सुस्ताबासीद्धारा पुनः गण्डक नहर बांध भत्काउने प्रयास
जानकारी केन्द्र
२०७४, भाद्र, ९
रबिन्द्र यादव र परासी, ९ भदौ ।
नवलपरासीको सुस्ता गाँउपालिकाबासीले आज पुनः गण्डक नहरको बाँध भत्काउने प्रयास गरेका छन् । बाढीको पानी खेतमा जमेर ३ सय विगाहा क्षेत्रफलका अन्नबाली नष्ट हुने खतरा र क्षतिपुर्ति नपाएको निहुँमा भारतलाई दबाब दिने उद्देश्यले गाउँपाकिलाको वार्ड नं. १ स्थित छिबनी, सत्तपत्तिका पिडित किसानहरुले आज पुनः गण्डक नहर बाँध भत्काउने प्रयास गरेका हुन ।
स्थानिय गाउँलेहरुले कोदालोले करिब १० मिटर लम्बाई, ३ मिटर गहिराई र १ मिटर चौडाई बाँध खनि सकेका छन् । गाउँलेहरुले बाँधको ढिस्को, पलस्टर समेत भत्काई बाँधको ८० प्रतिशत भाग भत्काई सकेका स्थानियले बताए । बाँध भत्काउदै गर्दा प्रहरीले ति स्थानिय पिडित किसानहरुलाई रोकेको थियो । एक साता अगाडी बाढीले डुबान उक्त क्षेत्रका तिनै पिडित किसानहरुले पानीको निकासका लागि गण्डक नहर बाँध भत्काउने प्रयास गरेका थिए तर जिल्ला प्रशासनले रोकेको थियो ।
[su_youtube url=”https://youtu.be/ym3plWREugE” width=”920″ height=”940″]
त्यतिबेला नेपाली र भारतीय पक्षबिच पानीको निकास गराउने, क्षतिपुत्र्ति व्यहोर्ने लगायतका विभिन्न बुँदामा सहमति समेत भएको थियो । स्थानियले, सहमति अनुसार काम नभएको गुनासो गर्दै बाँध पुनः भत्काउने प्रयास गरेको बताए । दुई साता अगाडी अबिरल बर्षाले स्थानिय रायपुरवाँ खोलाको बाँध भत्केर सुस्ता गउँपालिकाको छिबनी, सत्तपत्ती, फेचुवा, रुपौलिया, महलबारी, कुडिया लगायतका क्षेत्रहरु बाढी पसेर ति क्षेत्रहरु डुबानमा परेको थियो । गण्डक नहरको लेबर खेत÷गाउँ भन्दा माथि र सैफन, नालाकुलाहरुको सरसफाई नभएको कारण बाढीको निकास हुन सकेन जसकारण उक्त क्षेत्रहरु बाढीको डुबानमा परेको थिए । समस्या सामाधानका लागि यतिबेला सुस्ता गाउँपालिकामा स्थानिय किसान, नेपाली प्रशासन र भारतीय पक्षबिच फेरि बैठक बस्दै छ ।

सम्बन्धित समाचार
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

