• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, पुष ०७, २०८२
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक

सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

महोत्तरीमा बाक्लो हुस्सु र चिसो बतास, जनजीवन कष्टकर

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ?

आजको मौसम : देशभर आंशिक बदली

‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

  • ५. Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

  • ६. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्य पनि बढ्यो : कतिमा हुँदैछ कारोबार ?

  • ८. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ९. सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार?

  • १०. लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

आँखाको डार्क सर्कल हटाउने १० घरेलु उपायहरू..

पुरूष वा महिला, सबैकोलागि डार्क सर्कल उत्तिकै अप्रिय हुने गर्छ । हामीले यसको पर्याप्त ख्याल नगेरेर तथा सहि उपायहरु नअपनाएर यसलाई टार्न खोजिरहेका हुन्छोैँ । यी नाकाम कोसिसहरूको बावजुद हाम्रो आँखामा डार्क सर्कल झनै गाडा भएर बस्छ ।

हामीलाई पर्याप्त निन्द्रा नपुग्दा, शरिरमा हर्मोनको मात्रामा परिवर्तन भइरहँदा र मानसिक तनावको अवस्थाबाट गुज्रिरहँदा आँखाको वरिपरि कालो घेरा बस्ने गर्छ जसलाई हामी डार्क सर्कल भन्छौँ ।

यीबाहेक अन्य कारणले गर्दा पनि आँखामा डार्क सर्कल देखिने गर्छ ।

अधिकतम सङ्ख्यामा मानिसहरु डार्क सर्कल हटाउन वा छोप्न विभिन्न रसायनजन्य प्रोडक्ट र आइ–रिपेयर क्रिमहरूको प्रयोग गर्ने गर्छन् ।

यी सामग्रीहरु छालाको प्रकार हेरेर उपयोगी वा अनुपयोगी हुने गर्छन् । कसैलाई सकारात्मक रुपमा प्रभाभकारी हुन्छ भने कसैको छालामा यसले एलेर्जी हुन सक्छ या प्रभाकारीता पूरै सुन्य हुन सक्छ ।

त्यसैले, तपाईंलाई डार्क सर्कलको झन्झटबाट मुक्त पार्ने र सबै किसिमको छालालाई उपयुक्त एवम् उत्तीकै प्रभावकारी हुने यी १० सरल घरेलु उपायहरू यस प्रकार छन् ।

काँक्रा

हामीले कतिपय विज्ञहरूले आफ्नो ‘स्किन केयर रुटिन’अन्तर्गत आफ्नो आँखा काँक्राको पातलो टुक्राले छोपेको दृश्य देखिरहका हुन्छौँ । तर, हामीले यसको असाय बुझ्न सकेका रहेनछौँ । आँखा वरिपरिको डार्क सर्कल र आँखामुनि आउने फुकेको आइब्याग हटाउन काँक्रा सबैभन्दा उत्कृष्ट उपाय मानिन्छ ।

काँक्रालाई पातलो गोलो आकारमा काटेर ३० मिनेट फ्रिजमा राख्नुपर्छ। र, निकालेर १० मिनेट आँखामा राखेपछि मन तातो पानीले मुहार धुनुपर्छ । हामीले यसको छरितो प्रभाव पाउन दिनमा नियमीत २ पटक सो उपाय अपनाउनुपर्नेछ ।

टमाटर

टमटरमा लाइकोपिन नामक तत्व पाइन्छ जुन हाम्रो छालाको लागि अति उपयोगी हुने गर्छ । यसले आँखाको डार्क सर्कल हटाउन मद्दत पनि गर्छ । प्रभावकारी नतीजा पाउनको लागी हामीले सुरूमा टमाटरको रस र कागतीको रस बनाउनुपर्छ । र, दुवै रसको बराबर मात्रा मिसाएर रुवाको प्रयोग गरि उक्त मिसावट डार्क सर्कल भएको भागमा लगाउनुपर्छ । यसको सट्टा हामीले टमाटरको रस, कागतीको रस र पुदिनाको पत्ता मिसाएर झोल बनाउन सक्छौँ। र, यसको नियमित सेवन पनि गर्न सक्छौँ ।

चिसो टि–ब्याग

डार्क सर्कल हटाउने अर्को सबैभन्दा सजिलो उपाय चाहिँ चिसो टि–ब्यागको९बजारमा पाइने चियाको सानो पोको० प्रयोग मानिन्छ । धेरैजसो टि–ब्यागमा उपयोगी एन्टीअक्सीडेन्ट पाइने गर्छ । यसले आँखाको भागलाई राहत दिन्छ। प्रयोगभन्दा पहिला हामीले यसलाई पानीमा राम्ररी भिजाउनुपर्छ र एकछिन शितल ठाउँमा छाडिदिनुपर्छ ।

त्यसपछि हामीले यसलाइ आफ्नो आँखामाथि राख्न सक्छौँ । प्रभावकारीताको लागि यसको दैनिक अभ्यास हुर्नुपर्छ ।

गुलाबजल

छाला हेरचाहको विषयमा गुलाबजललाई थुप्रै समस्याको उपाय मानिन्छ । यसले छालालाई सुन्दर र ताजामात्र बनाउँदैन, आँखाका डार्क सर्कल पनि पूरै गायब गराउँछ । उत्कृष्ट नतिजाकोलागि कटनप्याडलाई गुलाबजलले भिजाएर १५ मिनेट आँखामाथि राख्नुपर्छ । अनि, चिसो पानीले गुलाबजल परेको सो भाग पखाल्नुपर्छ । यसको अभ्यास हामीले दैनिक रूपमा गर्नुपर्छ ।

हाडे बदामको तेल

हाडे बदामको तेल (आल्मोन्ड आयल)मा भिटामिन इ पर्याप्त मात्रामा पाइन्छ । जसले गर्दा हाम्रो छालाले पुन पहिले जस्तै प्राकृतिक चमक पाउने गर्छ । यो उपाय उपायहरूमध्ये कै सबैभन्दा सजिलो रहेको छ । हामीले केही थोपा तेल डार्कसर्कल भएको ठाउँमा लगाएपछि बिस्तारै हल्का मसाज गर्नुपर्छ । र, पूरै रात यथावत राखेर भोलिपल्ट विहानै पखाल्नुपर्छ । यो उपाय प्रभावकारीता नदेखिएसम्म दैनिक गर्न सकिन्छ ।

आलु

आलुमा भिटामिन सी को मात्रा धेरै हुन्छ । भिटामिन‘सी’ले छालामा चमक ल्याउँछ र डार्क सर्कल हटाउन मद्दत गर्छ ।

आलुलाई सानो टुक्रामा ताछेपछि त्यसको रस निकाल्न सकिन्छ । निकालिएको रसमा कटनप्याड भिजाएर १० मिनेटको लागि आँखामा राख्नुपर्छ । र, मन तातो पानीले पखाल्नुपर्छ ।

सुन्तला

सुन्तलाको रस गील्सिरिनसँग मिसाएपछि उक्त मिश्रण आँखा–हेरचाहको उपयोगी सामग्री बन्छ । यसमा भिटामिन‘ए’ र ‘सि’ पाइने भएपछि यसले डार्क सर्कल हटाउने मात्र नभई प्राकृतिक चमन मुहारमा पुन ल्याउने काम पनि गर्छ ।

पुदिना

काँक्राको जस्तै, पुदिनामा पनि छालामा स्फूर्ती ल्याउने गुण हुन्छ । यसले आँखालाई राहत दिन्छ र डार्क सर्कल हटाउँछ ।

पुदिनाको पत्तालाई पानीसँग पिसेर पेस्ट बनाउन सकिन्छ। बनेको पुदीनाको पेस्ट हामीले डार्क सर्कल भएको भागमो लगाउनुपर्छ । ठीक १० मिनेटपछि चिसो पानीले लगाइएको पेस्ट पखाल्नुपर्छ । उत्कृष्ट नतिजाको लागि यो उपाय एक हप्तासम्म गरिरहनुपर्छ ।

पर्याप्त समयसम्म सुत्ने

निद्रा नपुगेको कारण पनि डार्क सर्कल बसेको र आइ–ब्याग फुकेको हुन सक्छ । त्यसैले, यी समस्यालाई समाधान गर्ने सबैभन्दा सजिलो र प्राकृतिक तरिका भनेकै ८ घन्टा पर्याप्त सुताइ हो । रातमा चैनको निद्रा र सुताइले शरीरलाई आराम दिन्छ । साथै, छालालाई पनि सुन्दर बनाउँछ ।

योगा वा ध्यान

मानसिक तनावले मानसिक असर मात्र गर्दैन, शारीरिक असर पनि गर्छ । जसले हाम्रो छालालाई पनि गम्भीर असर गर्छ । डार्क सर्कल हाम्रो शरिरको गम्भिर संकेत हो। यसले हामीले हाम्रो स्वास्थ्यको ख्याल राख्नपर्ने संकेत दिन्छ । त्यसैले, यस्तो अवस्थामा योगा र ध्यान हाम्रो सकारात्मक सोचको स्रोत बन्न सक्छ।

योगा र ध्यानले हामीलाई मानसिक सन्तुलन प्रदान गर्छ, हाम्रो आत्मालाई निश्चल बनाउँछ, र शरिरका विभिन्न प्रणालीलाई पनि स्वास्थ्य राख्छ । यसले गर्दा हाम्रो छालालाई पनि सकारात्मक प्रभाव पर्छ जसकारण डार्क सर्कल सजिलै हट्ने गर्छ ।

-सुस्मिता लावती

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक
    सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?
    यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

    Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

    ताजा

    पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

    टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक

    सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

    यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’
    • टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक
    • सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?
    • यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य
    • महोत्तरीमा बाक्लो हुस्सु र चिसो बतास, जनजीवन कष्टकर

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.