भारतमा संक्रमितको संख्याले बनायो रेकर्ड, एकैदिन यतिधेरै जनाले गुमाए ज्यान
एजेन्सी । भारतमा दिनदिनै कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा २ लाख ६० हजार संक्रमित थपिएका छन् । कोरोनाको दोस्रो लहर चलेसँगै दैनिक थपिने संक्रमितको संख्याले नयाँ नयाँ रेकर्ड बनाउँदै गएको छ ।
पाँच दिनदेखि लगातार दुई लाख संक्रमित थपिदै आएको भारतमा आज २ लाख ६० हजार ७७८ संक्रमित पुष्टि भएका छन् । यो शनिबारको तुलनामा ११ प्रतिशतले बृद्ध हो । योसँगै भारतमा सक्रिय संक्रमितको संख्या १८ लाख १९ पुगेको छ ।
त्यस्तै, कुल संक्रमितको संख्या १ करोड ४७ लाख ४२ हजार ४६१ पुगेको छ । कोरोनाको दोस्रो लहरमा मृत्यु हुनेको संख्या पनि दिनदिनै बढिरहेको छ । पछिल्लो २४ घन्टामा १ हजार ४९५ जनाले ज्यान गुमाएका छन् ।
गत चार दिनदेखि दैनिक १ हजारभन्दा बढीको मृत्यु हुँदै आएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ७७ हजार १६८ पुगेको छ । अझै ८ हजार ९४४ जना गम्भीर रहेका छन् । पछिल्लो २४ घन्टामा सबैभन्दा बढी महाराष्ट्रमा ६७ हजार १२३ संक्रमित थपिएका छन् ।
त्यस्तै, दिल्लीमा १९ हजार ४८६, कर्नाटकमा १७ हजार ४८९, छत्तिसगढमा १६ हजार र केरलामा १३ हजार संक्रमित थपिएका छन् । नेपालसँग सीमा जोडिएको बिहारमा ७ हजार ८७०, पश्चिम बंगालमा ७ हजार ७१३ र उत्तराखण्डमा २ हजार ७५७ संक्रमित थपिएका छन् ।
सम्बन्धित समाचार
सेतो चिनीले साँच्चै बढाउँछ त डाइबिटिज ? जान्नुहोस वास्तविकता
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

