• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२३ चैत २०८२, सोमबार
२३ चैत २०८२, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

पैसा कमाउन अपनाउनुस् यी तरिका, जसले बनाउँछ सफल
  • ६ घण्टा 

देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना
  • ६ घण्टा 

२०८२ चैत २४ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २० घण्टा 

हुलाक सेवा आधुनिक बन्दै: कुरियर अब छिटो र बिदामा पनि सञ्चालन
  • २२ घण्टा 

आईटी कम्पनी र डलर आम्दानीकर्तालाई अब ५ हजार डलरसम्म प्रिपेड कार्ड सुविधा
  • २३ घण्टा 

नियमित गाँजर खाँदा स्वास्थ्यलाई हुन सक्छन् यस्ता १० फाइदाहरु
  • २३ घण्टा 

सेयर बजारप्रति अर्थमन्त्रीको सन्देशः नआत्तिनु,संयमता अपनाउनुस
  • १ दिन 

प्रधानमन्त्री कप २०२६ को “पावर्ड बाई” प्रायोजन मार्फत नेपाली क्रिकेटमा नयाँ ऊर्जा भर्दै यामाहा
  • १ दिन 

वीरगन्ज नाकाबाट विद्युतीय सवारी आयातमा उल्लेख्य वृद्धि
  • १ दिन 

लोकप्रिय समाचार

  • १. चर्को घाममा छालालाइ यसरी सुरक्षित राख्न सकिन्छ

  • २. आज काठमाडौँका केही क्षेत्रमा ४ घण्टा विद्युत आपूर्ति अवरुद्ध हुने

  • ३. फोटोन मोटर्स नेपालद्वारा बिर्तामोडमा सफल कस्टमर मिटको आयोजना सम्पन्न : पूर्वी नेपालसँगको सम्बन्ध थप बलियो

  • ४. सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै

  • ५. नेपालमा उपलब्ध टिभीएस एनट्रक १२५ रेस एक्सपी स्कुटर: यस्ता छन् फिचरहरु

  • ६. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ७. आईटी कम्पनी र डलर आम्दानीकर्तालाई अब ५ हजार डलरसम्म प्रिपेड कार्ड सुविधा

  • ८. Foton Motors Nepal Strengthens Its Presence in Eastern Nepal with Itahari Showroom

  • ९. रोकिएको मतदाता नामावलि अद्यावधिक कार्यक्रम आइतबारदेखि पुनःसूरु

  • १०. सरकारी विज्ञापन अब सरकारी सञ्चारमाध्यममै सिमित गर्ने सरकारको निर्णय

साउदीमा चार सय कामदार भोकभोकै

admin २०७३, मंसिर, १५

काठमाडौं १५ मंसिर ।
वैदेशिक रोजगारका लागि साउदी अरबका विभिन्न सप्लाई कम्पनीमा पुगेका झन्डै चार सय नेपाली कामदार खानासमेत नपाएर भोकभोकै छन् ।

साउदीको रियाद, जेद्दा, दमामका विभिन्न सप्लाई कम्पनीमा आएकै दिनदेखि कम्पनीले खानासमेत नदिई पीडित बनाएर राखेको नेपाली दूतावासले जनाएको छ । ‘साउदी आएकै दिनबाट खाना नपाएको भन्दै दूतावासमा उजुरी आउने क्रम बढेको छ,’ रियादस्थित नेपाली दूतावासका श्रम काउन्सिलर अम्बिकाप्रसाद अधिकारीले भने, ‘यो ज्यादै संवेदनशील विषय हो ।’

दूतावासका अनुसार २० देखि सय जनासम्म कामदार लिएका कम्पनीहरूले खानासमेत उपलब्ध गराउन सकेको छैनन् । खाना नपाएर आएका ५४ जनाको समूहलाई दूतावासले आफ्नै परिसरभित्रै राखेर आश्रय दिइरहेको छ ।

‘दलालका कारण नेपाली कामदारले निकै ठूलो मानसिक यातना भोगेका छन् । खाना नपाएर ज्यानै जाला भन्ने डर भयो,’ उनले भने, ‘हामीसँग सम्पर्कमा आएका सबैलाई खानाको बन्दोबस्त गर्न सकेका छैनौं ।’ धेरैजसो पीडित कामदार दूतावासको सम्पर्कमा समेत पुग्न सकेको छैनन् ।

