• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१० असार २०८३, बुधबार
१० असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १७ घण्टा 

बैंक कर्मचारीको बिदा व्यवस्थामा राष्ट्र बैंकको नयाँ प्रस्ताव, अनिवार्य बिदा सञ्चित गर्न नपाइने
  • १७ घण्टा 

१६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ
  • १८ घण्टा 

११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात
  • १९ घण्टा 

नक्कली गहनाले भाँडियो विवाह, बेहुलीबिनै जन्ती फर्कियो
  • २० घण्टा 

तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो, सतर्कता अपनाउन आग्रह
  • २० घण्टा 

बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने
  • २० घण्टा 

अब विश्वकपका इरानी खेलाडी दुई दिन अघि नै अमेरिका जान पाउने
  • २१ घण्टा 

वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?
  • २१ घण्टा 

लोकप्रिय समाचार

  • १. अकबरे खुर्सानीले फेरिएको भोजपुर : रित्तिँदै गएका गाउँमा फर्किएको जीवन

  • २. जोरपाटीमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, विश्वस्तरीय डिजाइन अब नजिकै

  • ३. ट्रिलियनियर बने लगत्तै मस्कले किने ६० बिलियनको कोडिङ कम्पनी

  • ४. यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी

  • ५. विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

  • ६. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ७. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • ८. आज देखी चिया उधोग र बगान अनिश्चितकालका लागि बन्द

  • ९. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • १०. २०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

अमेरिकामा राष्ट्रपतिको चुनाव जेलबाट लड्न मिल्छ ?

जानकारी केन्द्र २०८१, जेष्ठ, २०

काठमाडौँ । अमेरिकी राजनीतिमा डोनाल्ड ट्रम्प अपराधमा दोषी ठहरिने पहिलो पूर्व वा सेवारत अमेरिकी राष्ट्रपति बनेका छन्। न्यूयोर्कस्थित म्यानहट्टन अदालतले बिहीबार ट्रम्पलाई ३४ अपराधमा दोषी ठहर गरेको छ । अब यसको सजायको सुनुवाई जुलाई ११ मा हुने बताइएको छ ।

उनीहरुले त्यसको विरुद्धमा पुनरावेदन गर्न पाउने छन् र निर्णय यथावत रहेमा पनि उनीहरुलाई जरिवाना आदि लाग्ने उच्च सम्भावना छ । तर सबैभन्दा नराम्रो अवस्थामा, उनी जेलमा परे भने पनि ट्रम्प उम्मेद्वार रहन सक्छन् र जेलबाटै अमेरिकी राष्ट्रपतिको चुनाव लड्न सक्छन् ।

सजाय पाएका व्यक्तिले राष्ट्रपतिको चुनाव कसरी लड्न सक्छन् ?

जर्ज वाशिंगटन १७८९ मा अमेरिकाको पहिलो राष्ट्रपति बने, त्यसपछि राष्ट्रपति पदको उम्मेदवारीको लागि कानूनी योग्यताको नियम परिवर्तन भएको छैन । अमेरिकी राष्ट्रपतिको उम्मेदवारका लागि आवश्यक योग्यता भनेको उनीहरू अमेरिकामा जन्मिएको र निश्चित उमेर (३५ वर्षभन्दा माथि) भएको रहेको छ ।

गृहयुद्धपछि अमेरिकाविरुद्ध विद्रोहमा संलग्न व्यक्तिहरूलाई रोक्नको लागि १४ वर्षसम्म अमेरिकामा बसेको हुनुपर्ने नियम पनि लागू गरियो ।यद्यपि, सर्वोच्च अदालतले डोनाल्ड ट्रम्प विरुद्ध यो नियम प्रयोग गर्ने कुनै पनि सम्भावनालाई अस्वीकार गरेको छ । तर सजाय पाएका व्यक्तिलाई ह्वाइट हाउसको लागि उम्मेदवार बन्न कुनै बाधा हुने छैन ।

