अण्डा मन पर्छ ? यी हुन् अण्डा खाँदाका फाइदा/बेफाइदाहरु
काठमाडौं । हामीले प्रायजसो अण्डा नास्ताको रुपमा प्रयोग गर्छौं । अण्डा हामी धेरैलाई मनपर्छ । तर, हामीले प्रयोग गरेको अण्डाले फाइदा पु¥याएको छरछैन भन्ने कुराको ख्याल गरेका हुँदैनौं । अण्डामा दुई वटा भाग हुन्छन् : सेता र पहेँलो भाग । यिनीहरुको काम पनि फरक–फरक हुन्छ । अण्डाको सेतो भागमा प्रोटिन ४ ग्राम र पहेँलो भागमा फ्याट ४.५ ग्राम, सेट फ्याट १.६ ग्राम, कोलेस्ट्रोल एक सय ८४ मिलिग्राम, कार्बोहाइट्रेड ०.५ ग्राम र प्रोटिन २.५ ग्राम पाइन्छ ।
अण्डा स्वास्थ्यको लाभदायक हुन्छ । तर, यसको गलत प्रयोगले खतरनाक पनि हुनसक्छ । अण्डालाई पकाउने कुरामा धेरै ध्यान दिनु आवश्यक छ । यसलाई साधरण तरिकाले र राम्रोसँग पकाएर खानुपर्छ । यदि अण्डालाई तेलमा तारेर खायौं भने यसले कोलेस्टोर र मोटोपना बढाउँछ ।
अण्डा खाँदा हुने फाइदाहरु :
– शरीरको तौल घटाउन अथवा बढाउछ ।
– दिमागलाई तेजिलो बनाउछ ।
– व्लडप्रेसर घटाउछ ।
– आँखाको कमजोरी घटाउछ ।
– कपालमा प्रोटिन र भिटामिनको कमी हुन दिँदैन ।
– मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ ।
– स्तनमा हुने क्यान्सरको सम्भावनालाई कम गराउँछ ।
– हड्डीलाई मजबुद बनाउँछ ।
– गर्भवती महिलाहरुलाई प्रोटिन र बच्चाको मानसिक स्वास्थ्य विकासमा सहयोग पुर्याउँछ ।
अण्डा खाँदाका बेफाइदाहरुः
– डक्टरको भनाई अनुसार शरीरमा प्रोटिनको अत्यधिक मात्राले किड्नीलाई हानी पु¥याउदछ र अन्य विकारहरुको उत्पन्न गरिदिन्छ ।
– अण्डाको सेतो भागमा अधिक मात्रामा सोडियम पाइने भएकोले जो कोहीलाई सोडियम नखान डाक्टरहरुले सल्लाह दिने गरेका छन् । यस कारण डाक्टरका सल्लाह अनुसारमात्रै डाइटमा अण्डाका प्रयोग गर्नु राम्रो हुन्छ ।
– काचो अण्डाको सेतो भाग खानाले शरीरमा बायोटिनको कमि हुन सक्छ । बायोटिनको कमिले छालामा रोग, मांसपेशीमा दुखाई, कपाल झर्ने समस्या र अन्य स्वास्थ्यमा असर पार्न सक्छ ।
– कोही मानिसलाई अण्डादेखि एलर्जी हुने गर्दछ । यस्तो समस्या प्रायः बच्चाहरुमा देखिन्छ ।
– ब्लड प्रेसर हाई, डाइबिटिज र मुटु सम्बन्धी रोग रहेका व्यक्तिहरुले अण्डाको पहेँलो भाग खान हुँदैन । अण्डाको पहेँलो भागमा कोलेस्ट्रोल बढि पाइने भएकाले मुटुलाई असर गर्नसक्छ ।
– धेरैमात्रामा अण्डा खानाले मोटोपन बढ्ने, खुट्टा दुख्ने, नपुंसकता जस्ता समस्या आउन सक्छ ।
सम्बन्धित समाचार
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
मुटुको धड्कन बन्द भएको ४० घण्टापछि चीनियाँ नागरिक जिबितै
युनाइटेड सिमेन्टद्वारा धुनीबेँसीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १४३ जना लाभान्वित
स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै इसेवा र सहारा हेल्थ इन्सुरेन्स : रु.१,३९९ बाट सुरु हुने योजनामा रु.६ लाखसम्मको बीमा सुरक्षा
मनसुनसँगै डेङ्गीको त्रास : उच्च सतर्कता अपनाउन विशेष आग्रह
ट्रेन्डिङ
प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ: एनसीसी अध्यक्ष अग्रवाल
२०८३ साउन १० गते आईतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान

