• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, भदौ २८, २०८२
शनिबार, भदौ २८, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

रवि लामिछाने आजै कारागार फर्किने

२०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु

जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने

रौतहटमा परिस्थिति सामान्यतर्फ, तर कर्फ्यू र निषेधाज्ञा यथावत्

मेथी, अमला र फूलबाट बनाउनुहोस् यो विशेष तेल, कपाल झर्न गर्छ कम

आजदेखि मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्व विधिवत सुरु

मंगलबारदेखि ठप्प सार्वजनिक सवारी साधन आजदेखि सञ्चालनमा

२०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

  • ४. २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ५. सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

  • ६. २०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ७. त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द

  • ८. स्वास्थ्यमन्त्री पौडेलले पनि दिए राजीनामा

  • ९. माइडियाको दशैँ–तिहार योजना सार्वजनिक

  • १०. प्रचण्ड निवासमा आगजनी

फागुन १९ गते टुँडिखेल जाऔं,राष्ट्रिय स्वाभिमान बचाऔं,यसरी गर्नुहोस् टुँडिखेल प्रवेश

काठमाडौं

काठमाडौंस्थित टुँडिखेलमा गिनिज बुक अफ वल्र्ड रेकर्ड कायम गर्नका लागि ७५ हजार जनाले बुद्धको उपदेश ‘धम्मपद’ सस्वर वाचन गर्ने कार्यक्रको सम्पूर्ण तयारी पूरा भएको छ । परिषद्ले बुधबार नेपाल पर्यटन बोर्डको हलमा पत्रकार सम्मेलनको आयोजना गरी मुलुकको गौरबलाई अन्तर्राष्ट्रिय जगतमा पुर्‍याउन आयोजना गर्न लागिएको उक्त कार्यक्रममा सहभागि हुनका लागि अपिल गर्दै तयारी पूरा भएको जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा परिषदका बरिष्ठ उपाध्यक्ष संघर्ष विष्टले टुडिखेलमा ७५ हजार नेपालीहरुको उपस्थितिबीच बुद्ध बचन वाचन गर्ने कार्यक्रमका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । सन् २०१४ मा भारतमा ४६ हजार ६६० जनाको सहभागिताबीच रेकर्ड काम गरिएको थियो । त्यही कीर्तिमान तोडेर नयाँ विश्व कीर्तिमानी कायम गर्नका लागि परिषदले यो कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

वरिष्ठ उपाध्यक्ष विष्टकाअनुसार उक्त कार्यक्रमको लागि प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख संरक्षकको रुपमा रहेका छन् भने पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई, लोकेन्द्र बहामदुर चन्द, खिलराज रेग्मीलगायत संरक्षकको रुपमा रहेका छन् । त्यस्तै यसमा कलाकार, लेखक, पत्रकार, बुद्धिजिवीहरु सदभावना दूतको रुपमा रहेका छन् ।

बुद्ध दर्शनको उद्गमस्थल नेपाल भएको भए पनि गलत प्रचार गरिएका कारण विदेशीमा फैलाइएको भ्रमको अन्त्य गर्न सो कार्यक्रम गर्न लागिएको उपाध्यक्ष प्रतिष्ठा अमात्य विष्टले बताइन् । अर्का उपाध्यक्ष अक्कल बहादुर तामाङले कार्यक्रमको प्राविधिक तथा व्यवस्थापकीय तयारी विशेष तरिकाबाट तयारी गरिएको भन्दै यसलाई सफल पार्नका लागि साथ र सहयोग गर्न सबैलाई आग्रह गरे ।

यस्तो हुनेछ कार्यक्रम स्थल,के के पाईन्छ सुविधा

नेपाल ग्यासको मुख्य प्रायोजन तथा नेपाली चुलोको प्रायोजनमा परिषदले आयोजन गर्न लागिरहेको उक्त कार्यक्रममा भाग लिन निशुल्क क्यूआर कोडसहितको प्रवेश पासको व्यवस्था गरिएको छ । उक्त पास कुन गेटमा कुन समयमा जाने भन्ने उल्लेख गरिएको छ । सहभागीहरु कार्यक्रमभित्र प्रवेश गरिसकेपछि कार्यक्रम नसकिएसम्म आपतकालिन अवस्थाबाहेक बाहिर जान नपाउने व्यवस्था गरिएको छ । हालसम्म ७५ हजारमध्ये ६० हजार पास वितरण भइसकेको र बाँकी १५ हजार पासहरु टुडिखेल गेटमा नै वितरण गरिने बताइएको छ ।

टुडिखेलमा ४ वटा मुल गेट तथा ४० वटा सहायक गेटहरुबाट विहान ११ बजेदेखि २ बजेसम्म सहभागीहरुलाई प्रवेश गराइनेछ । सम्पूर्ण सहभागीहरुको क्यूआर कोडबाट स्क्यान गरी गणना गरिने छ । सुरक्षाकर्मीहरुबाट सुरक्षा जाँच, सिसिटिभीबाट निरिक्षकहरुबाट निरिक्षण र नेपाल आर्मीबाट सादा पोशाकमा नर्भिक, ओम, गंगालाल, ग्रिनसिटी, अल्का र नेपाल रेडक्रसबाट स्वास्थ्यकर्मीहरु, एम्बुलेन्सलगायतको स्वास्थ्य सेवा, पिउने पानी, अस्थायी तथा घुम्ति शौचालयको व्यवस्था गरिनेछ । नेपाल स्काउट तथा विभिन्न कलेजका करिब २ हजार जना स्वयंसेवकहरु कार्यक्रम व्यवस्थापनका लागि परिचालित हुनेछन् ।

