• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२४ जेठ २०८३, आइतबार
२४ जेठ २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आकर्षक डिजाइन र आधुनिक प्रविधिसहित ओमोडा ई–फाइभ प्रो पोखरामा सार्वजनिक
  • १२ घण्टा 

२४ घण्टामा २,२५६ चालक ट्राफिक कारबाहीमा, रु ४.९१ लाख राजस्व सङ्कलन
  • १ दिन 

ओमानमाथि सहज जित निकाल्दै नेपाल फाइनलमा
  • १ दिन 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • २ दिन 

एलजी नेपालद्वारा “गेम अन वोइथ एलजी एआई टिभी” अभियान सार्वजनिक, फुटबल हेर्ने अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य
  • २ दिन 

नेपाल मेडिकल कलेजमा गरियो ८० वर्षीय बृद्धको सफलतापूर्वक एन्जियोप्लास्टी
  • २ दिन 

२०८३ जेठ २४ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २ दिन 

सगरमाथा संरक्षण अभियानमा साईमेक्स बीवाइडी च्यारिटी फाउन्डेसनको दीर्घकालीन सहकार्य
  • २ दिन 

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
  • २ दिन 

लोकप्रिय समाचार

  • १. मिड-भ्याली इन्टरनेसनल कलेज र वाइजएडमिट बिच समझदारी : चीनको एनयूएएसँग शैक्षिक तथा प्राविधिक सहकार्य विस्तार हुने

  • २. २०८३ जेठ २० गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. विश्वकपको प्रत्येक क्षणलाई अविस्मरणीय बनाउने टीसीएलको नयाँ योजना सार्वजनिक

  • ४. विराटनगरमा ओमोडा ई५ प्रो को आगमन, पहिलो ५० ग्राहकलाई विशेष छुट

  • ५. २४ घण्टामा २,२५६ चालक ट्राफिक कारबाहीमा, रु ४.९१ लाख राजस्व सङ्कलन

  • ६. रणवीर र रश्मिकासँग कजारिया रमेश टायल्सको ‘घरमा कजारिया…’ अभियान सार्वजनिक

  • ७. एकैदिन दुई हजार ३०० सवारीचालक ट्राफिक कारबाहीमा, रु २० लाख ८४ हजार राजस्व सङ्कलन

  • ८. एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त

  • ९. आर्थिक बर्ष २०८३/८४ को बजेटका सम्बन्धमा नाडाको धारणा यस्तो रहेको छ

  • १०. चक्रपथमा महानगर यातायातको सेवा विस्तार, १६ नयाँ विद्युतीय बस सञ्चालनमा

जिली अटो ग्रुपद्वारा विकसित अत्याधुनिक ब्याट्री प्रविधि, नेपालमा ईएक्स५ मार्फत उपलब्ध

जानकारी केन्द्र २०८२, फाल्गुन, १०

काठमाडौं । विद्युतीय गाडी (ईभी) को मुटु भनेको यसको ब्याट्री हो। यो केवल ऊर्जाको स्रोत मात्र होइन, यसले गाडीको रेञ्ज, कार्यक्षमता, आयु, मूल्य र समग्र प्रयोगकर्ता अनुभवलाई प्रत्यक्ष रूपमा प्रभावित गर्दछ। ब्याट्रीको गुणस्तरले नै ईभी कति भरपर्दो, सुरक्षित र दीर्घकालीन हुनेछ भन्ने निर्धारण गर्छ। नेपालमा पछिल्लो समय ईभी बजार तीव्र गतिमा विस्तार भइरहेको बताइएको छ।

वार्षिक बिक्री वृद्धि १८० प्रतिशतसम्म पुगेको र कुल आयातित अटोमोबाइलमध्ये करिब ७५ प्रतिशत हिस्सा ईभीको रहेको तथ्यांकले देखाउँछ। पेट्रोल र डिजेलबाट चल्ने गाडीभन्दा विद्युतबाट चल्ने एसयूभीतर्फ ग्राहकहरूको आकर्षण बढेसँगै ब्याट्री प्रविधिप्रति उनीहरूको चासो पनि उल्लेख्य रूपमा बढेको छ।

