• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        मङ्गलबार, असार ३१, २०८२
मङ्गलबार, असार ३१, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

पूर्वाञ्चल विश्वविद्यालयको सभा : एक अर्ब ७० करोड बजेट स्वीकृत

धरहराको सञ्चालन समय थप, अब बिहान ८ देखि बेलुकी ८ बजेसम्म खुला

गायन सम्राट रामकृष्ण ढकालको आक्रोश: ‘अति भयो, सहनै सकिएन !’

कावासोतीमा करेन्ट लागेर एक मजदुरको मृत्यु

होपफुल होराइजन नेपाल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौं महानगरले तोक्यो जग्गा मूल्य , कहाँको मूल्य कति ?

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको सर्वसाधारणमा शेयर बिक्री

अमेरिकामा कार दुर्घटना, दुई नेपाली युवा विद्यार्थीको मृत्यु

सुनको मूल्य स्थिर रहदाँ चाँदीको भने घट्यो

लोकप्रिय समाचार

  • १. २०८२ असार २८ गतेदेखि साउन ०२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल असार २७ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ३. साउनमा भगवान शिवलाई किन जल चढाइन्छ, जान्नुहोस् 

  • ४. २०८२ साल असार २६ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. २०८२ असार ३० गते साेमवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ६. २०८२ साल असार २९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ७. २०८२ साल असार २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ८. राष्ट्र बैंकको कडाइ : चेक बाउन्सपछि ५ दिनमै कालोसूचीमा

  • ९. आजको मौसमः देशैभरी पानी पर्ने, सतर्कता अपनाउन अनुराेध

  • १०. रूसले फेला पार्याे अन्टार्कटिका मुनी बिशाल तेलकाे भण्डार, साउदीको भन्दा दोब्बर

साउदीमा चार सय कामदार भोकभोकै

काठमाडौं १५ मंसिर ।
वैदेशिक रोजगारका लागि साउदी अरबका विभिन्न सप्लाई कम्पनीमा पुगेका झन्डै चार सय नेपाली कामदार खानासमेत नपाएर भोकभोकै छन् ।

साउदीको रियाद, जेद्दा, दमामका विभिन्न सप्लाई कम्पनीमा आएकै दिनदेखि कम्पनीले खानासमेत नदिई पीडित बनाएर राखेको नेपाली दूतावासले जनाएको छ । ‘साउदी आएकै दिनबाट खाना नपाएको भन्दै दूतावासमा उजुरी आउने क्रम बढेको छ,’ रियादस्थित नेपाली दूतावासका श्रम काउन्सिलर अम्बिकाप्रसाद अधिकारीले भने, ‘यो ज्यादै संवेदनशील विषय हो ।’

दूतावासका अनुसार २० देखि सय जनासम्म कामदार लिएका कम्पनीहरूले खानासमेत उपलब्ध गराउन सकेको छैनन् । खाना नपाएर आएका ५४ जनाको समूहलाई दूतावासले आफ्नै परिसरभित्रै राखेर आश्रय दिइरहेको छ ।

‘दलालका कारण नेपाली कामदारले निकै ठूलो मानसिक यातना भोगेका छन् । खाना नपाएर ज्यानै जाला भन्ने डर भयो,’ उनले भने, ‘हामीसँग सम्पर्कमा आएका सबैलाई खानाको बन्दोबस्त गर्न सकेका छैनौं ।’ धेरैजसो पीडित कामदार दूतावासको सम्पर्कमा समेत पुग्न सकेको छैनन् ।

तेलको मूल्यमा आएको गिरावट र यमन युद्धमा भइरहेको ठूलो खर्चका कारण साउदी अरबमा श्रमिकलाई काममा लगाएर नाफा लिन पल्केका सप्लाई कम्पनीमा सबभन्दा बढी समस्या देखिएको छ । आर्थिक अवस्था दरिलो नभई कामदार ल्याएर अर्को कम्पनीमा कामदार पठाउने सप्लाई कम्पनीहरूले नयाँ काम पाएका छैनन् । त्यस्ता कम्पनीमा पुगेका कामदारलाई खाना खुवाउने पैसासमेत कम्पनी सञ्चालकसँग छैन ।

‘आएको दिनदेखि कम्पनीले खाना खुवाएको छैन,’ चार महिनाअघि साउदी पुगेका अर्जुन ढकालले भने, ‘साथीभाइबाट सहयोग जुटेका बेला खाना खान्छौं । नत्र भोकै पर्छौं ।’

