रास्वपाले गर्यो मकवानपुर जिल्ला सभापति न्यौपानेलाई कारबाही
जानकारी केन्द्र
२०७९, पुष, १९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले मकवानपुर जिल्ला सभापति राजकुमार न्यौपानेलाई कारबाही गरेको छ। गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा सभापति न्यौपानेको क्रियाकलापप्रति जिल्लाका पदाधिकारहरुले गुनासो र उजुरी गरेसँगै हाललाई पदीय हैसियतले कुनै काम नगर्न निर्देशन दिइएको हो ।
‘निर्वाचनको समयमा तपाईले गर्नुभएका क्रियाकलाप, गतिविधि तथा आचरणको विषयमा जिल्लाका विभिन्न तहगत समितिका पदाधिकारी, उम्मेदवार तथा सदस्यहरुबाट विभिन्न किसिमका गुनासो, उजुरी तथा कारबाहीसमेतको माग आएको परिप्रेक्षमा सो विषयमा आवश्यक छानबिन, अनुसन्धान तथा अन्तिम निक्र्यौल नभएसम्म तपाईँले आफ्नो पदीय हैसियतले कुनै पनि गतिविधि, कार्यमा संलग्न नहुन निर्देशन अनुसार सूचित गरिन्छ,’ महामन्त्री एवं प्रवक्ता डा।मुकुल ढकालले पत्रमार्फत् निर्देशन दिएका छन् ।
सम्बन्धित समाचार
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
आज पनि पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायम रहने
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
