कोरोना संक्रमित निर्मूल नहुँदै फेरि देखियो अर्को समस्या : डब्ल्यूएचओ
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को नयाँ रिपोर्टले जोकोहीलाई आश्चर्यचकित पारिदिन्छ । रिपोर्ट भन्छ– संसारका प्रत्येक तीन महिलामध्ये एकजना आफ्नो जीवनकालमा शारीरिक हिंसा या यौन हिंसाको अनुभव गर्न बाध्य छन् ।
संयुक्त राष्ट्र संघको स्वास्थ्य एजेन्सी तथा उसका साझेदारले नयाँ अध्ययन गर्दै मंगलबार उक्त तथ्य सार्वजनिक गरेका हुन् । महिलाविरुद्ध हुने हिंसा बारे गरिएको यो नै सबैभन्दा ठूलो अध्ययन भएको एजेन्सीको दाबी छ ।
अध्ययनले प्रेम वा अन्य सम्बन्धमा रहेकी कुनै पनि युवतीमध्ये एकचौथाइ २५ वर्ष उमेरअघि नै हिंसाको सिकार हुने गरेको पनि पत्ता लगाएको छ ।
अध्ययनको आँकडामा २०१० देखि २०१८ सम्मको अवधि सामेल गरिएको छ । यसमा कोरोना महामारी प्रभावको तथ्यांक सामेल छैन ।
अध्ययन अनुसार, महिलाविरुद्ध घरेलु हिंसामा वृद्धि भएको छ । लकडाउन तथा अन्य प्रतिबन्धको समयमा महिला घरभित्रै बस्न बाध्य भएका कारण त्यस्ताखाले हिंसा बढेको हो ।
डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एधनम ग्याब्रियसस भन्छन्, ‘‘महिलाविरुद्धका हिंसा हरेक देश र संस्कृतिमा छ । यसले लाखौं महिला र तिनका परिवारलाई नोक्सान पारिरहेको छ । कोरोना महामारीले यस्ता घटनामा वृद्धि गराएको छ ।’’
उनले सरकार व्यक्ति र समुदायलाई समस्या समाधानमा सहयोग गर्न आग्रहसमेत गरेका छन् ।
सम्बन्धित समाचार
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
भारतले राख्याे नेपालका बाढी पीडितलाई उच्च प्राथमिकतामा, थप सहयोग पठाउने
नेपाललाई आपतकालीन सहयोग दिने चीनको निर्णय
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
ट्रेन्डिङ
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २७ गते शनिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ भदौ २८ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार

