परम्परा जोगाउन टक्सारमा मेला
भोजपुर । भोजपुरको टक्सार बजार धार्मिक तथा सांस्कृतिक हिसाबले ऐतिहासिक बजार हो । विसं १८७२ मा गीर्वाणयुद्ध विक्रम शाहको पालामा स्थापित टक्सार बजार धातु व्यवसायका लागि पनि पूर्वमा त्यतिकै प्रख्यात ठाउँ मानिन्छ ।
टक्सारको भाषा, धर्म, संस्कार र संस्कृति संरक्षणका लागि प्रत्येक वर्ष लाग्दै आएको श्रीकृष्ण जन्माष्टमी मेला यस वर्ष पनि आयोजना हुने भएको छ । टक्सार बजारलाई ‘मिनी पाटन’समेत भनिन्छ । यहाँ उपत्यकाको नेवारी सहर पाटनको स्वरूपमा सहर विकास गरिएको थियो । यहाँ कृष्ण मन्दिर, विहार, चैत्य, गुम्बा लगायतका दर्जनौँ धार्मिकस्थल छन् ।
सामाजिक, धार्मिक, सांस्कृतिक र आर्थिक केन्द्रका रूपमा स्थापित टक्सार बजार पछिल्लो समय जीर्ण बन्दै गएको स्थानीय सानुकाजी शाक्यको भनाइ छ । उनले भने, “यहाँका धार्मिक मठ, मन्दिर, विहार, चैत्य, गुम्बा र ठूलठूला घर संरक्षणको अभावमा जीर्ण बन्दै गएका छन् ।” टक्सारमा परम्परागतरुपमा चल्दै आएको श्रीकृष्ण जन्माष्टमी मेलाका लागि अहिले तयारी भइरहेको शाक्यले बताए । भोजपुर नगरपालिका–१२ को आयोजनामा टक्सारमा यही २० र २१ गते दुईदिने मेला लगाउन लागिएको छ ।
टक्सार ऐतिहासिक तथा धार्मिकस्थल हो । यसको संरक्षण र संवद्र्धनसहित परम्परासमेत जोगाउन जरुरी रहेको वडा नं १२ का वडाध्यक्ष देवीप्रसाद कार्कीले बताए । उनले भने, “यी विभिन्न संस्कार, संस्कृति हाम्रो अमूल्य सम्पत्ति हुन्, यस्ता धर्म संस्कार, संस्कृतिले सबै जातजातिलाई एक ठाउँमा जोडेको छ, यसको संरक्षण गर्दै मौलिकता जोगाउन सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्छ ।”
‘धार्मिक पर्यटन प्रवद्र्धनका लागि ऐतिहासिक टक्सार बजार जाऔँ’ भन्ने नाराका साथ आयोजना गरिएको मेलामा विभिन्न जातजातिका झाँकी प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, विभिन्न समूहको लाखे नाच प्रदर्शन, श्रीकृष्ण रथयात्रा जस्ता कार्यक्रम हुने स्थानीय अमृका ताम्राकारले जानकारी दिए ।
टक्सार ऐतिहासिकस्थल भएकाले यसको संरक्षण र संवद्र्धनका लागि पनि सरकारी तहबाट चासो देखिनुपर्ने स्थानीय विमल रणपहेलीको भनाइ छ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा भोजपुर सदरमुकामको कृष्ण मन्दिर, टक्सार बजार, दिङ्ला बजारलगायत ठाउँमा मेला लाग्ने गर्दछ ।
सम्बन्धित समाचार
बुटवलमा हुँदैछ पल्सर आरपीएम, युवाका लागि रोमाञ्चक अनुभवको तयारी
एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार
बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक
ट्रेन्डिङ
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
सीजी डिजीटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५ % सम्मको छुट स्योर सट उपहार र भाग्यशाली ड्रको विशेष अफर
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

