नेपालमा फोटन हाई रुफ १५ सिटर बिद्युतिय माइक्रो भ्यानको मूल्य सहित संर्पुण जानकारी
काठमान्डौ । पछिल्लो समयमा नेपालमा दिन प्रतिदिन विभिन्न प्रयोजनका बिद्युतिय सवारी साधन भित्रिने क्रम बढ्दो नै रहेको छ । यसै संन्दर्भमा नेपालमा विभिन्न प्रयोजनका लागी प्रयोगमा आउने बिद्युतिय सवारी साधनको आयात तथा बिक्रिवितरण गर्दै आएको फोटनको लागि आधिकारिक वितरक एम ए डब्लु वृद्विले ले व्यपारीक प्रयोजनका लागी प्रयोगमा आउने प्रख्यात फोटन हाई रुफ ब्राण्डको १५ सिटर बिद्युतिय माइक्रो नेपालमा पनि बिक्रिवितरण सुरु गरि सकेको बताएको छ । चिनियाँ कम्पनी फोटनका नेपालमा ट्युनल्याण्ड पिकअप ट्रक, स्कुल भ्यान, एम्बुलेन्स, व्यावसायिक सवारीसाधन लगायतका विभिन्न सवारी साधनहरु रहेका छन् ।
जस मध्ये नेपालमा फोटनले भित्राएको इलेक्ट्रिक माइक्रो भ्यान हाइ रुफमा सीएटीएल ब्याट्री रहेको छ भने डिजेल भन्दा दोब्बर वारेन्टीको दावी गर्दै व्याट्रीमा ५ वर्ष वा ३ लाख कि.मी. वारेन्टि सहित विक्रि सुरु गरिएको उक्त बिद्युतिय माइक्रो भ्यानले कम्पनीका अनुसार एक फुल चार्जमा २ सय ३५ कि.मी. रेञ्ज दिनुका साथै उक्त भ्यानमा १ सय ६३ एम एम ग्राउण्ड किल्यरेन्स रहेको छ । उक्त भ्यानको ग्रस वोएट ३ हजार १ सय ५० के जी रहेको छ । ब्रेकको कुरा गर्नु पर्दा फ्रन्ट डिस्क र रियर ड्रम ब्रेक रहेको छ ।
फोटन इलेक्ट्रिक माइक्रो भ्यान हाइ रुफमा मोटरको कुरा गर्नु पर्दा परमानेट म्याग्नेट सिंक्रोनस मोटर रहनुका साथै म्याक्सिमम पावर ८५ के.जी. रहेको छ भने म्याक्सिमम र्टक २ सय ९० एनएम पाईन्छ । यस्तै १५ सिटिंग क्यापसिटी रहेको फोटन हाई रुफ ब्राण्डको माइक्रो भ्यानमा ५०.२३ किलोवाटको ब्याट्री रहेको छ भने चार्जिगं टाइम १ घण्टा ५ मिनेट डिसि फास्ट चार्ज र ७ घण्टा ५ मिनेट एसि स्लो चार्जमा गर्न सकिने बताइएको छ । फोटन हाई रुफ ब्राण्डको १५ सिटर बिद्युतिय माइक्रोको मूल्य ५६ लाख ५० हजार रहेको छ भने नजिकको डिलरमा गएर टेष्ट ड्राइभ गर्न सकिने सुबिधा सहित एक्सचेञ्ज,फाइनान्स लगायतका सेवा सुविधाको साथै कुनै पनि जिज्ञासाको सामधान प्राप्त गर्न सकिने व्यवस्था कम्पनीले मिलाएको बताएको छ।
यस्तै गरेर उक्त फोटन ब्राण्डको १५ सिटर बिद्युतिय माइक्रो भ्यानमा ३ हजार ५० एम एम हिवल बेस रहेको छ भने लम्बाई ५ हजार ३ सय २० एम एम, चौडाई १ हजार ६ सय ९५ एम एम र १ हजार ९ सय ९० एमएम उचाई रहेको छ । उक्त फोटन हाई रुफ ब्राण्डको १५ सिटर बिद्युतिय माइक्रो भ्यान नेपाली बजारमा उपयुक्त रहनुको साथै प्रयोगकर्ता तथा व्यवसायीहरुको सुबिधालाइ मध्यनजर गरेर लामो अध्यान अनुसन्धान पश्चात नेपालको भुगोल, वातावरण अनुसार उपयुक्त रहेको दावी सहित नेपालमा उक्त माइक्रो भ्यान भित्राएको कम्पनीले बताएको छ ।
फोटन हाई रुफ १५ सिटर बिद्युतिय माइक्रो भ्यानमा रिभर्सिङ राडार, डोर अनकोज र्वानिङ ,अनप्लक कि अलाराम डिभाइस,अल डोर सेन्टल लक स्टिम लगायतका फिचरले कर्नफट का साथै सेफ्टीको लागी पनि उपयुक्त रहेको दावी कम्पनीको रहेको छ ।
सम्बन्धित समाचार
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
