कोलकोता आइपिएलको प्लेअफमा
जानकारी केन्द्र
२०८१, बैशाख, ३०
काठमाडौँ । कोलकोता नाइट राइडर्स इण्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा छनौट भएको छ । गएराती सम्पन्न खेलमा कोलकोताले मुम्बई इण्डियन्सलाई पराजित गरेसँगै प्लेअफमा आफ्नो स्थान पक्का गरेको हो । कोलकोताले मुम्बईलाई १८ रनले पराजित गरेको थियो ।
बर्षाले प्रभावित भएपछि १६-१६ ओभर खेलाइएको खेलमा कोलकोताले दिएको १५८ रनको लक्ष्य पछाएको मुम्बईले १६ ओभरमा ८ विकेट गुमाउदै १३९ रन बनाएको थियो । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको कोलकोताले १६ ओभरमा ७ विकेट गुमाउदै १५७ रन बनाएको थियो ।
यो जितपछि कोलकोताको १२ खेलमा १८ अंक भएको छ र प्लेअफमाया छनौट भएको छ । त्यसैगरी मुम्बई इण्डियन्सको भने यो नवौं हार हो । १३ खेलमा ८ अंक रहेको मुम्बई नवौं स्थानमा रहेको छ र मुम्बई प्लेअफको दौडबाट यसअघि नै बाहिरिएको छ ।
सम्बन्धित समाचार
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

