भारत-चीनबीच झडप, तीन भारतीय सैनिकको ज्यान गयो
जानकारी केन्द्र
२०७७, असार, २
एजेन्सी, २ असार । भारत र चीनबीच सिमामा बढेको तनाव हिंसामा परिणत भएको छ । सोमबार राति दुवै पक्षबीच झडप हुँदा तीनजना भारतीय सैनिकको ज्यान गएको छ ।
भारतको सेनाले गलवान उपत्यकामा भएको झडपमा एक अधिकृतसहित तीनजना सैनिकको मृत्यु भएको पुष्टि गरेको छ । उनीहरुको परिचय खुलाइएको छैन ।
भारतीय सञ्चारमाध्यमले सेनाको विज्ञप्ति प्रकाशित गरेका छन् । विज्ञप्तिमा दुवै क्षेत्रमा हताहती भएको उल्लेख छ ।
भारत र चीनबीच सिमा क्षेत्रमा तनाव बढेपछि सैन्य तहमा वार्ता भइरहँदा घटना भएको हो । झडप भएपछि वार्ता जारी रहने उल्लेख छ ।
भारत र चीनका सैनिकबीचको झडपमा ४५ वर्षपछि हताहती भएको हो । यसअघि सन् १९७५ मा भारतीय सैनिकलाई चिनियाँ सैनिकले अरुणाञ्चल प्रदेशमा एम्बुसमा पार्दा हताहती भएको थियो ।
सम्बन्धित समाचार
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
भारतले राख्याे नेपालका बाढी पीडितलाई उच्च प्राथमिकतामा, थप सहयोग पठाउने
नेपाललाई आपतकालीन सहयोग दिने चीनको निर्णय
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
ट्रेन्डिङ
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २७ गते शनिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ भदौ २८ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार

