रियाललाई हराउँदै बार्सिलोनाले उचाल्यो सुपर कपको उपाधि
काठमाडौँ । युवा खेलाडी गाभी र पेड्री तथा रोबर्ट लेवानडोवस्कीको गोलमा बार्सिलोनाले आइतबार राति चिर प्रतिद्वन्द्वी रियाल मड्रिडलाई ३–१ ले हराउँदै स्पेनिस सुपर कपको उपाधि जितेको छ ।
साउदी अरबको रियादस्थित किंग फाहद अन्तर्राष्ट्रिय रंगशालामा बार्सिलोनाले ३३औँ मिनेटमा गाभीको गोलबाट अग्रता लिएको थियो । गाभीले लेवानडोवस्कीको पासमा गोल गरेका हुन् । रियालभन्दा हरेक पक्षमा सबल देखिएको बार्सिलोनाले पहिलो हाफको इन्ज्युरी समयमा अग्रता दोब्बर बनायो । गाभीको पासमा लेवानडोवस्कीले गोल गरेका थिए ।
६९औँ मिनेटमा पेड्रीले तेस्रो गोल थपे । इन्ज्युरी समयमा करिम बेन्जेमाले गरेको गोल रियालका लागि सान्त्वना बन्यो । बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेजले नियमित फर्मेसन ४–३–३ मा परिवर्तन गर्दै मिडफिल्डर थपेका थिए । उनले लेवानडोवस्कीलाई अग्रपंक्तिमा खेलाएका थिए । जाभीले आश्चर्यजनक रूपमा टिमलाई ४–२–३–१ को फर्मेसनमा ढालेका थिए ।
यस्तै, रियालका भिनिसियस जुनियरलाई रोक्न सेन्टर ब्याक रोनाल्ड अराउजोलाई राइट ब्याकमा खेलाएका थिए । अराउजो भिनिसियस जुनियरलाई रोक्न सफल पनि भए ।
“हामीले मिडफिल्डलाई बलियो बनायौँ । र, भिनिसियसको काउन्टर अट्याकहरू रोक्न अराउजोले साँच्चै राम्रो प्रदर्शन गरे । हामीले तिनीहरूलाई कुनै विकल्प दिएनौँ,’’ बार्सिलोनाका कप्तान सर्जियो बुस्केटले भने, “हामीलाई थाहा थियो कि यो एउटा अवसर हो, हामीले सदुपयोग गर्नुपर्छ । हाम्रो क्लब र ड्रेसिङ रुम परिवर्तनको समयबाट गुज्रिरहेको छ । यो जितले हामीलाई थप उपाधिका लागि संघर्ष जारी राख्न मजबुद बनाउने विश्वास छ ।’’
रियाल र बार्सिलोना स्पेनिस ला लिगामा पनि उपाधि संघर्ष गरिरहेका छन् । ला लिगामा बार्सिलोना १६ खेलबाट ४१ अंक जोड्दै शीर्ष स्थानमा छ । रियाल ३८ अंकका साथ दोस्रो स्थानमा छ ।
सम्बन्धित समाचार
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