एलआरआर मोटर्सका बिक्री प्रमुख अधिर श्रेष्ठका अनुसार, “नेपाली ग्राहकहरू अब केवल रेञ्जमात्र हेर्ने अवस्थामा छैनन् । उनीहरू ब्याट्रीको सुरक्षा, टिकाउपन, वारेन्टी, चार्जिङ समय र दीर्घकालीन मूल्यलाई समेत तुलना गरेर निर्णय लिन थालेका छन् ।”  एलआरआर मोटर्सले नेपालमा जिली ईएक्स५ (प्रो र म्याक्स भेरियन्ट) बिक्री गर्दै आएको छ, जसमा जिलीको नवीनतम सर्ट ब्लेड ब्याट्री जडान गरिएको जनाइएको छ ।

सर्ट ब्लेड ब्याट्री : विश्वस्तरीय प्रविधिको नमुना
२७ जुन २०२४ मा हाङ्झाउमा जिली अटो ग्रुपले आफ्नै अनुसन्धान तथा विकास (आर एन्ड डी) केन्द्रद्धारा विकास गरेको नयाँ पुस्ताको लिथियम आयरन फस्फेट(एलएफपी) मा आधारित ‘सर्ट ब्लेड’ ब्याट्री सार्वजनिक गरेको थियो ।

परम्परागत एलएफपी ब्याट्रीको तुलनामा सर्ट ब्लेड डिजाइनले सेलको संरचनालाई अझ सघन, बलियो र तापीय रूपमा स्थिर बनाएको बताइएको छ । यसमा उच्च तापीय स्थिरता भएको डाइफ्राम, सुरक्षित इलेक्ट्रोड संरचना तथा ‘सेल्फ फ्युजिङ’ प्रविधिको प्रयोग गरिएको छ । दुर्घटनाका क्रममा प्वाल परेपनि आल्मुनियम तह आफै फ्युज भई इन्सुलेसन तह बनाउँछ, जसले सर्ट सर्किट रोक्छ र थर्मल रनअवे हुन दिँदैन ।

अटोमोबाइल उद्योगमा एकल सुई परीक्षणलाई मानक मानिए पनि जिलीले आठवटा ५ मिमी फलामका किला एकैपटक घुसाएर एक घण्टा परीक्षण गर्दा पनि कुनै आगलागी वा विस्फोट नभएको जनाएको छ। यसका साथै राइफल बुलेट परीक्षण, पानीमा डुबाउने, चरम दबाब दिने तथा आगोको प्रत्यक्ष ताप परीक्षणमा समेत ब्याट्री सफल भएको कम्पनीको दाबी छ।

१० लाख किलोमिटर, ५० वर्षसम्मको सम्भावित आयु
यो ब्याट्रीले करिब ३,५०० चार्ज–डिस्चार्ज साइकल पूरा गर्न सक्ने क्षमता राख्दछ। यस आधारमा करिब १० लाख किलोमिटर यात्रा सम्भव हुने अनुमान गरिएको छ। यदि कुनै परिवारले वार्षिक २० हजार किलोमिटर चलायो भने यो ब्याट्री करिब ५० वर्षसम्म उपयोगी रहने सम्भावना देखिन्छ।

यसले पुनःबिक्री मूल्य (रिसेल्य भ्यालु) मा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको जनाइएको छ। दीर्घकालीन आयुले गर्दा प्रयोगकर्तालाई ब्याट्री प्रतिस्थापनको चिन्ता न्यून हुने विज्ञहरूको भनाइ छ।

अत्यधिक चिसोमा उत्कृष्ट प्रदर्शन
नेपालको हिमाली तथा उच्च पहाडी क्षेत्रमा चिसो तापक्रम ठूलो चुनौती हो। सर्ट ब्लेड ब्याट्री माइनस ३० डिग्री सेल्सियसमा ९० प्रतिशतभन्दा बढी क्षमता कायम राख्न सक्षम रहेको बताइएको छ। माइनस २५ डिग्री तापक्रममा पनि २० मिनेटमै ९० प्रतिशतसम्म चार्ज हुन सक्ने क्षमता यसले देखाएको  कम्पनीको दाबी छ । यसका लागि अतिरिक्त हिटिङ सिस्टमको आवश्यकता नपर्ने भएकाले ऊर्जा खपत कम हुन्छ र रेञ्जमा पनि सकारात्मक प्रभाव पर्छ।

https://jankarikendra.com/wp-content/uploads/2026/02/WhatsApp-Video-2026-02-22-at-11.32.20.mp4

