• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२७ बैशाख २०८३, आइतबार
२७ बैशाख २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सुनको मूल्यमा गिरावट,चाँदीको मूल्य भने वृद्धि : कतिमा हुँदैछ कारोबार ?
  • ७ घण्टा 

पोखरामा जेसीबीको पश्चिम बजार विस्तार, १२ युनिट हस्तान्तरण
  • ८ घण्टा 

टर्किस एयरलाइन्सको जहाजमा आगलागीपछि अवरुद्ध त्रिभुवन विमानस्थल डेढ घण्टापछि पुन : सञ्चालनमा
  • ८ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ९ घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • ९ घण्टा 

एसईई नतिजा हेर्ने तरिका सार्वजनिक : एसएमएस, आईभीआर र वेबसाइटमार्फत नतिजा प्राप्त गर्न सकिने
  • २२ घण्टा 

बर्लीको आक्रामक विस्तार : २२ मोडेलसहित नेपालकै ठुलो रेञ्ज, नयाँ डेजर्ट र पर्सनल कुलर सार्वजनिक
  • २४ घण्टा 

२०८३ वैशाख २८ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गरिने
  • १ दिन 

लोकप्रिय समाचार

  • १. देशभर पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको प्रभाव : यी स्थानमा वर्षा र चट्याङको सम्भावना

  • २. २४ घण्टामा १ हजार ८५४ चालक कारबाहीमा : ४ चार लाख ४८ हजार राजस्व संकलन

  • ३. घरमा नराख्नुहोस् यस्ता वस्तु, हुनेछ धन हानीका साथै अनिष्ठ

  • ४. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ५. टर्किस एयरलाइन्सको जहाजमा आगलागीपछि अवरुद्ध त्रिभुवन विमानस्थल डेढ घण्टापछि पुन : सञ्चालनमा

  • ६. सुनको मुल्यमा प्रतितोला पाँच हजार आठ सयले वृद्धि, कतिमा हुदैँछ कारोबार ?

  • ७. २०८३ वैशाख २६ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ८. Big Moves in charlotte, Nepali Diaspora eyes investment Back Home  

  • ९. किष्ट किड्नी ट्रान्सप्लान्ट सेन्टरद्वारा २०० सफल मिर्गौला प्रत्यारोपण

  • १०. घट्यो आज सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

पशुपति क्षेत्रभित्र इन्जिनबाट चल्ने सवारी साधन सञ्चालनमा रोक, एक वर्षपछि लाश गाड्न नपाइने

जानकारी केन्द्र २०८०, चैत्र, १६

काठमाडौं। सर्वोच्च अदालतले पशुपति क्षेत्रभित्र रहेको वनकाली, मृगस्थली, श्लेषमान्तक वन क्षेत्रभित्र पर्ने तिलगंगा–गोठाटार (ताम्रगंगा) जाने भनिएको बाटोलगायत पाशुपत क्षेत्रभित्रको अन्य स्थानमासमेत ईन्जिनबाट चल्ने कुनै पनि प्रकारको सवारी साधन संचालन हुन सक्ने गरी बाटो निर्माण नगर्न सरकारको नाममा आदेश जारी गरेको छ ।

पर्यावरण र वातावरणीय रुपमा कुनै लेखाजोखा नगरी पुरातात्विक महत्वको ख्याल नगरी पाशुपति क्षेत्रमा यत्रतत्र बाटो खोली सडक बनाएको र पशुपति क्षेत्रमा जथाभावी शव गाड्न दिइएको भन्दै अधिवक्ता दीपक विक्रम मिश्रले सर्वोच्चमा दायर गरेको थिए । सो रिटमा फैसला गर्दै सर्वोच्चले पशुपति क्षेत्रमा बनाइएका मोटर बाटो तत्काल बन्द गर्न भनेको छ । साथै, अब उप्रान्त सो स्थानमा ईन्जिनबाट चल्ने कुनैपनि प्रकारका यातायातका साधन सञ्चालन हुन नदिनु भनी सर्वोच्चले आदेश जारी गरेको छ ।

उक्त क्षेत्रमा पुरातात्विक तवरले उत्खनन गर्ने कार्य बाहेक जथाभावी खन्नु, खोस्रनु, भौतिक संरचना निर्माण गर्न दिनु नेपालको संविधान, प्राचीन स्मारक संरक्षण ऐन–२०१३, वातावरण संरक्षण ऐन–२०५३, वातावरण संरक्षण नियमावली–२०५४ र युनाइटेड नेसन कन्भेन्सन फर द प्रोटेक्सन अफ द वर्ड कल्चरल एण्ड नेचुरल हेरिटेज–१९७२ विपरीतको कार्य भएको रिट निवेदकको दाबी थियो ।

