घर आगनमै कोरियाः वार्षिक २० लाख रुपैयाँ बचत
तम्घास । रोजगारीका लागि कोरिया युवाको रोजाइमा पर्छ । त्यहाँ रोजगारीमा जानका लागि युवाले लिखित र मौखिक दुवै परीक्षा दिनुपर्छ अर्थात् लोकसेवाजस्तै कडा मेहनत गरी परीक्षा दिएर पास गरी कोरिया जाने गरेका छन् तर यस्ता पनि युवा छन्, जो कोरिया जान छाडेर नेपालमै कृषि पेसा गरी महिनाको लाखौँ रुपैयाँ आम्दानी गरिरहेका छन् । ती युवामध्येका एक हुनुहुन्छ गुल्मीका २९ वर्षीय भुवन खराल । उनी गाउँमा व्यावसायिक कृषिबाट मनग्गे आम्दानी गरेर गाउँमा होइन, जिल्लामै चर्चाको पात्र बनेका छन् ।
गुल्मी छत्रकोट गाउँपालिका–१, हुँगाका खराल कोरियाका लागि नाम निकालेर रोजगारीमा जान ठिक्क परेको थिए तर उनी रोकिए । विदेशमा गएर पसिना बगाउनुभन्दा देशमै केही गर्नुपर्छ भन्ने कुरा उनको दिमागमा एकाएक आयो । कोरिया जाने निर्णयबाट पछाडि हटे।
कोरियाबाट फर्केकाले पनि त्यहाँ कडा मेहनत गर्नुपर्छ अनि मात्र कमाइ हुन्छ भन्ने सुनाएका थिए । त्यो सुनेर बरु नेपालमै त्यति मेहनत गर्छु भन्ने लागेर नै यस क्षेत्रमा लागेको उनले बताए। कोरिया जान लाग्ने खर्च उनले कृषि व्यवसायमा लगाए र आज महिनाको लाखौँ रुपैयाँ कमाइरहेका छन् ।
उनले कोरियामा कमाउनेजति रकम आफ्नै गाउँमा कमाइरहेका छन् । उनी कोरिया जानुभन्दा आफ्नै देशमा केही गर्नुपर्छ भन्ने मान्यताका साथ विगत छ वर्षदेखि रेसुङ्गा कृषि फार्म दर्ता गरी कृषि पेसामा होमिएका छन् ।
शिक्षा शास्त्रमा स्नातक पास गरेका खरालले अहिले पाल्पाको अर्गलीमा चार सय रोपनी र हुँगामा झन्डै एक सय रोपनी गरेर करिब पाँच सय रोपनी जग्गामा व्यावसायिक खेती गर्दै आएका छन् ।
उनको बारीमा अहिले काउली, बन्दा, टमाटर, खुर्सानी, मूला लटरम्म छन् । उनले त्यसबाट वार्षिक २० लाख रुपैयाँभन्दा बढी बचत गरिरहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।
सम्बन्धित समाचार
नाइमा नेपाल मोबिलिटी २०२६ मा डोङफेङका विद्युतीय बस सार्वजनिक हुने : अटो एक्स्पोमा बुकिङ गर्दा विशेष छुट
सार्वजनिक सडक विधेयकमा ट्रक व्यवसायी महासंघको ध्यानाकर्षण, पाँच लाख जरिवाना संशोधन गर्न माग
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
मिड भ्याली इन्टरनेसनल कलेज र इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीबिच शैक्षिक सहकार्य विस्तार
देशभर मनसुनी वायुको प्रभाव कायमै : केही स्थानमा भारी वर्षाको सम्भावना
नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ अघि नै काठमाडौंमा देखियो चेरी क्यु
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो

