• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२१ जेठ २०८३, बिहीबार
२१ जेठ २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

विश्व वातावरण दिवसको अवसरमा ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्याली सम्पन्न
  • ११ घण्टा 

ईभी उत्पादन क्षमता विस्तार गर्दै प्रोटोन, नेपालमा पनि नयाँ मोडल ल्याउने तयारी
  • ११ घण्टा 

अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को नयाँ ब्रान्ड एम्बासडरमा नियुक्त
  • १३ घण्टा 

बजारमा अधिक तरलता, राष्ट्र बैंकले फेरि ७० अर्ब रुपैयाँ खिच्दै
  • १३ घण्टा 

सेन्सेइद्वारा ‘विश्वकप हेरौला अफर’ सार्वजनिक : यस्ता छन् सुविधा
  • १४ घण्टा 

एकैदिन दुई हजार ३०० सवारीचालक ट्राफिक कारबाहीमा, रु २० लाख ८४ हजार राजस्व सङ्कलन
  • १५ घण्टा 

मिड-भ्याली इन्टरनेसनल कलेज र वाइजएडमिट बिच समझदारी : चीनको एनयूएएसँग शैक्षिक तथा प्राविधिक सहकार्य विस्तार हुने
  • १६ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १६ घण्टा 

पश्चिमी प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव : देशका विभिन्न क्षेत्रमा बदली र वर्षा, तराईमा तातो लहरको प्रभाव कायमै
  • १६ घण्टा 

लोकप्रिय समाचार

  • १. ‘इसेवा ह्याकाथन २०२६’ सौराहामा सम्पन्न : नवप्रवर्तन, प्रविधि र दिगो भविष्यका समाधानहरूको खोजी

  • २. सेन्सेइद्वारा ‘विश्वकप हेरौला अफर’ सार्वजनिक : यस्ता छन् सुविधा

  • ३. देशका विभिन्न भूभागमा बदली, वर्षा र हुरी चल्ने पूर्वानुमान

  • ४. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ५. रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा जाँदै

  • ६. २०८३ जेठ २१ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ७. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ८. पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव : आज यी प्रदेशमा वर्षाको सम्भावना

  • ९. बजारमा अधिक तरलता, राष्ट्र बैंकले फेरि ७० अर्ब रुपैयाँ खिच्दै

  • १०. ट्रक दुर्घटना हुँदा चालकको निधन

आँखाको डार्क सर्कल हटाउने १० घरेलु उपायहरू..

admin २०७९, श्रावण, १०

पुरूष वा महिला, सबैकोलागि डार्क सर्कल उत्तिकै अप्रिय हुने गर्छ । हामीले यसको पर्याप्त ख्याल नगेरेर तथा सहि उपायहरु नअपनाएर यसलाई टार्न खोजिरहेका हुन्छोैँ । यी नाकाम कोसिसहरूको बावजुद हाम्रो आँखामा डार्क सर्कल झनै गाडा भएर बस्छ ।

हामीलाई पर्याप्त निन्द्रा नपुग्दा, शरिरमा हर्मोनको मात्रामा परिवर्तन भइरहँदा र मानसिक तनावको अवस्थाबाट गुज्रिरहँदा आँखाको वरिपरि कालो घेरा बस्ने गर्छ जसलाई हामी डार्क सर्कल भन्छौँ ।

यीबाहेक अन्य कारणले गर्दा पनि आँखामा डार्क सर्कल देखिने गर्छ ।

अधिकतम सङ्ख्यामा मानिसहरु डार्क सर्कल हटाउन वा छोप्न विभिन्न रसायनजन्य प्रोडक्ट र आइ–रिपेयर क्रिमहरूको प्रयोग गर्ने गर्छन् ।

यी सामग्रीहरु छालाको प्रकार हेरेर उपयोगी वा अनुपयोगी हुने गर्छन् । कसैलाई सकारात्मक रुपमा प्रभाभकारी हुन्छ भने कसैको छालामा यसले एलेर्जी हुन सक्छ या प्रभाकारीता पूरै सुन्य हुन सक्छ ।

त्यसैले, तपाईंलाई डार्क सर्कलको झन्झटबाट मुक्त पार्ने र सबै किसिमको छालालाई उपयुक्त एवम् उत्तीकै प्रभावकारी हुने यी १० सरल घरेलु उपायहरू यस प्रकार छन् ।

काँक्रा

हामीले कतिपय विज्ञहरूले आफ्नो ‘स्किन केयर रुटिन’अन्तर्गत आफ्नो आँखा काँक्राको पातलो टुक्राले छोपेको दृश्य देखिरहका हुन्छौँ । तर, हामीले यसको असाय बुझ्न सकेका रहेनछौँ । आँखा वरिपरिको डार्क सर्कल र आँखामुनि आउने फुकेको आइब्याग हटाउन काँक्रा सबैभन्दा उत्कृष्ट उपाय मानिन्छ ।

काँक्रालाई पातलो गोलो आकारमा काटेर ३० मिनेट फ्रिजमा राख्नुपर्छ। र, निकालेर १० मिनेट आँखामा राखेपछि मन तातो पानीले मुहार धुनुपर्छ । हामीले यसको छरितो प्रभाव पाउन दिनमा नियमीत २ पटक सो उपाय अपनाउनुपर्नेछ ।

टमाटर

टमटरमा लाइकोपिन नामक तत्व पाइन्छ जुन हाम्रो छालाको लागि अति उपयोगी हुने गर्छ । यसले आँखाको डार्क सर्कल हटाउन मद्दत पनि गर्छ । प्रभावकारी नतीजा पाउनको लागी हामीले सुरूमा टमाटरको रस र कागतीको रस बनाउनुपर्छ । र, दुवै रसको बराबर मात्रा मिसाएर रुवाको प्रयोग गरि उक्त मिसावट डार्क सर्कल भएको भागमा लगाउनुपर्छ । यसको सट्टा हामीले टमाटरको रस, कागतीको रस र पुदिनाको पत्ता मिसाएर झोल बनाउन सक्छौँ। र, यसको नियमित सेवन पनि गर्न सक्छौँ ।

चिसो टि–ब्याग

डार्क सर्कल हटाउने अर्को सबैभन्दा सजिलो उपाय चाहिँ चिसो टि–ब्यागको९बजारमा पाइने चियाको सानो पोको० प्रयोग मानिन्छ । धेरैजसो टि–ब्यागमा उपयोगी एन्टीअक्सीडेन्ट पाइने गर्छ । यसले आँखाको भागलाई राहत दिन्छ। प्रयोगभन्दा पहिला हामीले यसलाई पानीमा राम्ररी भिजाउनुपर्छ र एकछिन शितल ठाउँमा छाडिदिनुपर्छ ।

त्यसपछि हामीले यसलाइ आफ्नो आँखामाथि राख्न सक्छौँ । प्रभावकारीताको लागि यसको दैनिक अभ्यास हुर्नुपर्छ ।

गुलाबजल

छाला हेरचाहको विषयमा गुलाबजललाई थुप्रै समस्याको उपाय मानिन्छ । यसले छालालाई सुन्दर र ताजामात्र बनाउँदैन, आँखाका डार्क सर्कल पनि पूरै गायब गराउँछ । उत्कृष्ट नतिजाकोलागि कटनप्याडलाई गुलाबजलले भिजाएर १५ मिनेट आँखामाथि राख्नुपर्छ । अनि, चिसो पानीले गुलाबजल परेको सो भाग पखाल्नुपर्छ । यसको अभ्यास हामीले दैनिक रूपमा गर्नुपर्छ ।

हाडे बदामको तेल

हाडे बदामको तेल (आल्मोन्ड आयल)मा भिटामिन इ पर्याप्त मात्रामा पाइन्छ । जसले गर्दा हाम्रो छालाले पुन पहिले जस्तै प्राकृतिक चमक पाउने गर्छ । यो उपाय उपायहरूमध्ये कै सबैभन्दा सजिलो रहेको छ । हामीले केही थोपा तेल डार्कसर्कल भएको ठाउँमा लगाएपछि बिस्तारै हल्का मसाज गर्नुपर्छ । र, पूरै रात यथावत राखेर भोलिपल्ट विहानै पखाल्नुपर्छ । यो उपाय प्रभावकारीता नदेखिएसम्म दैनिक गर्न सकिन्छ ।

आलु

आलुमा भिटामिन सी को मात्रा धेरै हुन्छ । भिटामिन‘सी’ले छालामा चमक ल्याउँछ र डार्क सर्कल हटाउन मद्दत गर्छ ।

आलुलाई सानो टुक्रामा ताछेपछि त्यसको रस निकाल्न सकिन्छ । निकालिएको रसमा कटनप्याड भिजाएर १० मिनेटको लागि आँखामा राख्नुपर्छ । र, मन तातो पानीले पखाल्नुपर्छ ।

सुन्तला

सुन्तलाको रस गील्सिरिनसँग मिसाएपछि उक्त मिश्रण आँखा–हेरचाहको उपयोगी सामग्री बन्छ । यसमा भिटामिन‘ए’ र ‘सि’ पाइने भएपछि यसले डार्क सर्कल हटाउने मात्र नभई प्राकृतिक चमन मुहारमा पुन ल्याउने काम पनि गर्छ ।

पुदिना

काँक्राको जस्तै, पुदिनामा पनि छालामा स्फूर्ती ल्याउने गुण हुन्छ । यसले आँखालाई राहत दिन्छ र डार्क सर्कल हटाउँछ ।

पुदिनाको पत्तालाई पानीसँग पिसेर पेस्ट बनाउन सकिन्छ। बनेको पुदीनाको पेस्ट हामीले डार्क सर्कल भएको भागमो लगाउनुपर्छ । ठीक १० मिनेटपछि चिसो पानीले लगाइएको पेस्ट पखाल्नुपर्छ । उत्कृष्ट नतिजाको लागि यो उपाय एक हप्तासम्म गरिरहनुपर्छ ।

पर्याप्त समयसम्म सुत्ने

निद्रा नपुगेको कारण पनि डार्क सर्कल बसेको र आइ–ब्याग फुकेको हुन सक्छ । त्यसैले, यी समस्यालाई समाधान गर्ने सबैभन्दा सजिलो र प्राकृतिक तरिका भनेकै ८ घन्टा पर्याप्त सुताइ हो । रातमा चैनको निद्रा र सुताइले शरीरलाई आराम दिन्छ । साथै, छालालाई पनि सुन्दर बनाउँछ ।

योगा वा ध्यान

मानसिक तनावले मानसिक असर मात्र गर्दैन, शारीरिक असर पनि गर्छ । जसले हाम्रो छालालाई पनि गम्भीर असर गर्छ । डार्क सर्कल हाम्रो शरिरको गम्भिर संकेत हो। यसले हामीले हाम्रो स्वास्थ्यको ख्याल राख्नपर्ने संकेत दिन्छ । त्यसैले, यस्तो अवस्थामा योगा र ध्यान हाम्रो सकारात्मक सोचको स्रोत बन्न सक्छ।

योगा र ध्यानले हामीलाई मानसिक सन्तुलन प्रदान गर्छ, हाम्रो आत्मालाई निश्चल बनाउँछ, र शरिरका विभिन्न प्रणालीलाई पनि स्वास्थ्य राख्छ । यसले गर्दा हाम्रो छालालाई पनि सकारात्मक प्रभाव पर्छ जसकारण डार्क सर्कल सजिलै हट्ने गर्छ ।

-सुस्मिता लावती

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
विश्व वातावरण दिवसको अवसरमा ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्याली सम्पन्न
ईभी उत्पादन क्षमता विस्तार गर्दै प्रोटोन, नेपालमा पनि नयाँ मोडल ल्याउने तयारी
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को नयाँ ब्रान्ड एम्बासडरमा नियुक्त

ताजा

विश्व वातावरण दिवसको अवसरमा ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्याली सम्पन्न

ईभी उत्पादन क्षमता विस्तार गर्दै प्रोटोन, नेपालमा पनि नयाँ मोडल ल्याउने तयारी

अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को नयाँ ब्रान्ड एम्बासडरमा नियुक्त

बजारमा अधिक तरलता, राष्ट्र बैंकले फेरि ७० अर्ब रुपैयाँ खिच्दै

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.