अर्थशास्त्री लरेन्स वोङ बने सिंगापुरको प्रधानमन्त्री
काठमाडौँ । अर्थशास्त्री लरेन्स वोङले सिंगापुरको चौथो प्रधानमन्त्रीका रुपमा शपथ ग्रहण गरेका छन् । ५१ वर्षीय वोङले ७२ वर्षीय पूर्वप्रधानमन्त्री ली सिएन लुङको स्थान लिएका हुन् । ली सिएन लुङ विगत दुई दशकदेखि सिंगापुरका प्रधानमन्त्री थिए ।
वोङ र लुङ दुवै सत्तारुढ पिपुल्स एक्सन पार्टी (पीएपी) का हुन् । विगत पाँच दशकदेखि सिंगापुरको आर्थिक प्रगतिलाई अगाडि बढाउनको लागि पिएपी जिम्मेवार रहेको छ । यसअघि वोङले सिंगापुरको उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका थिए । अब उनले प्रधानमन्त्री र अर्थमन्त्री भएर सरकारको नेतृत्व गर्नेछन् ।
यसअघि वोङले सिंगापुरको उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका थिए । अब उनले प्रधानमन्त्री र अर्थमन्त्री भएर सरकारको नेतृत्व गर्नेछन् । राष्ट्रपति थर्मन शान्मुगररत्नमले वोङलाई पद तथा गोपनियताको शपथ गराएका थिए ।
वोङले आफ्नो मन्त्रिपरिषद्मा ठूलो परिवर्तन नगर्ने संकेत गरेका छन् । सिंगापुरको निरन्तरता र स्थायित्वलाई उद्धृत गर्दै उनले अहिलेको अवस्थामा कुनै पनि अवरोधबाट जोगिन आवश्यक रहेको बताए । अब सबैको नजर सिङ्गापुरमा हुन लागेको आम चुनावमा छ । सिङ्गापुरमा नोभेम्बर २०२५ सम्ममा आम निर्वाचन हुने र त्यसपछि मात्रै मन्त्रिपरिषद्मा महत्वपूर्ण परिवर्तन हुने अपेक्षा गरिएको छ ।
वोङलाई अप्रिल २०२२ मा पिएपीको चौथो पुस्ताको नेताको रूपमा नाम दिइएको थियो । यसै क्रममा उनी उपप्रधानमन्त्री बनेका थिए । राजनीतिमा प्रवेश गर्नु अघि, लरेन्स वोङ १४ वर्षको लागि निजामती कर्मचारी थिए । सन् १९९७ मा उनले व्यापार तथा उद्योग मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । वोङको नेतृत्वमा रहेको सरकारले एसियालाई लगानी उत्पादन गर्ने केन्द्रको रूपमा स्थापित गर्न व्यापार सम्बन्धी नीतिहरूलाई निरन्तरता दिनेछ ।
सम्बन्धित समाचार
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
अन्तिम मतदाता नामावली सार्वजनिक, देशभर १ करोड ९० लाखभन्दा बढी मतदाता
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
सर्वदलीय बैठक सुरु, सहभागी नेताहरू को-को ?
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
