लुयानको एस ९० मोडेल इलेक्ट्रिक स्कुटर ,यस्ता छन् फिचर
काठमान्डौैं । नेपालमा बिधुतीय दुई पाँग्रे सवारी साधन दिन प्रतिदिन भित्रिने क्रम बढ्रदो नै रहेको छ । यसै क्रममा नेपालमा जीरो इमिसन राइड एनले बिक्रिवितरण गदै आएको लुयान कम्पनीको बिधुतीय दुई पाँग्रे सवारी साधन मध्ये एस ९० मोडेल पनि एक रहेको छ । नेपालमा इन्धनको मूल्यमा उतार चढाव आए सँगै विद्युतीय स्कुटरको बजारमा पनि दिनप्रतिदिन वृदि भइरहेको छ ।
नेपालमा लुयान कम्पनीका बिधुतीय दुई पाँग्रे सवारी साधनको आयात तथा बिक्रिवितरण गदै आएको जीरो इमिसन राइड एनले भित्राएको लुयान एस ९० मोडेलको स्कुटरमा २ हजार५ सय वाटको पिक मोटर पावर रहेको छ भने रेटेड मोटर पावर १ हजार २ सय वाट ओइल कूलिंग मोटर रहेको पाइन्छ ।
उक्त स्कुटरमा ७२ भोल्ट ३५ एम्पियरको ग्राफिन ब्याट्री रहेको छ भने कन्ट्रोलर ७२ भोल्ट ४५ एम्पियर एन एफ सी सेन्सर रहेको बताइएको छ । लुयानको एस ९० मोडेलको इलेक्ट्रिक स्कुटरमा रेञ्जको कुरा गर्नुपर्दा एक पटकको फुल चार्जमा १०० देखि अधिकतम १ सय २० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ।
एस ९० मोडेलको बिधुतीय स्कुटरमा एन्टिथेप्ट अलार्म,चाएल्ड लक, ७ इन्चको डिजिटल डिस्प्ले, एलइडि हेड लाइट, डिआरएल लगायतका फिचर रहेका छन् । उक्त स्कुटर लाइ फुल र्चाज गर्न ५ देखि ६ घण्टा लाग्छ । बिधुतीय स्कुटरमा १ सय ७० एम एम क्लासिक क्लियरेन्स ब्याक रेस्ट रहनुका साथै १ हजार ३ सय ३० एमएम व्हीलबेस पाउन सकिन्छ ।
एस ९० स्कुटरमा ब्रेकको कुरा गर्नु पर्दा फ्रन्ट र रीयरमा लिंकेज डिस्क ब्रेक रहेको छ । उक्त स्कुटरमा सिटमुनी ३२ लिटरको निक्कै ठुलो वुटस्पेस रहेको छ । जसमा ठुलो हेलमेट राखेर पनि अन्य सामानहरु सजिलै अटाउन सकिन्छ ।
नेपाली बजारमा लुयानको एस ९० मोडेलको इलेक्ट्रिक स्कुटरको मुल्य रु. २ लाख ६ हजार १ सय रहेको जनाइएको छ । कम्पनीले एक्स्चेन्ज तथा फाइनान्सको पनि सुविधा रहेको बताएको छ । आइपि ६७ रेटेड वाटर तथा डस्ट प्रुफ यो स्कुटरलाई जस्तोसुकै मुसलधारे पानी पर्दा पनि चलाउन सकिन्छ । यसमा एनएफसी सिस्टम भएकाले चावी विना मोवाइलको माध्यमबाट मात्रै पनि अन अथवा अफ गर्नसकिन्छ । एस ९० मोडेलको बिधुतीय स्कुटर सुरक्षाको दृष्टिले निक्कै सुरक्षित रहेको कम्पनीले जनाएको छ।
उक्त स्कुटरको लम्बाई १ हजार ८ सय १५ एम एम, त्यस्तै चौडाई ७ सय १० एम एम का साथै उचाई १ हजार १ सय ४८ एम एम रहेको छ । ६० किलोमिटर प्रति घण्टा (३स्पिड मोड) स्पिड रहेको पाइन्छ । क्लामबिङ एबिलिटी १२ ओ रहेको छ ।
उक्त स्कुटरको वोएट ब्याट्रीसहित १ सय १२ के जी रहेको छ। ९० मोडेलको स्कुटरमा रिजेनेरेटिभ ब्रेकिङ्ग सिस्टम भएकाले यसले ओरालोमा ब्रेक लिँदा आफै ब्याट्री चार्ज हुने कम्पनीको दाबी छ । यसमा १२ इन्चको व्हिलमा दुवै टायर भएकाले १७० एमएमको अग्लो ग्राउण्ड क्लियरेन्स पाउन सकिने कम्पनीले बताइएको छ ।
सम्बन्धित समाचार
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
