‘हिजो राति अमेरिकाको गालामा थप्पड हान्यौं’
एजेन्सी । इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीले मिसाइल आक्रमण गरेर अमेरिकाको गालामा थप्पड हानेको बताएका छन् । स्थानीय समयअनुसार बुधबार बिहान देशका नाममा सम्बोधन गर्दै खामेनीले मंगलबार मध्यरातमा इराकस्थित दुई अमेरिकी सैन्य अखडामा दर्जन बढी मिसाइलबाट हमला गरिएको बताए ।
‘हिजो राति मिसाइल आक्रमण गरेर हामीले उनीहरूको गालामा थप्पड हान्यौं । तर सैन्य कारबाही मात्रले पुग्दैन,’ खामेनीले भने । उनले मध्यपूर्वमा भ्रष्ट अमेरिकाको उपस्थिति अन्त्य हुनु पर्ने बताए । ‘अमेरिका यहाँ आएर युद्ध, विभाजन र ध्वंशलाई बढावा दिइरहेको छ,’ उनले भने ।
खामेनी गत शुक्रबार बग्दाद विमानस्थल नजिकै अमेरिकी ड्रोन आक्रमणमा मारिएका सैनिक कमाण्डर कासिम सुलेमानीको प्रशंसा पनि गरे । ‘सुलेमानी महान् र बहादुर लडाकु थिए । र उनी हाम्रा परम मित्र थिए,’ खामेनीले भने । इरानले हानेका १५ मिसाइलले अमेरिकी सैन्य अड्डामा कति क्षति भयो भन्ने स्वतन्त्र पुष्टी हुन सकेको छैन ।
इरानी सरकारी सञ्चारमाध्यमले सैनिक स्रोतलाई उद्धृत गर्दै आक्रमणमा ८० अमेरिकी सैनिक मारिएको दाबी गरेका छन् । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अहिलेसम्म कुनै क्षति नभएको बताएका छन् ।
सम्बन्धित समाचार
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
मुटुको धड्कन बन्द भएको ४० घण्टापछि चीनियाँ नागरिक जिबितै
रणवीर सिंहको ‘प्रलय’ मा प्रियदर्शनकी छोरी कल्याणी मुख्य अभिनेत्री
नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल
चीनमा ‘डेलिभरी ब्वाई’ ले पाए सबैभन्दा ठूलो साहित्यिक सम्मान
ट्रेन्डिङ
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते हुने, गोल्छा ग्रुपसँग सम्झौता नवीकरण
यस्तो छ आजको मौसम पुर्वानुमान
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति