चैत्र १० देखि १६ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
यो साता परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । प्रणय प्रसङ्गका लागि श्रेष्ठ समय रहेको । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । साताको अन्त्यमा व्यस्तता बढ्नुका साथै स्वास्थ्य प्रति सजगता अपनाउनु होला । संक्रमण र अन्य रोगबाट बच्न साबुन पानीले राम्ररी हात धुनुहोला ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
यो साता भाग्य शक्ति कमजोर भएको अनुभूति हुनेछ । सवारी साधन प्रयोग गर्दा विशेष सावधानी अपनाउनु होला । मनमा दुबिधा उत्पन्न हुने र मानसिक चिन्ता बढ्नेछ । नाक तथा घाँटीमा समस्या आउन सक्छ । मंगलबारबाट सफल यात्राको योग देखिन्छ । चिताएको कामले तीव्रता लिनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
यो साता अधुरो काम पूरा हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । प्रेम जीवन सबल र सफल हुनुका साथै आम्दानीका नयाँ स्रोत बढ्नेछन् । कुनै न कुनै कुराले मनमा शान्ति छाउनेछ । मान सम्मान र पद प्रतिष्ठामा वृद्धि होला । मनोरञ्जनमा सहभागिता भइएला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यो साता नजिकको मित्रसँग भेटघाट हुनेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । पढाईमा सहजता मिल्नेछ । परीक्षा र प्रतिस्पर्धामा सफलता मिल्नेछ । सांस्कृतिक कार्यमा सरिक भइने छ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । साताको मध्यमा सरकारी निकायको भय रहला । नियमित खर्चसमेत बढ्ने योग छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
यो साता सामान्य नै रहनेछ । धर्म कर्म तथा समाजसेवामा मन लाग्नेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । सेयरको कारोबारमा फाइदा पनि हुनसक्छ । साताको अन्त्यमा अनावश्यक ठाउँमा धन खर्च होला । खानपान र स्वास्थ्यप्रति सजग रहनु होला ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
यो साता अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । यात्रा कष्टकर हुनसक्छ सचेत रहनु पर्छ । स्वास्थ्यमा समस्या हुन सक्छ, त्यसैले संक्रमणबाट आफू पनि बच्ने र अरूलाई पनि बचाउन सहयोग गर्नु होला । बुधवारबाट साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
यो साता शुभ कार्यमा सरिक भइनेछ । आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ । शिक्षामा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मनोरञ्जनमा सहभागिता भइएला । प्यारो साथीसँग र आफन्तसँग समय बित्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
यो सप्ताहमा रमणीय र सुखद् यात्राको योग छ । व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । नयाँ कार्यको अवसर मिल्नेछ । अभिभावकको आशीर्वादले बढी काम गर्नसक्छ । सामाजिक क्षेत्रमा गतिलो समर्थन र सफलता पाइनेछ । पुँजी बजारले पनि साथ दिनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
तो साता आँटेको र ताकेको कार्यमा ढिलाई भएपनि पुरा नै होला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । प्रेम सम्बन्धको कोपिला फक्रनेछ । साताको उत्तरार्धबाट आर्थिक कारोबारमा मन्दी आउनेछ । स्वास्थ्य प्रति सजग रहनु होला ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
साताको सुरुका दिनमा पुराना रोगले दुख दिन सक्छ । केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । सोमबारबाट शुभकार्यको चर्चा चल्नेछ । परोपकारजन्य कार्यमा लगाव बढ्ने र लोकप्रियताको अवसर प्राप्त हुनेछ । अधुरा कामहरू पनि बन्ने योग छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
यो साता लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनसक्छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । साथी भाइसँग समय बित्नेछ । धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । मित्र र विशिष्ट व्यक्तिको सहयोग पाइनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
यो सातामा चिताएको कामले तीव्रता लिनेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । अध्ययनमा रुचि जाग्नुका साथै सफल यात्राका योग छ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ, तर नियमित खर्च समेत बढ्ने योग छ, सचेत रहनु होला । (अधिक जानकारीको लागि 977-9849559502)
ज्यो.प. नारायणप्रसाद दुलाल
सम्बन्धित समाचार
२०८३ साउन ३० गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २९ गते शुक्रवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो
ट्रेन्डिङ
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा मोर्बिडेली टी २५० एक्स सार्वजनिक, मूल्य ६ लाख २० हजार