शक्ति, रेञ्ज र चार्जिङ दक्षता
जिली ईएक्स५ मा १६० किलोवाट क्षमताको शक्तिशाली मोटर जडान गरिएको छ, जसले ६.९ सेकेन्डमा ०–१०० किमि प्रतिघण्टा गति लिन सक्छ। यसले शहर र राजमार्ग दुवैमा सन्तुलित र स्थिर प्रदर्शन प्रदान गर्छ।

११ किलोवाट एसी चार्जरमार्फत करिब ६ घण्टामा १०–१०० प्रतिशत चार्ज गर्न सकिन्छ भने १०० किलोवाट डिसी फास्ट चार्जर प्रयोग गर्दा २० मिनेटमै ३०–८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ। यसले लामो दूरीको यात्रालाई सहज बनाउँछ।

नेपालको भूगोलअनुसार उपयुक्त
नेपालका उकालो–ओरालो, कंकड–पत्थरयुक्त सडक, पहाडी मोड र बाढी जोखिमलाई ध्यानमा राख्दै ब्याट्रीलाई समुद्री पानीमा डुबाउने, भारी रोलर गुडाउने, ढुंगामा ठोक्काउने, कम्पन परीक्षण जस्ता विभिन्न चरम परीक्षणबाट गुजारिएको कम्पनीले जनाएको छ।

श्रेष्ठका अनुसार, “८ नेइल पेनिट्रेसन टेस्ट पास गर्ने विश्वकै पहिलो ब्याट्री भएकाले यसलाई फायर, वाटर र बुलेट प्रुफ ब्याट्री पनि भन्न सकिन्छ। नेपाली ग्राहकका लागि सुरक्षा सबैभन्दा ठूलो प्राथमिकता हो, र यही पक्षमा जिली अग्रणी देखिन्छ।”

वातावरणीय र आर्थिक फाइदा
एलएफपी प्रविधि कोबाल्ट र निकेल जस्ता दुर्लभ तथा महँगा धातुमा निर्भर नहुने भएकाले लागत कम र वातावरणीय प्रभाव न्यून हुन्छ। दीर्घकालीन आयु र उच्च सुरक्षा स्तरले बीमा लागत र मर्मत खर्च पनि कम गर्ने अपेक्षा गरिएको बताइएको छ। ईभीको बढ्दो प्रयोगले पेट्रोलियम पदार्थको आयात घटाउन मद्दत पुग्ने र राष्ट्रिय व्यापार घाटा कम गर्न योगदान पुग्ने अर्थशास्त्रीहरूको विश्लेषण छ।

गुणस्तर, नवीनता, सुरक्षा, दीर्घायु र वातावरणीय जिम्मेवारीका दृष्टिले जिलीको सर्ट ब्लेड ब्याट्रीले नेपाली मात्र होइन, अन्तर्राष्ट्रिय बजारमा पनि बलियो छवि निर्माण गरिरहेको कम्पनीको दाबी  छ। आधुनिक प्रविधि र विश्वस्तरीय सुरक्षा मापदण्डसहित जिली ईएक्स५ ले नेपाली ईभी बजारमा नयाँ मानक स्थापित गर्ने विश्वास गरिएको कम्पनीले जनाएको छ ।

  • jankari kendra
  • jankarikendra
  • jankarikendra news
  • इलेक्ट्रिक
  • ईभी
  • ब्याट्री
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आकर्षक डिजाइन र आधुनिक प्रविधिसहित ओमोडा ई–फाइभ प्रो पोखरामा सार्वजनिक
२४ घण्टामा २,२५६ चालक ट्राफिक कारबाहीमा, रु ४.९१ लाख राजस्व सङ्कलन
ओमानमाथि सहज जित निकाल्दै नेपाल फाइनलमा

ताजा

आकर्षक डिजाइन र आधुनिक प्रविधिसहित ओमोडा ई–फाइभ प्रो पोखरामा सार्वजनिक

२४ घण्टामा २,२५६ चालक ट्राफिक कारबाहीमा, रु ४.९१ लाख राजस्व सङ्कलन

ओमानमाथि सहज जित निकाल्दै नेपाल फाइनलमा

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.