सम्पर्कमा आएका पीडित नेपालीलाई स्थानीय नेपाली संघसंस्थाले खाद्यान्य तथा कम्बल जुटाउने प्रयास गरेका छन् । ‘साउदीमा बढेको चिसोले थप समस्या पारेको छ,’ नेपाली जनसम्पर्क समितिका सुरेशराज त्रिपाठीले भने, ‘अहिले एकदमै चिसो बढिरहेको छ । ओढ्ने कम्बल नहुँदा पीडितलाई निकै कठिन भएको छ ।’

गैरआवासीय नेपाली संघ, साउदीका सचिव विशाल श्रेष्ठले अलकासिम क्षेत्रमा पीडित भएका कामदार खोज्ने काम भइरहेको बताए । ‘अमल अल खालिजमा पीडित भएका १७ कामदारलाई लत्ताकपडा र खाद्यान्न सहयोग गर्‍यौंं,’ उनले भने, ‘अरू धेरै छन् । राहत जुटाउन पहल गरिरहेका छौं ।’

केही कामदारले अरू कम्पनीको मेसमा गएर खाना खाइरहेको बताए । रियादस्थित फुब्र्र अरेबियामा अलपत्र एक सय १३ नेपाली कामदारले अर्का कम्पनीको मेसमा खाना खाइरहेका छन् । ‘चार महिनादेखि काम पाएको छैन । कम्पनी बन्द छ । तलब त परैको कुरा हो,’ नवलपरासीका विष्णु दुवाडीले भने, ‘यति धेरैलाई खानाको व्यवस्था गर्न जटिल छ ।’

सुलेमान हमद अल धोवन कम्पनीमा गएका ४९ कामदारले खानाकै लागि करार सम्झौताविपरीत काम गर्नुपरेको छ । ‘हामीलाई पिटियो । एक हजार रियालमा आएका थियौं । भोकै पर्ने स्थिति आएपछि ७ सय ५० रियालमा काम गर्न बाध्य भयौं,’ उदयपुरका केदारकुमार कार्कीले भने, ‘हामीमाथि ठूलो अन्याय भयो ।’

दूतावासले सप्लाई कम्पनीमा नयाँ कामदार नपठाउन श्रम र परराष्ट्र मन्त्रालयमा अनुरोध गरेको छ । ‘सप्लाई कम्पनीमा आएका सयौं नेपालीको बिजोग छ,’ अधिकारीले भने, ‘समस्यामा परेका कामदारलाई उद्धार गर्न निकै कठिन भइरहेको छ ।’ श्रम मन्त्रालयले निर्माण क्षेत्र र सप्लाईमा जाने कामदारलाई श्रम स्वीकृति दिन कडाइ गर्न पहल थालेको जनाएको छ । कान्तिपुरबाट

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गायन सम्राट रामकृष्ण ढकालको आक्रोश: ‘अति भयो, सहनै सकिएन !’
    विषालु च्याउ सेवन गर्दा एकैपरिवारका पाँच जना बिरामी
    बारामा चट्याङ लागेर एक महिलाको मृत्यु

    लोकप्रिय

    २०८२ असार २८ गतेदेखि साउन ०२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार २७ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    साउनमा भगवान शिवलाई किन जल चढाइन्छ, जान्नुहोस् 

    २०८२ साल असार २६ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ असार ३० गते साेमवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    ताजा

    पूर्वाञ्चल विश्वविद्यालयको सभा : एक अर्ब ७० करोड बजेट स्वीकृत

    धरहराको सञ्चालन समय थप, अब बिहान ८ देखि बेलुकी ८ बजेसम्म खुला

    गायन सम्राट रामकृष्ण ढकालको आक्रोश: ‘अति भयो, सहनै सकिएन !’

    कावासोतीमा करेन्ट लागेर एक मजदुरको मृत्यु

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • पूर्वाञ्चल विश्वविद्यालयको सभा : एक अर्ब ७० करोड बजेट स्वीकृत
    • धरहराको सञ्चालन समय थप, अब बिहान ८ देखि बेलुकी ८ बजेसम्म खुला
    • गायन सम्राट रामकृष्ण ढकालको आक्रोश: ‘अति भयो, सहनै सकिएन !’
    • कावासोतीमा करेन्ट लागेर एक मजदुरको मृत्यु
    • होपफुल होराइजन नेपाल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.