Jankari Kendra
६ आश्विन २०८३, मंगलवार
Worldlink

तीन लाख ६५ हजारमा ३५० किलोमिटर रेञ्ज दिने स्कुटर नेपालमा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, बैशाख, २८
तीन लाख ६५ हजारमा ३५० किलोमिटर रेञ्ज दिने स्कुटर नेपालमा

काठमाडौं । नेपालमा बजारमा लंग रेञ्ज र किफायती मूल्यको इलेक्ट्रिक स्कुटर भित्रिएको छ। नेपालमा क्रसफायर तथा इटालीका मोटरसाइकल बिक्री गर्दै आएको कम्पनी क्लासीक ह्वील इम्पोर्ट एण्ड एक्स्पोर्ट प्रालिले ग्यारो ब्रान्डको डीटी ६० स्कुटर नेपाल ल्याएको हो।तीन लाख ६५ हजार रुपैयाँ मूल्य तोकिएको ग्यारो डीटी ६० ले ३५० किलोमिटर रेञ्ज दिने कम्पनीले जानकारी दिएको छ। यस किफायती स्कुटरले रेञ्ज चिन्ता हटाउने कम्पनीको दाबी छ।

स्टार ह्वाइट र मून ग्रे कलरमा उपलब्ध डीटी ६० आगामी शनिबार नेपालमा आधिकारिक रुपमा सार्वजनिक गरिने कम्पनीका बजार प्रबन्धक अनुराग बमले जानकारी दिए। आइतबारदेखि बिक्री वितरणका लागि कम्पनीको सबै शोरुमा उपलब्ध हुनेछ।

ग्यारो डीटी ६० मा ४८ भोल्ट १०८ एम्पीयर आवर (८.६८ किलोवाट अवार)को लिथियम आयोन ब्याट्री छ। स्कुटरमा ४ हजार वाटको पीक पावर क्षमताको मोटर छ। स्कुटर तीन राइडिङ मोडमा उपलब्ध छ। इकोमा ३५० किलोमिटर, ड्राइभिङमा २८० किलोमिटर र स्पोर्टस्मा २०० किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी छ।डीटी ६० को अधिकत स्पीड ६८ किलोमिटर प्रति घण्टा छ। जसमा इकोमा ५१ किलोमिटर र ड्राइभिङमा ६० किलोमिटर प्रति घण्टाको अधिकत गति दिन्छ। स्कुटरको ब्याट्री तथा मोटरमा एक वर्षको वारेन्टी रहेको कम्पनीले जनाएको छ। स्कुटरको फुट रेस्ट मुनी ब्याट्री दिएकाले यसमा ठूलो बुट स्पेस उपलब्ध छ।

Top Changing Nepal

युट्युब सट्स