चार सहिदको नाममा कार्यक्रम गरौं भन्दा कांग्रेस–एमालेका नेताहरुले नगरसभा रोकेको बालेनको आरोप
काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले चार सहिदहरुको नाममा कार्यक्रम गरौंभन्दा एमाले–कांग्रेसका नेताहरुले नगरसभा रोकेको आरोप लगाएका छन् । एमाले–कांग्रेसले वीपी र मदन भण्डारीको नाममा करोडौंको कार्यक्रम गर्न प्रस्ताव राखेको उनको भनाइ छ । आफूले मदन–बीपी भन्दा चार स्वतन्त्र सेनानी सहिदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा कार्यक्रम गरौं भन्दा नगरसभा रोकिएको बताएका छन् ।
काठमाडौं महानगरको नगरसभा बैठक आजलाई आह्वान गरिएको थियो । राजनीतिक दलबाट निर्वाचित वडा अध्यक्ष र नगर प्रमुख शाहबीच बढ्दो असमझदारीले आजको बैठक रोकिएको बताइएको छ ।
यद्यपि, बालेनले भने कांग्रेस–एमालेका नेताहरुलाई दोष थुपार्दै भनेका छन्, ‘एमाले काङ्ग्रेसले बिपि कोइराला, मदन भण्डारीको नाममा करोडौँको कार्यक्रम गरौँ भन्नु भयो । मैले चार स्वतन्त्र सेनानी सहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ भनेँ । सायद काङ्ग्रेस एमालेलाई नेपालको क्रान्तीमा उहाँहरुभन्दा धेरै काङ्ग्रेस एमालेको नेताहरूको योगदान धेरै देख्नु भयो होला । त्यसपछी आज बस्ने नगरसभा बैठक रोकेर जानुभयो ।’
सम्बन्धित समाचार
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
अन्तिम मतदाता नामावली सार्वजनिक, देशभर १ करोड ९० लाखभन्दा बढी मतदाता
सर्वदलीय बैठक सुरु, सहभागी नेताहरू को-को ?
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
५० प्रतिशत प्रगति भएका अधुरा आयोजना अब म्याद थप्न पाइने, सरकारले ल्यायो नयाँ व्यवस्था
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
