यौन दुर्व्यवहारको आरोपमा अमेरिकी गायक केलीलाई ३० वर्ष जेल सजाय
काठमाडौं । अमेरिकी पप गायक आर केलीलाई महिला तथा बालबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा ३० वर्षको जेल सजाय सुनाइएको छ ।
गत वर्षको सेप्टेम्बरमा ५५ वर्षीय केलीलाई न्यूयोर्कको एक अदालतले आठ महिलाको तस्करीमा दोषी ठहर गरेको थियो । त्यसयता उनको सजायको बहस चलिरहेको थियो ।
सरकारको तर्फबाट ४५ साक्षीले बयान दिएका थिए । केली जुलाई २०१९ देखि जेलमा छन् । अभियोजकहरूले उनलाई आजीवन कारावासको माग गरेका थिए । उनीहरूले केलीले महिला र बालबालिकालाई कुनै दया नगरेको पनि बताएका थिए । केलीका वकिलहरूले उनी अब समाजका लागि खतरा नरहेको बताएका छन् ।
केलीले सन् १९९४ मा गायिका आलियासँग १५ वर्षको उमेरमा विवाह गरेको अदालतमा खुलेको थियो । त्यो समयमा प्रमाणपत्रमा भने उनको उमेर १८ वर्ष देखाइएको थियो । पछि उनीहरूको विवाह रद्द गरिएको थियो । नौ वर्षपछि आलियाको विमान दुर्घटनामा मृत्यु भएको थियो ।
इलिनोइस र मिनेसोटा राज्यको अदालतको आरोप बाहेक उनी अहिले पनि शिकागोमा चाइल्ड पोर्नोग्राफी लगायत विभिन्न आरोपको सामना गरिरहेका छन् ।
सम्बन्धित समाचार
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
पाकिस्तान, टर्की र साउदीबिच ऐतिहासिक रक्षा सम्झौता
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

