नयाँदिल्लीमा पनि देखियो कोभिड-१९ अर्थात कोरोना
जानकारी केन्द्र
२०७६, फाल्गुन, १९
एजेन्सी । नयाँदिल्लीमा पनि एक जनामा कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ । सोमबार भारतीय स्वास्थ्य मन्त्रालयले नयाँदिल्लीमा रहेका एक जनामा र तेलन्गनामा एक जनामा कोरोनाभाइरसको संक्रमित भेटिएको जनाएको छ ।
नयाँदिल्लीमा रहेका ती व्यक्ति इटाली भ्रमण गरेर आएका थिए । अर्का एक जना भने दुबई भ्रमणबाट भारत फर्किएको द हिन्दुले जनाएको छ । साथै, उनीहरूको अन्य विवरण भने खुलाइएको छैन । मन्त्रालयका अनुसार दुबै बिरामी अहिले स्थिर रहेको र नजिकबाट नियालिरहेको बताइएको छ ।
यसअघि भारतमा पहिलो कोरोनासंक्रमित बिरामी केरेलामा भेटिएको थियो । ती महिला वुहानबाट पढेर आएकी विद्यार्थी थिइन् । उनी केरेलाको एक सरकारी मेडिकल कलेज अस्पतालबाट गत फेब्रुअरी २० मा डिस्चार्ज भएकी थिइन् । साथै, केरेलामा तीन जनामा भेटिएका संक्रमित उपचारपछि डिस्चार्ज भइसकेको द हिन्दुले जनायो ।
सम्बन्धित समाचार
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
भारतले राख्याे नेपालका बाढी पीडितलाई उच्च प्राथमिकतामा, थप सहयोग पठाउने
नेपाललाई आपतकालीन सहयोग दिने चीनको निर्णय
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
ट्रेन्डिङ
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २७ गते शनिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ भदौ २८ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार

