• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०१ साउन २०८३, शुक्रबार
०१ साउन २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो
  • १९ घण्टा 

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन
  • १९ घण्टा 

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार
  • २१ घण्टा 

नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन
  • २२ घण्टा 

साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
  • १ दिन 

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन
  • १ दिन 

देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना
  • १ दिन 

२०८३ साउन १ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

पर्सामा चट्याङ पर्दा सात जना घाइते
  • २ दिन 

लोकप्रिय समाचार

  • १. आजदेखि पूर्ण तौलको एलपी ग्यास सिलिन्डर बिक्री पुन : सुरु, मुल्य कति ?

  • २. जी.ओ. अटोमोबाइल्सले ल्यायो नयाँ योजना : अब दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

  • ३. देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना

  • ४. ११ महिनामा निर्यात बढ्यो, तर व्यापार घाटा १६ खर्ब नाघ्यो

  • ५. देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

  • ६. एनआईसी एशिया बैंकको ४५ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला

  • ७. नेपाली परिवारका लागि मन र घरको शान्तिको भरोसा बन्दै गोदरेज रेफ्रिजरेटर

  • ८. आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन

  • ९. स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै इसेवा र सहारा हेल्थ इन्सुरेन्स : रु.१,३९९ बाट सुरु हुने योजनामा रु.६ लाखसम्मको बीमा सुरक्षा

  • १०. अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन

फागुन १९ गते टुँडिखेल जाऔं,राष्ट्रिय स्वाभिमान बचाऔं,यसरी गर्नुहोस् टुँडिखेल प्रवेश

admin २०७४, फाल्गुन, १८

काठमाडौं

काठमाडौंस्थित टुँडिखेलमा गिनिज बुक अफ वल्र्ड रेकर्ड कायम गर्नका लागि ७५ हजार जनाले बुद्धको उपदेश ‘धम्मपद’ सस्वर वाचन गर्ने कार्यक्रको सम्पूर्ण तयारी पूरा भएको छ । परिषद्ले बुधबार नेपाल पर्यटन बोर्डको हलमा पत्रकार सम्मेलनको आयोजना गरी मुलुकको गौरबलाई अन्तर्राष्ट्रिय जगतमा पुर्‍याउन आयोजना गर्न लागिएको उक्त कार्यक्रममा सहभागि हुनका लागि अपिल गर्दै तयारी पूरा भएको जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा परिषदका बरिष्ठ उपाध्यक्ष संघर्ष विष्टले टुडिखेलमा ७५ हजार नेपालीहरुको उपस्थितिबीच बुद्ध बचन वाचन गर्ने कार्यक्रमका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । सन् २०१४ मा भारतमा ४६ हजार ६६० जनाको सहभागिताबीच रेकर्ड काम गरिएको थियो । त्यही कीर्तिमान तोडेर नयाँ विश्व कीर्तिमानी कायम गर्नका लागि परिषदले यो कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

वरिष्ठ उपाध्यक्ष विष्टकाअनुसार उक्त कार्यक्रमको लागि प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख संरक्षकको रुपमा रहेका छन् भने पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई, लोकेन्द्र बहामदुर चन्द, खिलराज रेग्मीलगायत संरक्षकको रुपमा रहेका छन् । त्यस्तै यसमा कलाकार, लेखक, पत्रकार, बुद्धिजिवीहरु सदभावना दूतको रुपमा रहेका छन् ।

बुद्ध दर्शनको उद्गमस्थल नेपाल भएको भए पनि गलत प्रचार गरिएका कारण विदेशीमा फैलाइएको भ्रमको अन्त्य गर्न सो कार्यक्रम गर्न लागिएको उपाध्यक्ष प्रतिष्ठा अमात्य विष्टले बताइन् । अर्का उपाध्यक्ष अक्कल बहादुर तामाङले कार्यक्रमको प्राविधिक तथा व्यवस्थापकीय तयारी विशेष तरिकाबाट तयारी गरिएको भन्दै यसलाई सफल पार्नका लागि साथ र सहयोग गर्न सबैलाई आग्रह गरे ।

यस्तो हुनेछ कार्यक्रम स्थल,के के पाईन्छ सुविधा

नेपाल ग्यासको मुख्य प्रायोजन तथा नेपाली चुलोको प्रायोजनमा परिषदले आयोजन गर्न लागिरहेको उक्त कार्यक्रममा भाग लिन निशुल्क क्यूआर कोडसहितको प्रवेश पासको व्यवस्था गरिएको छ । उक्त पास कुन गेटमा कुन समयमा जाने भन्ने उल्लेख गरिएको छ । सहभागीहरु कार्यक्रमभित्र प्रवेश गरिसकेपछि कार्यक्रम नसकिएसम्म आपतकालिन अवस्थाबाहेक बाहिर जान नपाउने व्यवस्था गरिएको छ । हालसम्म ७५ हजारमध्ये ६० हजार पास वितरण भइसकेको र बाँकी १५ हजार पासहरु टुडिखेल गेटमा नै वितरण गरिने बताइएको छ ।

टुडिखेलमा ४ वटा मुल गेट तथा ४० वटा सहायक गेटहरुबाट विहान ११ बजेदेखि २ बजेसम्म सहभागीहरुलाई प्रवेश गराइनेछ । सम्पूर्ण सहभागीहरुको क्यूआर कोडबाट स्क्यान गरी गणना गरिने छ । सुरक्षाकर्मीहरुबाट सुरक्षा जाँच, सिसिटिभीबाट निरिक्षकहरुबाट निरिक्षण र नेपाल आर्मीबाट सादा पोशाकमा नर्भिक, ओम, गंगालाल, ग्रिनसिटी, अल्का र नेपाल रेडक्रसबाट स्वास्थ्यकर्मीहरु, एम्बुलेन्सलगायतको स्वास्थ्य सेवा, पिउने पानी, अस्थायी तथा घुम्ति शौचालयको व्यवस्था गरिनेछ । नेपाल स्काउट तथा विभिन्न कलेजका करिब २ हजार जना स्वयंसेवकहरु कार्यक्रम व्यवस्थापनका लागि परिचालित हुनेछन् ।

भृकुटीमण्डपलगायत विभिन्न स्थानहरुमा पार्किङको व्यवस्था गरिएको छ र उपत्यका ट्राफिक महाशाखाको समन्वय तथा सहयोग रहनेछ । कार्यक्रमको ड्रोन क्यामेराबाटसमेत फोटो तथा भिडियो खिचिने छ । कार्यक्रममा उपस्थित सहभागिहरुलाई कागजको नेपाली झण्डा र पठन सामाग्री धम्मपदको सागर्भिक अंशहरु कार्यक्रम स्थलमा उपलब्ध गराईने आयोजकले जनाएको छ ।

कार्यक्रममा गायक धिरज राई, आनन्द कार्की, हास्य कलाकार मनोज गजुरेल, जितु नेपाल, कलाकारहरु राधिका हमाल, प्रकाश तिमिल्सिना, नेपाल आइडल बुद्ध लामासहित निशान भट्टराई, प्रताप दासलगायतबाट सांगीतिक तथा मनोरञ्जनात्मक प्रस्तुति गर्नुका साथै राजेश हमाल, निखिल उप्रेती, डा. भोला रिजाल, महेश दाहाल, रवि लामिछाने, दिपक विष्ट, इन्दिरा राणा, मेघा चौधरीलगायतको उपस्थिति हुनेछ ।

के के पाईन्छ सुविधा

  • कार्यक्रमको लागि टुँडीखेललाई चार भागमा विभाजन गरि कार्यक्रम स्थाल बनाईने र प्रत्येक भागमा ५०-५० जना अट्नेगरि ब्लक तयार गरिने ढुंगानाले बताए । चार भागको प्रवेशको लागि प्रत्येकमा १० -१० वटाको दरले ४० वटा सहायक गेट हुनेछन् । सहभागिले प्रवेश पास लिएर गएपछि सेक्युरिटीले सुरक्षा जाँच गरेपछि प्रवेश अनुमति दिनेछन् ।
  • भित्रपसेपछि सहायक गेटसँगै राखिएको बक्समा आफूसँग भएको कोड छोडेर भित्र आफ्नो ब्लकमा गएर बस्नु पर्नेछ ।
    प्रवेश समय बिहान ११ बजेदेखि सुरु हुनेछ ।
  • सुरक्षा जाँच तथा आपतकालिन अवस्थाको लागि ५ वटा अस्पतालको अस्पताको प्रथामिक उपचारको साथै एम्बुलेन्स, दमकल, आकस्मिक टिमहरु भित्र रहनेछन् ।
  • नेपाली सेनावाट सादा पोसाकमा प्रत्येक ब्लकमा ११ जना गरि १५०० जना सुपरभाईजरको रुपमा तथा ३५०० जना सहभागिको रुपमा रहनेछन् ।
  •  कार्यक्रममा नेपाल स्काउटकका स्वयम् सेवक रेडक्रस लगायत विभिन्न स्कुल कलेज वाट ३ हजार भन्दा बढि स्वयम् सेवक रहनेछन् ।
  • हेलमेट, झोला र पानीको बोतल लिएर भित्र पस्न पाईने छैन् ।
  • पाकिङको सुविधा आयोजकले सहज रुपमा गरेको छ जसको लागि भृकुटी मण्डप तोकिएको छ भने अन्यठाँउ पनि तोकिनेछ ।
  • प्रथामिक उपचारको लागि गंगालाल,ओम, नर्भिक,अल्का लगायतवाट टिमहरु खटिनेछन्
  • पिउने पानी, शौचालयको व्यवस्था कार्यक्रम स्थलभित्र हुनेछ ।
  • एक पटक प्रवेश गरेको व्यक्ति कार्यक्रम नसकिइ बाहिर निस्कन पाईने छैन् ।
  • पढने धम्मपद’ भित्र नै उपलब्ध हुनेछ ।

कार्यक्रम तथा प्रवेशको थप जानाकारीको लागि

रोहित कुमार ढुंगाना ९८६००२६४९७ संयोजक
दिनेश बजगाई ९८४९८३४५१५ दर्ता तथा तथ्याङक प्रमुख
तिलक ढुंगाना ८९४००६०७३० व्यवस्था प्रमुख

रिसेन्ट खबर डट कम बाट

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना
साउनमा बैंक निक्षेपको ब्याजदर घट्यो, राष्ट्रिय वाणिज्य बैंकले गर्यो सबैभन्दा बढी कटौती

ताजा

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.