Jankari Kendra
१५ आश्विन २०८३, बिहीबार
Worldlink

लोकसेवाद्वारा लिखित परीक्षाको नतिजा सार्वजनिक, १७ हजारमा २५ प्रतिशत पास

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, चैत्र, २६
लोकसेवाद्वारा लिखित परीक्षाको नतिजा सार्वजनिक, १७ हजारमा २५ प्रतिशत पास

काठमाडौं । लोकसेवा आयोग काठमाडौं कार्यालयले लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले आज राजपत्राङ्कित अ.नं. प्रथम श्रेणी (अप्राविधिक) नायव सुब्बा वा सो सरह पदको नतिजा सार्वजनिक गरेको हो ।

२०८० फागुन २६ गते आयोगको काठमाडौं र हेटौडा कार्यालयबाट सञ्चालन भएको प्रथम चरणको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ। परीक्षामा १७ हजार २ सय ८ जना उम्मेदवारहरु सम्मिलित मध्ये ४ हजार ४ सय ५५ जना छनोट भएका छन् । यसपटक २५.८९ प्रतिशत पास हुन सफल भएका छन् ।

 

Top Changing Nepal

युट्युब सट्स