काठमाडौं । हामीले प्रायजसो अण्डा नास्ताको रुपमा प्रयोग गर्छौं । अण्डा हामी धेरैलाई मनपर्छ । तर, हामीले प्रयोग गरेको अण्डाले फाइदा पु¥याएको छरछैन भन्ने कुराको ख्याल गरेका हुँदैनौं । अण्डामा दुई वटा भाग हुन्छन् : सेता र पहेँलो भाग । यिनीहरुको काम पनि फरक–फरक हुन्छ । अण्डाको सेतो भागमा प्रोटिन ४ ग्राम र पहेँलो भागमा फ्याट ४.५ ग्राम, सेट फ्याट १.६ ग्राम, कोलेस्ट्रोल एक सय ८४ मिलिग्राम, कार्बोहाइट्रेड ०.५ ग्राम र प्रोटिन २.५ ग्राम पाइन्छ ।
अण्डा स्वास्थ्यको लाभदायक हुन्छ । तर, यसको गलत प्रयोगले खतरनाक पनि हुनसक्छ । अण्डालाई पकाउने कुरामा धेरै ध्यान दिनु आवश्यक छ । यसलाई साधरण तरिकाले र राम्रोसँग पकाएर खानुपर्छ । यदि अण्डालाई तेलमा तारेर खायौं भने यसले कोलेस्टोर र मोटोपना बढाउँछ ।
अण्डा खाँदा हुने फाइदाहरु :
– शरीरको तौल घटाउन अथवा बढाउछ ।
– दिमागलाई तेजिलो बनाउछ ।
– व्लडप्रेसर घटाउछ ।
– आँखाको कमजोरी घटाउछ ।
– कपालमा प्रोटिन र भिटामिनको कमी हुन दिँदैन ।
– मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ ।
– स्तनमा हुने क्यान्सरको सम्भावनालाई कम गराउँछ ।
– हड्डीलाई मजबुद बनाउँछ ।
– गर्भवती महिलाहरुलाई प्रोटिन र बच्चाको मानसिक स्वास्थ्य विकासमा सहयोग पुर्याउँछ ।
अण्डा खाँदाका बेफाइदाहरुः
– डक्टरको भनाई अनुसार शरीरमा प्रोटिनको अत्यधिक मात्राले किड्नीलाई हानी पु¥याउदछ र अन्य विकारहरुको उत्पन्न गरिदिन्छ ।
– अण्डाको सेतो भागमा अधिक मात्रामा सोडियम पाइने भएकोले जो कोहीलाई सोडियम नखान डाक्टरहरुले सल्लाह दिने गरेका छन् । यस कारण डाक्टरका सल्लाह अनुसारमात्रै डाइटमा अण्डाका प्रयोग गर्नु राम्रो हुन्छ ।
– काचो अण्डाको सेतो भाग खानाले शरीरमा बायोटिनको कमि हुन सक्छ । बायोटिनको कमिले छालामा रोग, मांसपेशीमा दुखाई, कपाल झर्ने समस्या र अन्य स्वास्थ्यमा असर पार्न सक्छ ।
– कोही मानिसलाई अण्डादेखि एलर्जी हुने गर्दछ । यस्तो समस्या प्रायः बच्चाहरुमा देखिन्छ ।
– ब्लड प्रेसर हाई, डाइबिटिज र मुटु सम्बन्धी रोग रहेका व्यक्तिहरुले अण्डाको पहेँलो भाग खान हुँदैन । अण्डाको पहेँलो भागमा कोलेस्ट्रोल बढि पाइने भएकाले मुटुलाई असर गर्नसक्छ ।
– धेरैमात्रामा अण्डा खानाले मोटोपन बढ्ने, खुट्टा दुख्ने, नपुंसकता जस्ता समस्या आउन सक्छ ।