दाँतको दुःखाईबाट हैरान हुनुहुन्छ ? यी विधि अपनाएर पाउनुहोस सधैंका लागि छुट्कारा
काठमाडौं । प्रायःजसो मानिसहरुमा दाँत दुख्ने समस्या धेरै नै हुन्छ । दाँतमा किरा लाग्ने, गिजा सुन्निने वा रगत आउनेजस्तो समस्या देखिन्छ । कतिपय मानिसहरुले औषधी सेवन गरेतापनि सञ्चो नहुने समस्या देखिएको हुन्छ । त्यसको उपचार हामी घरमै बसेर पनि गर्न सक्छौ । के–के रहेछ त घरेलु उपायहरु ? आज हामी तपाईंहरुलाई ती सजिलो उपायहरु बताउनेछौं ।
दाँतको दुखाई कम गर्ने उपायहरु :
१। दातको दुःखाई कम गर्न २–३ वटा ल्वाङ, तोरीको तेल र फिटकिरीको धुलो लिने र ल्वाङलाई पिसेर धुलो बनाउने, त्यसलाई दुखेको भागमा राख्ने र दाँतले च्याप्ने त्यसपछि ५ मिनेट राखेर पखाल्ने ।
२। सानो कचौरामा एक चम्चा तोरीको तेल, फिटकिरीको धुलो एक चम्चा लिने र त्यसलाई एकै ठाउँ मिसाउने । सानो कपासको टुक्रा लिने र त्यसमा डुबाएर दुःखेको भागमा लगाई केही समय छोडीदिने । त्यसकोे केही समयपछि सफा पानीले पखाल्ने ।
३। फिटकिरी र तेलको पेस्टलाई ब्रसको सहायताले सबै ठाँउमा लगाएर दुई घण्टा जति राखि सफा पानीले पखाल्ने ।
४। रातको समयमा तेल र नुन मिसाएको पेस्टलाई लगाएर सुत्ने र बिहान उठेर सफा गर्ने
५। मनतातो पानी र नुनको मिश्रण बनाई २०–३० मिनेट जति कुल्ला गर्ने
र, दाँत दुःखेको बेलामा लसुन चपाएर पनि यसको दुःखाई कम गर्न सकिन्छ ।
सम्बन्धित समाचार
सेतो चिनीले साँच्चै बढाउँछ त डाइबिटिज ? जान्नुहोस वास्तविकता
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट

