मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
समयलाई पछ्याउन नसक्दा दुःख पाइनेछ । भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
परिस्थिति अलि प्रतिकूल रहनेछ भने सोचेको लाभ नउठ्न सक्छ । तर सामान्य धन भनि प्राप्त होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
फुर्सद मिल्नुका साथै यात्रा गर्ने अवसर जुट्न सक्छ परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि देखिन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सवारीमा सावधानी अपनाउनुहोला । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पढाइलेखाइमा समय दिन नसकिएला सहयोगीहरूको भरपर्दा काममा बाधा पुग्न सक्छ, सजग रहनुहोला ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
प्रेम र मित्रताको बन्धन कसिनुका साथै रमाइलो भेटघाट हुनेछ। विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि विचार पुर्याउनु होला, पछि काम बिग्रनाले मन खिन्न हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। पेटको खराबीले स्वास्थ्य कमजोर रहला ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । हठ गर्ने बानीले दुःख पाइनेछ, जागिरमा पनि सावधान रहनु होला ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् ।