साथै, पाशुपत क्षेत्रभित्र रहेको वनकाली, मृगस्थली, श्लेषमान्तक वन क्षेत्रभित्र श्रद्धालु तीर्थयात्री वा पर्यटकहरुको आवत–जावतका लागि ट्र्याक (पैदल मार्ग) निर्माण गर्नसमेत सर्वोच्चले भनेको छ । यसरी बनाइएको पैदल मार्गमा हिड्न बाहेक वन बाटिका क्षेत्रभित्र यात्रुजनको प्रवेश हुन नपाउने गरी घेरबेरको व्यवस्था मिलाउनु भनी सर्वोच्चले प्रत्यर्थीहरुका नाममा परमादेश जारी गरेको छ ।

पाशुपति क्षेत्रभित्र रहेको वनकाली, मृगस्थली, श्लेषमान्तक वन लगायतका स्थानमा खाली रहेको, वन नासिए–मासिएको स्थानमा सघन रुपमा बृक्षारोपण गर्न र हरियाली कायम राख्नसमेत भनिएको छ । उक्त क्षेत्रमा रहेका रुख विरुवा काट्न मास्न नदिन र वनक्षेत्रको पूर्ण संरक्षण गर्न गराउन सर्वोच्चले भनेको छ ।

त्यसैगरी, एक वर्षभित्र लाश गाड्ने सम्बन्धी स्थान सुनिश्चित र एक वर्ष पछिदेखि श्लेषमान्तक वनक्षेत्रमा लाश गाड्न फाल्न नपाउने व्यवस्था मिलाउनसमेत भनिएको छ । पाशुपत क्षेत्रभित्र कुनैपनि प्रकारको फोहोरमैला जम्मा हुन नदिई तत्काल सफाई गर्ने भरपर्दो व्यवस्था मिलाउनसमेत सर्वोच्चले आदेश जारी गरेको छ ।

मृगस्थली, श्लेषमान्तक वन क्षेत्रमा भू–स्खलनलाई रोक्न आवश्यक भू–संरक्षणको व्यवस्था तत्काल मिलाउनुसमेत फैसलामा भनिएको छ । पशुपति क्षेत्रभित्र रहेका कुनै भौतिक संरचनाको मर्मत सुधार गर्दा वा पुनःनिर्माण गर्दा यसको मौलिक स्वरूप कायम रहने र प्राचीन सम्पदाको अधिकतम् संरक्षण हुने अवस्था सुनिश्चित गर्न यसरी पशुपति क्षेत्रभित्र रहेका भौतिक संरचनाको मर्मत सुधार वा नयाँ निर्माण गर्दा पुरातत्व विभागको औपचारिक लिखित राय, परामर्श वा सहमति लिएर मात्र निर्माणसमेत भनिएको छ ।

पाशुपति क्षेत्रको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक र पर्यावरणीय मौलिकता नासिने मासिने गरी भौतिक संरचना निर्माण नगर्न र सतविज छर्ने लगायतका विषयमा परम्परादेखी चली आएको संस्कारमा प्रतिकूल असर पर्ने गरी जमिनमा कंक्रिट ढलान गर्ने जस्ता कार्य नगर्न नगराउन भनिएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सुनको मूल्यमा गिरावट,चाँदीको मूल्य भने वृद्धि : कतिमा हुँदैछ कारोबार ?
पोखरामा जेसीबीको पश्चिम बजार विस्तार, १२ युनिट हस्तान्तरण
टर्किस एयरलाइन्सको जहाजमा आगलागीपछि अवरुद्ध त्रिभुवन विमानस्थल डेढ घण्टापछि पुन : सञ्चालनमा

ताजा

सुनको मूल्यमा गिरावट,चाँदीको मूल्य भने वृद्धि : कतिमा हुँदैछ कारोबार ?

पोखरामा जेसीबीको पश्चिम बजार विस्तार, १२ युनिट हस्तान्तरण

टर्किस एयरलाइन्सको जहाजमा आगलागीपछि अवरुद्ध त्रिभुवन विमानस्थल डेढ घण्टापछि पुन : सञ्चालनमा

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.