• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, भदौ २८, २०८२
शनिबार, भदौ २८, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने

रौतहटमा परिस्थिति सामान्यतर्फ, तर कर्फ्यू र निषेधाज्ञा यथावत्

मेथी, अमला र फूलबाट बनाउनुहोस् यो विशेष तेल, कपाल झर्न गर्छ कम

आजदेखि मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्व विधिवत सुरु

मंगलबारदेखि ठप्प सार्वजनिक सवारी साधन आजदेखि सञ्चालनमा

२०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

राष्ट्रपति पौडेलद्धारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते तोकियो नयाँ निर्वाचनको मिति

सुशीला कार्की प्रधानमन्त्री बन्ने पक्का

२०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

  • ४. २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ५. सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

  • ६. २०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ७. स्वास्थ्यमन्त्री पौडेलले पनि दिए राजीनामा

  • ८. त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द

  • ९. माइडियाको दशैँ–तिहार योजना सार्वजनिक

  • १०. प्रचण्ड निवासमा आगजनी

बाबा आमाको पर्खाइमा १४ महिनाकी छोरी

एजेन्सी । भारतको उत्तर प्रदेशमा नागरिकता विधेयक विरुद्धको प्रदर्शनका क्रममा भएको हिंसाको मामिलामा अहिलेसम्म एक हजारभन्दा बढी पक्राउ परिसकेका छन् । पक्राउ पर्नेहरुमा वाराणसीका रवि शेखर र उनकी श्रीमती एकता पनि छिन् । दुवैलाई पक्राउ गरी जेल पठाइएको छ तर उनीहरुको १४ महिनाकी छोरी बाबा–आमा चकलेट लिएर आउने पर्खाइमा छिन् । नागरिकता विधेयकविरुद्ध १९ डिसेम्बरमा भएको प्रदर्शनमा वाराणसीमा पनि हिंसा भएको थियो ।

हिंसापश्चात् प्रहरीको कथित ज्यादती र प्रदर्शनका क्रममा केही यस्ता व्यक्तिहरु पनि पक्राउ परे जो शान्तिपूर्ण प्रदर्शनमा सहभागीता जनाउन गएका थिए । जसलाई प्रदर्शन हिंस्रक होला भन्ने भेउ समेत लिन सकेका थिएनन् । रवि शेखर र उनकी पत्नी एकता वातावरणसम्बन्धी मुद्दा उठाउँछन् । साथै वाराणसीको सामाजिक गतिविधिमा पनि सक्रिय छन् । वाराणसीमा महमूरगञ्जका रवि र एकता आफ्नी १४ महिने छोरी उनकी हजुरआमा र ठुलीआमालाई छोडेर प्रदर्शनमा सहभागी हुन गएका थिए ।

‘मेरो छोराले कुनै अपराध गरेको छैन । थाहा छैन प्रहरीले निक पक्राउ गरेको । दुवै शान्तिपूर्वक प्रदर्शन गरिरहेका थिए’, रविकी आमा भन्छिन्– ‘यस्ता कार्यक्रममा प्रायः दुवै जना जान्थे । अब यो दुधाली बच्ची आफ्नी आमाविना कसरी रहन सक्छे ?’ रविशेखर र एकताको १९ डिसेम्बरमा वाराणसीको बेनियाबाग इलाकामा प्रदर्शनका क्रममा धारा १४४ को उल्लंघनको आरोपमा पक्राउ परेका थिए ।

रविका दाईले भने, ‘उनीहरु ६०–७० मानिसको समुहका साथ उता मार्च गरिरहेका थिए । प्रहरीले जब रोक्यो तब सबैले गिरफ्तारी दिए । त्यस समय शान्ति भंगमा लगेर फिर्ता पठाइनेछ भनिएको थियो तर दुई दिन त्यहीँ राखेर फेरि २१ डिसेम्बरमा कयौँ धारामा एफआईआर गरी जेल पठाइयो । धारा पनि गम्भीर छैनन् तैपनि जमानत मिलेको छैन ।’ रवि र एकता समेत गरी ५६ प्रदर्शनकारी र केही अज्ञात मानिसहरुका विरुद्ध ३३२, ३५३, ३४१ जस्ता धाराहरुमा मुद्दा दर्ता गरिएको छ ।

बच्चीलाई लाखौँ पटक सम्झाइन्छ तर उनी आमा–बाबा सोधिरहन्छिन् । रविशेखरकी आमा शीला आँखा आँशुले टिल्पिलाएका छन् । तिवारी भन्छिन्– ‘केही खान पनि मान्दिन । आमा बुवाको तस्विर हेरेर बोलाइरहन्छे । हामी झुटो आश्वासन दिइरहेका छौँ कि तिम्रो आमा बुवा अफिस गएका छन्, एकैछिनमा आइहाल्छन् ।’ उता वारणसी प्रहरी भने पक्राउ परेका सबैविरुद्ध हिंसा भड्काएको पर्याप्त प्रमाण छ ।

वाराणसीका जिल्ला अधिकारी कौशलराज शर्मा भन्छन्– ‘पक्राउ परेका सबैविरुद्ध पर्याप्त आधारहरु छन् । गैरकानूनी तरिकाबाट मानिसहरु जम्मा भएका कारण शहरमा तनाव बढेको थियो । विभिन्न किसिमका भड्काउने खालका नारा लेखिएको पोस्टर समेत फेला परेको छ ।’ नागरिकता कानुनविरुद्ध नरेन्द्र मोदीको संसदीय क्षेत्र वाराणसीमा पनि मानिसहरुले ठुलो प्रदर्शन गरेका थिए । बेनियाबाग इलाकामा हजारौँ संख्यामा मानिसहरु सडकमा उत्रिएपछि अचानक स्थिति नियन्त्रणबाहिर गयो । प्रहरीले लाठीचार्ज गर्नुपर्यो ।

प्रत्यक्षदर्शीका अनुसार प्रदर्शनकारीहरुलाई प्रहरीले खेदेको थियो । यद्यपी रविका परिवारका अनुसार उनीहरुलाई हंगामा हुनुभन्दा पहिले नै हिरासतमा लिइएको थियो । भारतमा नागरिकता विधेयकविरुद्ध अझै पनि प्रदर्शन जारी छ । मोदी सरकारले नागरिकता सम्बन्धी विधेयकमा मुस्लिमबाहेक अन्य आप्रवासीलाई धार्मिक आधारमा नागरिकता दिन सकिने व्यवस्था गरेपछि यसको विरोध भएको हो । संशोधन हुनुअघि नागरिकतासम्बन्धी भारतको ६४ वर्ष पुरानो कानुनले गैरकानुनी आप्रवासीहरूलाई भारतीय नागरिक हुन दिँदैनथ्यो ।

यसअघिको कानुनी व्याख्यामा गैरकानुनी आप्रवासीहरू भनेका वैध राहदानी वा यात्रासम्बन्धी कागजपत्र नभईकनै भारत प्रवेश गर्ने वा अनुमति दिइएकोभन्दा बढी समय भारतमा बिताउने मानिसहरू भन्ने थियो । गैरकानुनी आप्रवासीलाई उनीहरूकै देश फिर्ता पठाउने वा जेल हाल्न सकिने अहिलेको व्यवस्था छ । भारतको नागरिकता लिनको लागि त्यहाँ कम्तीमा ११ वर्ष बसेको वा काम गरेको हुनुपर्ने व्यवस्थालाई पनि अब फेरिनेछ ।

अब हिन्दू, सिख, बौद्ध, जैन, पारसी र इसाई धर्म मान्ने समुदायका लागि उनीहरू पाकिस्तान, बाङ्ग्लादेश र अफगानिस्तानबाट आएको प्रमाण पेस गर्न सकेमा उक्त कानुनअन्तर्गत विशेष व्यवस्था हुनेछ । छ वर्ष मात्र भारतमा बसेको वा काम गरेको भरमा उनीहरूले अङ्गीकृत नागरिकता पाउन सक्नेछन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सरकारले सामाजिक सञ्जाल बन्द गर्नुपर्ने यस्तो रहेछ कारण
    सरकारले बन्द गर्ने निर्णय गरेपछि सम्पर्कमा आयो फेसबुक
    अमेरिकाबाट थप ३७ नेपाली नागरिक डिपोर्ट, आज चार्टर उडानमार्फत ल्याइने

    लोकप्रिय

    २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

    २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

    ताजा

    जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने

    रौतहटमा परिस्थिति सामान्यतर्फ, तर कर्फ्यू र निषेधाज्ञा यथावत्

    मेथी, अमला र फूलबाट बनाउनुहोस् यो विशेष तेल, कपाल झर्न गर्छ कम

    आजदेखि मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्व विधिवत सुरु

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने
    • रौतहटमा परिस्थिति सामान्यतर्फ, तर कर्फ्यू र निषेधाज्ञा यथावत्
    • मेथी, अमला र फूलबाट बनाउनुहोस् यो विशेष तेल, कपाल झर्न गर्छ कम
    • आजदेखि मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्व विधिवत सुरु
    • मंगलबारदेखि ठप्प सार्वजनिक सवारी साधन आजदेखि सञ्चालनमा

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.