जेठ १२ देखि १८ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
यो साता मन खिन्न हुने स्थिति आउनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । सोमबारबाट सामाजिक कार्यमा रुचि जाग्नुका साथै सफल यात्राको योग पनि देखिन्छ । शुभ कार्यमा सहभागी भइएला । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
यो हप्ता नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । प्रेममा सफलता पनि प्राप्त हुनेछ । धर्म कर्म तथा समाजसेवामा मन लाग्नेछ । भोज भतेरमा सहभागिता हुने अवसर आउनेछ । साताको अन्त्यमा स्वास्थ्यको ख्याल गर्नु पर्नेछ । चुनौतीको सामना गर्नुपर्ला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
यो साता शुभ समाचार सुन्न पाइएला । वैदेशिक कार्य अघि बढ्नेछ । सामाजिक र राजनीतिक कार्यमा सफलता मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ । शेयर बजारको लगानीले साथ दिनेछ र नसोचेको ठाउँबाट धनागम हुन सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यो साता धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । नजिकको मित्रसँग भेटघाट पनि हुनेछ । रोकिएको धन हात पर्ला । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । साताको उत्तरार्धबाट आर्थिक कारोबारमा मन्दी आउनेछ । सामान हराउने योग पनि छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
यो साता महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । मनमा दुबिधा उत्पन्न हुनेछ । सोमबारबाट भने पुनर्मिलनको योग रहेको छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । आँटेको र ताकेको कार्य पुरा होला । नजिकका व्यक्तिबाट सहयोग मिल्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
यो हप्ता मन पर्ने व्यक्तिलाई सहयोग गर्न पनि पाइनेछ । नयाँ कार्यको अवसर मिल्नेछ । मनपर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ । धर्म कर्म तथा समाजसेवामा मन लाग्नेछ । व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
यो साता न्यायिक कार्यमा सफलता मिल्नेछ । अधुरो काम पूरा हुनसक्छ । मित्रसँग भेटघाट हुने योग छ । व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । साताको मध्यमा सरकारी निकायको भय रहला । नियमित खर्चसमेत बढ्ने योग छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
यो साता शुभकार्यको चर्चा चल्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुन सक्छ । परोपकारमा रुचि बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
यो साता अल्छि गर्नाले समस्या आउला । व्यस्तता बढ्नुका साथै सामान हराउन सक्छ । साताको अन्त्यमा दान पुण्यजस्ता कार्यमा सहभागी भइनेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । प्रेमसम्बन्ध बढेर जानेछ । शेयर बजार या पुँजी बजारले पनि साथ दिनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
यो साता कुनै कुराले मनमा शान्ति छाउनेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । पुनर्मिलनको विशेष योग रहेको छ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । प्रेम प्रस्तावपनि आउन सक्छ । मध्य सातबाट आफूलाई कमजोर भएको अनुभूति हुनेछ । गरेका काममा ढिलासुस्ती हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
यो साता शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । सामाजिक, धार्मिक कार्यमा रुचि बढ्नेछ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । घरमा अतिथिको आगमन हुनेछ । प्रेम जीवन सबल र सफल रहनेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
यो शिक्षामा सफलता मिल्नेछ । रमणीय र सुखद् यात्राको योग छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मनोरञ्जनको क्षेत्रमा सफलता मिल्नेछ । मनमा उत्साह र उमङ्ग छाउनेछ । पुनर्मिलनको योग रहेको छ । लाभदायक यात्रा पनि हुनेछ । (अधिक जानकारीका लागि 977-9849559502)
ज्योप. नारायणप्रसाद दुलाल
सम्बन्धित समाचार
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १ गते बिहीबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

