एनएमके ३ लुयान इलेक्ट्रिक स्कुटर यस्ता छन् फिचर
काठमान्डौ । लुयान इलेक्ट्रिक स्कुटर नेपालको लागि आधिकारिक वितरक जीरो इमिसन राइड एन ले नेपालमा भित्राएको छ । जीरो इमिसन राइड एन ले गुणस्तरीय बिद्युतीय सवारी साधनहरु उपलब्ध गराएर वातावरण परिवर्तन गर्नमा केन्द्रित लुयान बिद्युतीय सवारी साधनहरुको एकमात्र आयातकर्ता रहेको छ । नेपालमा इन्धनको मूल्यमा उतार चढाव आए सँगै विद्युतीय स्कुटरको बजारमा पनि दिनप्रतिदिन वृदि भइरहेको छ । लुयान ब्रान्डका स्कुटरमा लिक्विड कुल्ड मोटर प्रयोग गरिएको हुन्छ । जसका कारण स्कुटरको तान्ने क्षमतामा वृद्धि हुनुका साथै मोटरको आयु पनि अन्य सामान्य मोटर भन्दा बढी हुने कम्पनीले दावी गरेको छ ।
इलेक्ट्रिक वाहन उद्योगबाट सुरु भएको ब्रान्डको रूपमा, लुयानको पदचिह्नले ठूलो मात्रामा सम्पूर्ण सवारी साधन उद्योगको विकास प्रक्रियालाई प्रतिनिधित्व गर्दछ। यसै सन्दर्भमा नेपालमा उपलब्ध एनएमके ३ इलेक्ट्रिक स्कुटर लाइ फुल र्चाज गर्न नर्मलबाट ६ देखि ८ घण्टा लाग्छ भने फास्ट चार्जबाट ३ देखि ५ घण्टा लाग्छ । बिद्युतीय स्कुटरमा १ सय ५५ एम एम क्लासिक क्लियरेन्स ब्याक रेस्टका साथै ७५ देखी १ सय कि मी रेञ्ज रहेको कम्पनीको दावी छ ।
यस स्कुटरमा १ हजार ५०० वाट रेटेड मोटर पावर रहेको छ भने २ हजार ८०० वाटको पीक मोटर पावर पाउन सकिने जनाइएको छ । ब्याट्री क्यापसिटी ३२ एम्पियर , ७२ भोल्ट रहनुका साथै लीड एसिड ,लिथियम– आयन ब्याट्री/७२ भोल्ड ३५ एम्पियर ग्राफिन ब्याट्री रहेको छ । कन्ट्रोलर ७२ भि/५० ए रहेको छ भने मोडल नम्बर एल वाइ १२००डी क्यु टी–१६ एफ रहेको पाइन्छ ।
उक्त स्कुटरको लम्बाई १ हजार ८ सय २५ एम एम, त्यस्तै चौडाई ७ सय २३ एम एम का साथै उचाई १ हजार ८९ एम एम रहेको छ । स्पीड ४०/४५कि मी प्रतिघण्टा ६०/६५कि मी प्रतिघण्टा वैकल्पिकमा रहेको बताइएको छ । एनएमके ३ स्कुटरमा ब्रेकको कुरा गर्नु पर्दा फ्रन्टमा डिस्क ब्रेक र रीयरमा ड्रम ब्रेक रहेको छ । लाइट डिस्प्ले मा एलईडी लाइट /एलसीडी डिस्प्ले रहेको पाइन्छ । उक्त स्कुटरमा रिमोट कन्ट्रोल एन्टी थेफ्ट अलाराम ,चाइल्ड लक , व्हील लक रहेको छ भने मोबाइल र्चाजिङ युएसबि पोर्ट रहेको जनाइएको छ ।
लुयान इलेक्ट्रिक स्कुटरमा व्हीलबेसको कुरा गर्नु पर्दा १ हजार ३ सय ३० एमएम व्हीलबेस रहनुका साथै क्लामबिङ एबिलिटी १३ ओ रहेको छ भने उक्त स्कुटरको वोएट ब्याट्रीसहित १ सय २३ के जी रहेको छ। लुयान इलेक्ट्रिक स्कुटरमा १ सय ५५ एम एम ग्राउन्ड क्लियरेन्स रहेको कम्पनीले बताएको छ । ७२ भोल्ट३५ एम्पियर ग्राफिन ब्याट्री भएको स्कुटरको मुल्य १ लाख ८७ हजार २०० रहेको छ भने यसैमा ७२ भोल्ट ३२ एम्पियर लिथियम ब्याट्री भएको स्कुटरको मुल्य २ लाख ५० हजार रहेको छ ।
लुयानका स्कुटरहरुमा रन फ्ल्याट टायरको प्रयोग गरिएको र टायर पन्चर भएर त्यसमा हावा कत्ति नभए पनि करिब ४० देखि ५० किलोमिटर सम्म चलाउँदा पनि रिम र टायरमा असर पर्दैन भने लुयानका स्कुटरहरु आईपि ६७ रेटेड वाटर एण्ड डस्ट रेसिस्टेन्स भएकाले जस्तो सुकै बर्षामा पनि चलाउन मिल्ने कम्पनीको दाबी छ । लुयानका स्कुटरहरुमा ओरालोमा चलाउँदा आफै ब्याट्री चार्ज हुने रिजेनरेटिभ ब्रेकिङ लगायत अत्याधुनिक प्रविधियुक्त कम्पोनेन्ट तथा फङसनहरुको प्रयोग भएको हुनाले पनि विश्वबजारमा जस्तै नेपालमा पनि यसको विश्वास बढ्दै गइरहेको कम्पनीले बताएको छ ।
सम्बन्धित समाचार
प्रोटोनद्वारा नेपाललाई करीब २ लाख रिङ्गिट बराबरका ड्रोन सहयोग
नेपालका बाढी प्रभावित परिवारको सहयोगमा एकजुट बन्यो यामाहा परिवार
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने

