नेपाल अब श्रीलंकाको बाटोमा जानेछैन : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले सरकारको नेतृत्व गरेको ६ महिनामा देशको आर्थिक विकासमा प्रगति भएको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफको क्रममा उनले नेपालको नियति श्रीलंकाको जस्तै हुनेभयो भन्ने भाष्य निर्माण गर्दै सिंगो देशलाई आशंकित र त्रसित बनाएको अवस्थालाई पार लगाएको बताए ।
श्रीलंकाको दुस्वप्नबाट नेपालको अर्थतन्त्र जागिसकेको बताउँदै प्रधानमन्त्री प्रचण्डले यसलाई सरकारको उपलब्धिको मात्र नभई राष्ट्रकै सफलताको रुपमा लिन चाहेको बताए । प्रचण्डले भने– ‘सबैजसो आर्थिक सूचकहरु सकारात्मक दिशातर्फ अगाडि बढ्दैछन् । पछिल्लो ६ महिनायता कूल विदेशी विनियम संचिति २० दशमलव ९ प्रतिशतले बृद्धि भएको छ । अब ९ दशमलव ७ महिनाको बस्तु तथा आयात धान्न सक्ने सुरक्षित अवस्थामा रहेका छौँ । यस्तै कुल बस्तु व्यापारको घाटामा १५ दशमलव २ प्रतिशतले कमी आएको छ । विप्रेशण उल्लेखनीय रुपमा बृद्धि भएको छ ।’
उनले गत वर्ष यसै समयलाई आधार मान्दा पर्यटक दोब्बर बढेको, बैंकको ब्याजदर क्रमशः घट्दै गएको, वित्तिय क्षेत्रको लगानीको वातावरणमा सुधार आएको बताए । यस्तै चुहावटलाई कडाईका साथ नियन्त्रण गरिएपछि राजस्व परिचालनमा पनि क्रमशः सुधार आउँदै गएको बताए । नेपाल विद्युत प्राधिकरण र नेपाल आयल निगम नाफामा गएको र नेपाल वायूसेवा निगमको आर्थिक अवस्था पनि सुधार उन्मुख रहेको बताए ।
सम्बन्धित समाचार
सर्वदलीय बैठक सुरु, सहभागी नेताहरू को-को ?
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
