• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२८ असार २०८३, आइतबार
२८ असार २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

संस्कृति इन्टरनेशनल स्कुल र श्री पञ्चकन्या माविबीच सहकार्य,सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क फ्याब ल्याब कक्षा
  • २० घण्टा 

नबिल बैँकको ४२ औँ वार्षिकोत्सव : “बैँकिङ एण्ड बियोन्ड” र एआइमार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता
  • २० घण्टा 

अमेरिकी डलर, युरो र पाउन्डको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • १ दिन 

स्विटजरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्याण्डसँग भिडने
  • १ दिन 

ग्राहकको अनुभवमा किन उपयूक्त छ बीएडब्लू ब्रुम्ली इलेक्ट्रिक कार ?
  • २ दिन 

टोयोटाको आधिकारिक डिलर अटोवेजद्वारा पोखरामा सेवा विस्तार, चितवनमा अत्याधुनिक थ्री-एस सुविधा सञ्चालन
  • २ दिन 

अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन
  • २ दिन 

देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना
  • २ दिन 

२०८३ असार २७ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. मोबाइल-कम्प्युटर धेरै चलाउनुहुन्छ ? आँखा जोगाउन ‘२०-२०-२०’ नियमबारे अवश्य जान्नुहोस्

  • २. २०८३ असार २३ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. इटहरीको हलगडामा नयाँ शोरूम उद्घाटनसँगै कोशी प्रदेशमा कजारिया रमेश टायल्सको बजार विस्तार

  • ४. वैज्ञानिकहरूले खोजे नयाँ जीव, जुन ‘शिशु शारीरिक’ संरचनामा नै हुन्थ्यो बुढो

  • ५. ट्रक व्यवसायी महासंघका अध्यक्ष बानियाँको सरकारसँग आग्रह : बीमा, ओभरलोड र ट्राफिक जरिवानाको नीतिको पुनरावलोकन गरियोस्

  • ६. एशियन बैंकिङ एन्ड फाइनान्सबाट नेपाल एसबिआई बैंकलाई चार अन्तर्राष्ट्रिय अवार्ड

  • ७. देशभर मनसुनी वायुको प्रभाव : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ८. पोर्चुगललाई स्तब्ध पार्दै स्पेन क्वाटर फाइनलमा प्रवेश

  • ९. २०८३ असार २६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • १०. अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै

ग्रिनकार्ड प्रक्रिया दुई महिनाका लागि स्थगित गर्न ट्रम्पको आदेश

admin २०७७, बैशाख, १०

१० वैशाख : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी ग्रिनकार्ड प्रक्रियालाई दुई महिनाका लागि स्थगित गर्न कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।

कोरोनाभाइरसका कारण अमेरिकी नागरिकले रोजगारी गुमाउन थालेपछि नागरिकको प्रतिस्पर्धी क्षमता बढाउन अमेरिकामा स्थायी बसोबासका लागि दिइने ग्रिनकार्ड प्रदान गर्ने कार्यमा ढिलाई गर्नु परेको राष्ट्रपति ट्रम्पले बताएका छन् ।

राष्ट्रपति ट्रम्पले कतिपय विशेष परिस्थितिमा भने ग्रिनकार्डका बारेमा केही छुट दिइने पनि बताएका छन् , तर उनले कस्तो अवस्थामा छुट उपलब्ध गराइन्छ भन्ने बारेमा पछि निर्णय गरिने स्पष्ट गरे ।

राष्ट्रपति ट्रम्पले घोषणा गरेको अस्थायी प्रतिबन्धमा “अस्थायी कामदार” का बारेमा केही उल्लेख छैन ।

ह्वाइट हाउसमा कार्यकारी आदेशमा हस्ताक्षरपछि बोल्दै राष्ट्रपति ट्रम्पले आप्रवासनमा गरिएको अहिलेको प्रतिबन्धले अमेरिकी नागरिकलाई रोजगारीमा पहिलो प्राथमिकता प्राप्त हुने विश्वास व्यक्त गरे । “अर्थतन्त्र खुल्नासाथ विदेशबाट आउने नयाँ आप्रवासी मजदूरले अहिले बेरोजगार बनेका अमेरिकीलाई बिस्थापित गर्नु गलत र अन्याय हुन्छ ।”

अमेरिकी एक अधिकारीले नयाँ नियम अमेरिकामा रोजगार–आधारित ग्रिनकार्डका लागि आवेदन गर्ने तथा अमेरिकी नागरिक भइनसकेका तर ग्रिनकार्ड भएकाका नातेदारले गर्ने आवेदनमा मात्र सीमित हुने बताए । उनले अमेरिकी नागरिकले आफ्ना परिवारका सदस्यलाई अमेरिका ल्याउन कुनै समस्या नहुने स्पष्ट गरे ।

सन् २०१९ मा अमेरिकाले करिब १० लाख ग्रिनकार्ड जारी गरेको थियो । यीमध्ये आधाभन्दा बढी अमेरिकी नागरिकका पतिपत्नी, छोराछोरी र बाबुआमा थिए ।

ग्रिनकार्डमा कडाई गरिए पनि राष्ट्रपति ट्रम्पले बर्सेनि जारी हुने लाखौं गैर–आप्रवासी विदेशी कामदारको भिसामा रोक लगाउनु भएको छैन । अमेरिकामा फार्म कामदार, स्वास्थ्यकर्मी र सफ्टवेयर प्रोग्रामर समेतका लाखौं व्यक्ति गैर–आप्रवासन भिसामा प्रवेश गर्दछन् ।

माइग्रेसन पोलिसी इन्स्टिच्यूटको अनुमान अनुसार दुई महिनाको प्रतिबन्धको अवधिमा झण्डै १ लाख १० हजार ग्रिनकार्ड उपलब्ध हुने छैन । राष्ट्रपति ट्रम्पले मुलुकको आर्थिक परिस्थितिलाई मूल्याँकन गरी थप निर्णय गरिने पनि बताएका छन् ।

राष्ट्रपति ट्रम्पले लामो समयदेखि वैध र अवैध दुबै किसिमको आप्रवासनमाथि कडाई गर्नुपर्ने भन्दै धारणा अघि सार्दै आएका छन् । यी व्यक्तिले अमेरिकी नागरिकको रोजगारी खोसेको उनको भनाई छ ।

तर उनले कोरोनाभाइरसको आडमा आफ्नो पुरानो मान्यतालाई स्थापित गर्न खोजेको भन्ने आरोप अस्वीकार गरेका छन् । राष्ट्रपति ट्रम्पले यहीबीच कर सुधारदेखि सीमामा कडाईलाई पनि अघि बढाएका छन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश
पहिलो क्वाटरफाइनल खेल आजदेखि : फ्रान्स र मोरोक्को दोस्रो पटक विश्वकपमा भिड्दै
जापानले बनायो भूकम्प आउनासाथ हावामा माथि उठ्ने घर

ताजा

संस्कृति इन्टरनेशनल स्कुल र श्री पञ्चकन्या माविबीच सहकार्य,सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क फ्याब ल्याब कक्षा

नबिल बैँकको ४२ औँ वार्षिकोत्सव : “बैँकिङ एण्ड बियोन्ड” र एआइमार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता

अमेरिकी डलर, युरो र पाउन्डको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमय दर कति ?

स्विटजरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्याण्डसँग भिडने

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.