भृकुटीमण्डपलगायत विभिन्न स्थानहरुमा पार्किङको व्यवस्था गरिएको छ र उपत्यका ट्राफिक महाशाखाको समन्वय तथा सहयोग रहनेछ । कार्यक्रमको ड्रोन क्यामेराबाटसमेत फोटो तथा भिडियो खिचिने छ । कार्यक्रममा उपस्थित सहभागिहरुलाई कागजको नेपाली झण्डा र पठन सामाग्री धम्मपदको सागर्भिक अंशहरु कार्यक्रम स्थलमा उपलब्ध गराईने आयोजकले जनाएको छ ।

कार्यक्रममा गायक धिरज राई, आनन्द कार्की, हास्य कलाकार मनोज गजुरेल, जितु नेपाल, कलाकारहरु राधिका हमाल, प्रकाश तिमिल्सिना, नेपाल आइडल बुद्ध लामासहित निशान भट्टराई, प्रताप दासलगायतबाट सांगीतिक तथा मनोरञ्जनात्मक प्रस्तुति गर्नुका साथै राजेश हमाल, निखिल उप्रेती, डा. भोला रिजाल, महेश दाहाल, रवि लामिछाने, दिपक विष्ट, इन्दिरा राणा, मेघा चौधरीलगायतको उपस्थिति हुनेछ ।

के के पाईन्छ सुविधा

  • कार्यक्रमको लागि टुँडीखेललाई चार भागमा विभाजन गरि कार्यक्रम स्थाल बनाईने र प्रत्येक भागमा ५०-५० जना अट्नेगरि ब्लक तयार गरिने ढुंगानाले बताए । चार भागको प्रवेशको लागि प्रत्येकमा १० -१० वटाको दरले ४० वटा सहायक गेट हुनेछन् । सहभागिले प्रवेश पास लिएर गएपछि सेक्युरिटीले सुरक्षा जाँच गरेपछि प्रवेश अनुमति दिनेछन् ।
  • भित्रपसेपछि सहायक गेटसँगै राखिएको बक्समा आफूसँग भएको कोड छोडेर भित्र आफ्नो ब्लकमा गएर बस्नु पर्नेछ ।
    प्रवेश समय बिहान ११ बजेदेखि सुरु हुनेछ ।
  • सुरक्षा जाँच तथा आपतकालिन अवस्थाको लागि ५ वटा अस्पतालको अस्पताको प्रथामिक उपचारको साथै एम्बुलेन्स, दमकल, आकस्मिक टिमहरु भित्र रहनेछन् ।
  • नेपाली सेनावाट सादा पोसाकमा प्रत्येक ब्लकमा ११ जना गरि १५०० जना सुपरभाईजरको रुपमा तथा ३५०० जना सहभागिको रुपमा रहनेछन् ।
  •  कार्यक्रममा नेपाल स्काउटकका स्वयम् सेवक रेडक्रस लगायत विभिन्न स्कुल कलेज वाट ३ हजार भन्दा बढि स्वयम् सेवक रहनेछन् ।
  • हेलमेट, झोला र पानीको बोतल लिएर भित्र पस्न पाईने छैन् ।
  • पाकिङको सुविधा आयोजकले सहज रुपमा गरेको छ जसको लागि भृकुटी मण्डप तोकिएको छ भने अन्यठाँउ पनि तोकिनेछ ।
  • प्रथामिक उपचारको लागि गंगालाल,ओम, नर्भिक,अल्का लगायतवाट टिमहरु खटिनेछन्
  • पिउने पानी, शौचालयको व्यवस्था कार्यक्रम स्थलभित्र हुनेछ ।
  • एक पटक प्रवेश गरेको व्यक्ति कार्यक्रम नसकिइ बाहिर निस्कन पाईने छैन् ।
  • पढने धम्मपद’ भित्र नै उपलब्ध हुनेछ ।

कार्यक्रम तथा प्रवेशको थप जानाकारीको लागि

रोहित कुमार ढुंगाना ९८६००२६४९७ संयोजक
दिनेश बजगाई ९८४९८३४५१५ दर्ता तथा तथ्याङक प्रमुख
तिलक ढुंगाना ८९४००६०७३० व्यवस्था प्रमुख

रिसेन्ट खबर डट कम बाट

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु
    रौतहटमा परिस्थिति सामान्यतर्फ, तर कर्फ्यू र निषेधाज्ञा यथावत्
    मेथी, अमला र फूलबाट बनाउनुहोस् यो विशेष तेल, कपाल झर्न गर्छ कम

    लोकप्रिय

    २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

    २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

    ताजा

    रवि लामिछाने आजै कारागार फर्किने

    २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु

    जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • रवि लामिछाने आजै कारागार फर्किने
    • २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु
    • जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने
    • रौतहटमा परिस्थिति सामान्यतर्फ, तर कर्फ्यू र निषेधाज्ञा यथावत्

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.