१२ वर्षपछि वृषमा शुक्र र बृहस्पतिको जम्काभेट, गजलक्ष्मी राजयोग बन्दा तीन राशि माला-माल !
एजेन्सी । वैदिक ज्योतिषशास्त्रका अनुसार सबै ग्रहहरूले एक निश्चित अन्तरालपछि आफ्नो राशि परिवर्तन गर्छन्। यसको शुभ र अशुभ प्रभाव मेषदेखि मीन राशीसम्म १२ राशीमा पनि पर्छ ।
पञ्चाङका अनुसार देवगुरु बृहस्पति मे १ गते दिउँसो २ बजेर ५ मिनेटमा वृष राशिमा प्रवेश गरेका छन् । झन्डै एक वर्ष भन्दा लामो समय पश्चात वृहस्पतिले राशि परिवर्तन गरेका हुन्।
अब छिट्टै शुक्रले पनि राशि परिवर्तन गर्नेछन्। मे १९ को दिन बिहान ९ बजेर ६ मिनेटमा शुक्रको वृष राशिमा प्रवेश हुनेछ। ज्योतिष शास्त्रका अनुसार १२ वर्षपछि वृष राशिमा बृहस्पति र शुक्रको संयोग हुने भएको छ ।
जसका कारण गजलक्ष्मी राजयोग बन्नेछ। मे महिनामा बृहस्पति र शुक्रको अचम्मको संयोजनका कारण केही राशिका लागि धेरै शुभ फल मिल्नेछ। जानौं गजलक्ष्मी राजयोगले कुन राशिको भाग्य चम्किन्छ ?
मेष : गजलक्ष्मी राजयोगको प्रभावले मेष राशिका व्यक्तिको सुख र सौभाग्य बढ्नेछ। आम्दानीका नयाँ स्रोतबाट आर्थिक लाभ हुनेछ। तपाईले गरेको कामको सकारात्मक परिणाम प्राप्त हुनेछ। ब्यापार ब्यवसायमा उन्नतिको प्रशस्त अवसर मिल्नेछ । मिहिनेतले फल दिनेछ। तपाईंले आफ्नो कामको इच्छित परिणाम प्राप्त गर्नुहुनेछ। सन्तानबाट शुभ समाचार प्राप्त हुनेछ ।
सिंह : दाम्पत्य जीवनमा सुख मिल्नेछ। आर्थिक स्थिति बलियो हुनेछ। व्यापार व्यवसायमा विस्तार हुनेछ । लक्ष्मी माताको कृपाले धन सम्बन्धी समस्याबाट मुक्ति मिल्नेछ । आम्दानीमा वृद्धि हुने सम्भावना छ । आर्थिक पक्ष बलियो हुनेछ ।
मकर : प्रेम सम्बन्धमा मधुरता रहनेछ। बोलीमा नम्रता रहनेछ। नोकरी र व्यवसायमा धेरै प्रगति हुनेछ। आम्दानी बढ्नेछ। लामो समयदेखि रोकिएको धन फिर्ता हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ । अदालती मुद्दाबाट राहत मिल्नेछ। भौतिक सुखसुविधा बढ्नेछ।
सम्बन्धित समाचार
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १ गते बिहीबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

