Jankari Kendra
१७ भाद्र २०८३, बुधबार
Worldlink

एपीएफको मुख्य प्रशिक्षकमा पूर्व कप्तान मल्ल नियुक्त,आर्मी छाडेका रोहित बने पीएम कपका लागि कप्तान

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, पुष, २६
एपीएफको मुख्य प्रशिक्षकमा पूर्व कप्तान मल्ल नियुक्त,आर्मी छाडेका रोहित बने पीएम कपका लागि कप्तान

काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल विभागीय टिम नेपाल एपीएफ क्लबको क्रिकेट टोलीका मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

शनिबारबाट सुरु हुन लागेको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अघि मल्ललाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको एपीएफले जनाएको छ। मल्लले अघिल्लो महिना मात्रै सिंगापुर पुगेर आइसिसी लेभल २ कोचिङ कोर्ष गरेका थिए ।

मल्लले सन् २०११ देखि २०२० सम्म एपिएफबाट व्यवसायिक क्रिकेट खेल्दै टोलीको कप्तानी समेत गरेका थिए । राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई एपीएफले आफ्नो टोलीको कप्तान बनाएको छ । रोहित आर्मी छाडेर एपिएफ पुगेका हुन् । यसअघि एपिएफको मुख्य प्रशिक्षकमा राजेश श्रेष्ठ थिए ।

मल्लले ५ महिना अघि आफ्नो खेल जीवन सन्न्यास लिएका थिए । २००६ देखि नेपाली क्रिकेट टोलीबाट खेलेका मल्लले अन्तिम खेल २०२३ जुलाई ४ मा आयरल्यान्डविरुद्ध खेलेका थिए ।

Top Changing Nepal

युट्युब सट्स