• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२३ बैशाख २०८३, बुधबार
२३ बैशाख २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेपालमा स्मार्ट जीवनशैलीको नयाँ आयाम : सिजी डिजिटलले बदल्दै किनमेल अनुभव
  • १० घण्टा 

विभिन्न स्थानमा पहिरो, कतै यातायात ठप्प त कतै एकतर्फी सञ्चालनमा
  • ११ घण्टा 

ट्राफिक कारबाहीबाट एकैदिन २६ लाख ६० हजार राजस्व सङ्कलन
  • १२ घण्टा 

सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
  • १२ घण्टा 

किष्ट किड्नी ट्रान्सप्लान्ट सेन्टरद्वारा २०० सफल मिर्गौला प्रत्यारोपण
  • १३ घण्टा 

देशभर पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको प्रभाव : यी स्थानमा वर्षा र चट्याङको सम्भावना
  • १५ घण्टा 

आज तेस्रो प्रदेश भाषा दिवस, प्रदेशभर सार्वजनिक बिदा
  • १५ घण्टा 

डोंगफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन केन्द्रको स्थापना
  • १ दिन 

२०८३ वैशाख २४ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

लोकप्रिय समाचार

  • १. शहरी विकास मन्त्रालयद्वारा स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह

  • २. एलजी वास टावरको विश्वव्यापी सफलता, ३.२ मिलियन बिक्री पार

  • ३. खाना पकाउने ग्यासको मूल्य बढ्यो

  • ४. कुनै पनि नागरिकलाई घरबारविहीन हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता

  • ५. २०८३ वैशाख २४ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन, लक्ष्यको करिब ७० प्रतिशत पूरा

  • ७. अप्रिल महिनामा १ लाख ७ हजार पर्यटक नेपाल भित्रिए

  • ८. ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन

  • ९. Smart Appliances and Whirlpool has Present partnership contract

  • १०. वीरगञ्जमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार

देशकै महत्वपूर्ण शैक्षिक प्रतियोगिता ‘ग्लोबल म्याथ डिबेट लिग’ सञ्चालन हुँदै

जानकारी केन्द्र २०८२, माघ, २१

काठमाडौं । गणितीय तर्कलाई सोच्ने र बहस गर्ने क्षमतासँग जोड्ने उद्देश्यले सञ्चालन हुँदै आएको ग्लोबल म्याथ डिबेट लिग (जिएमडिएल) ले सन् २०२६ का लागि क्षेत्रीय तथा राष्ट्रिय चरणका कार्यक्रमहरु सार्वजनिक गरेको छ । विद्यालय तहका विद्यार्थीहरूमा आलोचनात्मक सोच, प्रभावकारी अभिव्यक्ति र समूहमा मिलेर समस्या समाधान गर्ने क्षमता विकास गर्ने लक्ष्यसहित यो लिग देशकै महत्वपूर्ण शैक्षिक प्रतियोगिताका रूपमा अघि बढिरहेको बताइएको छ ।

फेब्रुअरी २०२६ भरि देशका पाँच स्थानमा क्षेत्रीय प्रतियोगिता आयोजना गरिनेछ, जसमा विभिन्न क्षेत्रका विद्यालयहरूको सहभागिता रहनेछ। क्षेत्रीय प्रतियोगिताको सुरुआत झापामा फेब्रुअरी ४ र ५ मा हुनेछ । त्यसपछि चितवनमा फेब्रुअरी ७ र ८, बुटवल–भैरहवामा फेब्रुअरी १० र ११ तथा पोखरामा फेब्रुअरी १३ र १४ मा प्रतियोगिता हुनेछ । अन्तिम क्षेत्रीय चरण काठमाडौंमा फेब्रुअरी १६ र १७ मा आयोजना गरिनेछ ।

क्षेत्रीय चरणबाट छनोट भएका उत्कृष्ट टोलीहरूको सहभागितामा राष्ट्रिय प्रतियोगिता फेब्रुअरी २१ र २२, २०२६ मा काठमाडौंमा सम्पन्न हुनेछ ।

जिएमडिएलका सह–संस्थापक दिवेश बथिजाले भने, “हामी गणितलाई केवल रटेर सिक्ने विषय होइन, बहस गर्ने, तर्क गर्ने र वास्तविक जीवनका समस्यामा प्रयोग गर्न सकिने विषयका रूपमा विकास गर्दैछौं । नेपालका पाँच क्षेत्रमा आयोजना हुने प्रतियोगिता र बलिया साझेदारीमार्फत हामी विश्व मञ्चमा प्रतिस्पर्धा गर्न सक्ने सोचयुक्त विद्यार्थीहरूको नयाँ पुस्ता तयार गरिरहेका छौं ।”

यस संस्करणमा विभिन्न शैक्षिक तथा संस्थागत साझेदारहरूको सक्रिय सहकार्य रहेको छ । ज्ञान र शिक्षण सामग्रीका लागि विश्वभर परिचित ब्रिटानिका इंक अनुसन्धान तथा सीप प्रविधि साझेदारको रूपमा जिएमडिएलसँग जोडिएको छ । यस सहकार्यले लिगलाई विश्वसनीय सामग्री, गहिरो अनुसन्धान र भविष्यका लागि आवश्यक सीपहरूमा अझ सुदृढ बनाएको जनाइएको छ । त्यस्तै, दुबईस्थित एजुकेस र ल्याब अफ फ्युचरले पनि आफ्नो अनुभव र सहयोगमार्फत लिगको सफलतामा योगदान दिइरहेका छन् ।

क्षेत्रीय स्तरमा पनि सहकार्यले लिगको पहुँच विस्तार गरेको छ । झापामा आयोजना हुने प्रतियोगिता आस्था कलेजको सहकार्यमा हुनेछ । बुटवल–भैरहवामा लुम्बिनी वल्र्ड स्कूलसँग मिलेर प्रतियोगिता आयोजना गरिनेछ भने पोखरामा कुमुदिनी होम्स स्कूलले सह–आयोजकको भूमिका निर्वाह गर्नेछ, जसले गण्डकी प्रदेशमा लिगको प्रभाव बढाउने अपेक्षा गरिएका बताइएको छ ।

प्रतियोगिताका दिनमा सहभागी र आयोजक टोलीका लागि फुड पार्टनरका रूपमा फुडमान्डुले खानाको व्यवस्था गर्नेछ । त्यसैगरी, टिबिजी नेपाल (द बियोन्ड ग्रुप नेपाल) ले फ्र्याक्सन प्रायोजकका रूपमा यस पहललाई समर्थन गर्दै शिक्षा र युवा विकासप्रति आफ्नो प्रतिबद्धता जनाएको छ ।

देशभरका विद्यालयहरूको सहभागिता र साझेदारहरूको बलियो सहयोगका कारण ग्लोबल म्याथ डिबेट लिगले गणितलाई हेर्ने दृष्टिकोणमा नयाँ परिवर्तन ल्याइरहेको छ । यसले गणितलाई केवल पाठ्यपुस्तकमा सीमित विषय नभई बहस, तर्क र व्यवहारिक प्रयोगसँग जोडिएको जीवन्त सिकाइको माध्यमका रूपमा स्थापित गरिरहेको जनाइएको छ ।

जिएमडिएलको २०२६ संस्करण नेपाली शैक्षिक क्षेत्रमा एक महत्वपूर्ण अवसरका रूपमा देखिएको छ । यसले विद्यार्थीहरूलाई गणितमार्फत सोच्ने, तर्क गर्ने र आत्मविश्वासका साथ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत हुन प्रेरित गर्ने अपेक्षा गरिएको बताइएको छ ।

  • jankari kendra
  • jankarikendra
  • jankarikendra news
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
घरमा नराख्नुहोस् यस्ता वस्तु, हुनेछ धन हानीका साथै अनिष्ठ
बढ्दो तापक्रमलाई लक्षित गर्दै माइडियाको आधुनिक फ्यान नेपाली बजारमा
प्याब्सनसहित शैक्षिक संस्थाको संयुक्त प्रतिबद्धता : सुकुम्बासी बस्ती हटाउने क्रममा प्रभावित बालबालिकाको शिक्षा निरन्तरता सुनिश्चित गर्ने

ताजा

नेपालमा स्मार्ट जीवनशैलीको नयाँ आयाम : सिजी डिजिटलले बदल्दै किनमेल अनुभव

विभिन्न स्थानमा पहिरो, कतै यातायात ठप्प त कतै एकतर्फी सञ्चालनमा

ट्राफिक कारबाहीबाट एकैदिन २६ लाख ६० हजार राजस्व सङ्कलन

सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.