युरोकप च्याम्पियन बन्यो इटाली, कुन खेलाडीले कुन अवार्ड जिते ?
एजेन्सी । इटलीले इंग्ल्याण्डलाई पेनाल्टी सुटआउटमा ३-२ ले हराएर ५३ वर्षपछि युरोकपको उपाधि जितेको छ। वेम्वलीमा सोमबार बिहान सम्पन्न फाइनलमा इटलीले इंग्ल्याण्डलाई उसैको मैदानमा पराजित गरेको हो ।
इंग्ल्याण्डका बुकायो साकाको अन्तिम पेनाल्टी प्रहार गोलकिपर जियानलुजी डोनारुम्बाले बचाएपछि इटलीले खेल जितेको हो । उनले इंग्ल्याण्डका साका र जाडोन सान्चोको पेनाल्टी बचाए ।
इंग्ल्याण्डका मार्कुस रासफोर्डको प्रहार पोष्टमा लागेर फर्कियो । सुटआउटमा इटलीका लागि डोमेनिको बेरार्डी, लियोनार्दो बोनुीची र फेडेरिको बर्नाडेसी गोल गरे । इटलीका आन्द्रे बेलोट्टी र जर्जिन्होको पेनाल्टी इंग्लिस गोलकिपर पिकफोर्डले बचाए ।
इंग्ल्याण्डका ह्यारी केन र ह्यारी मग्वायरले मात्र गोल गरे । वेम्वलीमा भएको खेलको निर्धारित ९० मिनेट र ३० मिनेटको अतिरिक्त समयमको खेल १-१ को बराबरी भएपछि पेनाल्टीसुटआउट निर्णायक बनेको हो ।
इटली एक भन्दा धेरै युरोकप जित्ने चौथो टिम बनेको छ । इटलीले यसअघि सन् १९६८ मा युरो जितेको थियो । जर्मनी र स्पेनले सर्वाधक ३-३ पटक युरो जितेका छन् भने फ्रान्स दुई पटक च्याम्पिएको भएको छ ।
इटलीले दोस्रो उपाधि जित्नका लागि ५३ वर्ष पर्खनुपर्यो । जुन युरोकप जित्ने टिमको सबैभन्दा लमो ग्याप हो । यस्तै इटली एकै युरोकपमा दुई पेनाल्टीसुटआउटमा विजयी हुने पहिलो टिम बन्यो ।
इटलीले सेमिफाइनलमा स्पेनलाई पनि पेनाल्टी सुटआउटमै पराजित गरेको थियो । इटलीका डिफेण्डर लियोनार्दो बोनुची युरोकपको फाइनलमा गोल गर्ने सबैभन्दा पाका खेलाडी बने । उनले इंग्ल्याण्डविरुद्ध ६७ मिनेटमा बराबरी गोल फर्काएका थिए ।
फाइनल खेल्दा बोनुची ३४ वर्ष ७१ दिनका थिए । युरो च्याम्पियन इटलीले अपराजित यात्रालाई ३४ खेलसम्म पुर्याएको छ । यस्तै पोर्चुगलका कप्तान तथा फरवार्ड क्रिस्टियानो रोनाल्डोले गोल्डेन बुट जितेका छन् । १६ औं संस्करणको युरोकप फुटबलमा सर्वाधिक गोल गर्दै उनले गोल्डेन बुटको अवार्ड हात पारेका हुन् ।
रोनाल्डोले प्रतियोगिता अवधिभर ५ गोल गरे । चार संस्करणको युरोकप खेलेको रोनाल्डोले पहिलो पटक गोल्डेन बुट जितेका हुन् । चेक रिपब्लिकका प्याट्रिक शिकलाई पछि पार्दै रोनाल्डोले यस अवार्ड जितेका हुन् । प्याट्रिकले ५ खेलमा ५ गोल गरेका थिए ।
यसैगरी स्पेनका मिडफिल्डर पेड्री १६ औं संस्करणको युरोकप फुटबलको उत्कृष्ट युवा खेलाडी बन्न सफल भएका छन् । खेल अवधिभर उत्कृष्ट प्रदर्शन गरेका पेड्री योङ प्लेयर अफ दि टुर्नामेन्टको उपाधि चुम्न सफल भएका हुन् ।
प्रतियोगितामा उनले ६ खेल खेलेका थिए । तर, स्पेन सेमिफाइनलमा इटालीसँग पराजित हुँदै बाहिरिएको थियो । त्यस्तै, इटालीका गोलकिपर जियानलुइजी डोनारुम्मा १६ औं संस्करणको युरोकप फुटबलको सर्वोत्कृष्ट खेलाडी बनेका छन् ।
इटालीलाई युरोकपको उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेका जियानलुइजी सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् । जियानलुइजी युरोकपमा प्लेयर अफ दि टुर्नामेन्ट अवार्ड प्राप्त गर्ने पहिलो गोलकिपर बनेका छन् ।
सम्बन्धित समाचार
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
ट्रेन्डिङ
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, सिम र प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक
एलजीको नयाँ एआई प्रविधिले बदल्दै घरायसी जीवन, नेपालमा सार्वजनिक भयो २०२६ को स्मार्ट उत्पादन शृंखला
२०८३ साउन २० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