संविधान लेख्नेहरूले राष्ट्रपति को बन्ने भन्नेमा धेरै प्रतिबन्ध लगाएनन् र यही नीतिका कारण तीन जना उम्मेदवारले जेलबाटै राष्ट्रपतिको प्रचारप्रसार गरेका थिए । जसमध्ये युजीन डेब्स जेलमा हुँदा १९२० मा राष्ट्रपतिको दौडमा रहेका सबैभन्दा महत्त्वपूर्ण उम्मेद्वार थिए ।

उनी २०औं शताब्दीको प्रारम्भमा अमेरिकाको समाजवादी पार्टीको एक प्रमुख सदस्य बने । उनी सन् १९०४, १९०८, १९१२ र १९२० मा राष्ट्रपतिको उम्मेदवार बनेका थिए । उनी देशद्रोहको दोषी ठहरिए र अप्रिल १९१९ मा जेल पठाइयो । जेलमा रहँदा उनले अर्को वर्ष चुनाव लडेका थिए ।

लिन्डन लारोचेले पनि जेलमै रहेका बेला राष्ट्रपतिको उम्मेदवार बनेका थिए । १९७६ देखि २००८ सम्म, उनको नाम प्रत्येक चुनावमा मतपत्रमा लोकतान्त्रिक वा कुनै अन्य पार्टीको उम्मेदवारको रूपमा देखा पर्यो ।

१९८९ मा उनी मेल धोखाधडीको दोषी ठहरिए र १५ वर्षको जेल सजाय पाए । त्यसपछि १९९२ को चुनाव आयो र उनी उम्मेदवार बने । उनले २७ हजार मत पाएका थिए । पछि उनको सजाय घट्यो र उनी पनि १९९४ मा जेलबाट रिहा भए । त्यसपछि उनले सन् १९९६, २०००, २००४ र २००८ को राष्ट्रपतीय निर्वाचनमा पनि भाग लिए ।

त्यस्तै जोसेफ स्मिथले पनि जेलबाट राष्ट्रपतिको चुनाव लडेका थिए । उनी जेलमै रहेको बेला सन् १८४४ को चुनावमा सुधार पार्टीका उम्मेदवार थिए । पार्टीले बहुविवाहलाई बढावा दिएको थियो र स्मिथको विचारलाई प्रचार गरेको थियो । उनका २० श्रीमती रहेको बताइन्छ । जोसेफ माल्डोनाडो-प्यासेजले पनि आगामी  नोभेम्बरमा हुने निर्वाचनमा लड्ने घोषणा गरेका छन्।

२०२० मा, नेटफ्लिक्स डकुमेन्ट्री ‘टाइगर किंग’का स्टार र जोए एक्सोटिक भनेर चिनिने जोसेफले डेमोक्रेटका रूपमा चुनाव लड्ने इच्छा व्यक्त गरेका थिए । उनी पशु क्रूरता र प्रतिद्वन्द्वी चिडियाखाना मालिकको हत्या गर्ने षड्यन्त्रको आरोपमा २० वर्षको जेल सजाय काटिरहेका छन् । उनी चुनावमा उम्मेदवार बनेमा अहिलेसम्म जेलबाट चुनाव लड्ने चौथो उम्मेदवार हुने छन् ।

अब ट्रम्पले उनी दोषी ठहरिएको आरोपमा जेल सजाय भएमा जेलबाट चुनाव लड्ने अहिलेसम्मकै सबैभन्दा महत्वपूर्ण व्यक्ति हुनसक्छन् । उनी जेलमा नपरे पनि ध्रुवीकृत राष्ट्रको आधा भागका लागि सजाय पाएको उम्मेदवार भने हुनेछन् । उनको दल रिपब्लिकनका धेरै जस्तो मतदाता ट्रम्प जेल नपरेपनि उनलाई मत दिने या नदिने विषयमा विभाजित हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात
तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो, सतर्कता अपनाउन आग्रह
बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने

ताजा

२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

बैंक कर्मचारीको बिदा व्यवस्थामा राष्ट्र बैंकको नयाँ प्रस्ताव, अनिवार्य बिदा सञ्चित गर्न नपाइने

१६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.