्छ । शरीरलाई हाइड्रेट राख्नका लागि जाडोमा पर्याप्त पानी पिउनु पनि जरुरी छ । यी उपायहरू अपनाउँदा जाडोमा छालालाई स्वस्थ राख्न सकिन्छ ।
सम्बन्धित समाचार
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट


