दोलखाको सुन्द्रावतीमा एक पुरुष मृतावस्थामा फेला
जानकारी केन्द्र
२०७९, भाद्र, २४
काठमाडौँ । दोलखाको कालीञ्चोक गाउँपालिका–९ सुन्द्रावतीस्थित फेदीमा एक पुरुष मृतावस्थामा फेला परेका छन् ।
कालीञ्चोक–९ फेदीस्थित खेतमा सोही वडा निवासी ४८ वर्षीय भुवन पकुवालको शव फेला परेको प्रहरीले जनाएको छ । घरदेखि केही टाढा खेतको पानी लगाउने कुलोमा घोप्टो परेर लडेको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक राजेश सिग्देलले जानकारी दिए ।
मृतक पकुवालको शरीरमा भने कुनै चोटपटक देखिएको छैन । शव हाल परीक्षणका लागि जिल्लास्थित पशुपति चौलागाई स्मृति अस्पतालमा राखिएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
सम्बन्धित समाचार
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