तेलको मूल्यमा आएको गिरावट र यमन युद्धमा भइरहेको ठूलो खर्चका कारण साउदी अरबमा श्रमिकलाई काममा लगाएर नाफा लिन पल्केका सप्लाई कम्पनीमा सबभन्दा बढी समस्या देखिएको छ । आर्थिक अवस्था दरिलो नभई कामदार ल्याएर अर्को कम्पनीमा कामदार पठाउने सप्लाई कम्पनीहरूले नयाँ काम पाएका छैनन् । त्यस्ता कम्पनीमा पुगेका कामदारलाई खाना खुवाउने पैसासमेत कम्पनी सञ्चालकसँग छैन ।

‘आएको दिनदेखि कम्पनीले खाना खुवाएको छैन,’ चार महिनाअघि साउदी पुगेका अर्जुन ढकालले भने, ‘साथीभाइबाट सहयोग जुटेका बेला खाना खान्छौं । नत्र भोकै पर्छौं ।’

सम्पर्कमा आएका पीडित नेपालीलाई स्थानीय नेपाली संघसंस्थाले खाद्यान्य तथा कम्बल जुटाउने प्रयास गरेका छन् । ‘साउदीमा बढेको चिसोले थप समस्या पारेको छ,’ नेपाली जनसम्पर्क समितिका सुरेशराज त्रिपाठीले भने, ‘अहिले एकदमै चिसो बढिरहेको छ । ओढ्ने कम्बल नहुँदा पीडितलाई निकै कठिन भएको छ ।’

गैरआवासीय नेपाली संघ, साउदीका सचिव विशाल श्रेष्ठले अलकासिम क्षेत्रमा पीडित भएका कामदार खोज्ने काम भइरहेको बताए । ‘अमल अल खालिजमा पीडित भएका १७ कामदारलाई लत्ताकपडा र खाद्यान्न सहयोग गर्‍यौंं,’ उनले भने, ‘अरू धेरै छन् । राहत जुटाउन पहल गरिरहेका छौं ।’

केही कामदारले अरू कम्पनीको मेसमा गएर खाना खाइरहेको बताए । रियादस्थित फुब्र्र अरेबियामा अलपत्र एक सय १३ नेपाली कामदारले अर्का कम्पनीको मेसमा खाना खाइरहेका छन् । ‘चार महिनादेखि काम पाएको छैन । कम्पनी बन्द छ । तलब त परैको कुरा हो,’ नवलपरासीका विष्णु दुवाडीले भने, ‘यति धेरैलाई खानाको व्यवस्था गर्न जटिल छ ।’

सुलेमान हमद अल धोवन कम्पनीमा गएका ४९ कामदारले खानाकै लागि करार सम्झौताविपरीत काम गर्नुपरेको छ । ‘हामीलाई पिटियो । एक हजार रियालमा आएका थियौं । भोकै पर्ने स्थिति आएपछि ७ सय ५० रियालमा काम गर्न बाध्य भयौं,’ उदयपुरका केदारकुमार कार्कीले भने, ‘हामीमाथि ठूलो अन्याय भयो ।’

दूतावासले सप्लाई कम्पनीमा नयाँ कामदार नपठाउन श्रम र परराष्ट्र मन्त्रालयमा अनुरोध गरेको छ । ‘सप्लाई कम्पनीमा आएका सयौं नेपालीको बिजोग छ,’ अधिकारीले भने, ‘समस्यामा परेका कामदारलाई उद्धार गर्न निकै कठिन भइरहेको छ ।’ श्रम मन्त्रालयले निर्माण क्षेत्र र सप्लाईमा जाने कामदारलाई श्रम स्वीकृति दिन कडाइ गर्न पहल थालेको जनाएको छ । कान्तिपुरबाट

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना
यस्तो छ आजको मौसम पुर्वानुमान
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, प्रतिलिटर कति पुग्यो ?

ताजा

पैसा कमाउन अपनाउनुस् यी तरिका, जसले बनाउँछ सफल

देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना

२०८२ चैत २४ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

हुलाक सेवा आधुनिक बन्दै: कुरियर अब छिटो र बिदामा पनि सञ्चालन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.