Jankari Kendra
२३ भाद्र २०८३, मंगलवार
Worldlink

ओली आज विहानै बालुवाटार जाने, त्यसपछि एमाले मन्त्रीहरुले राजीनामा दिने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, असार, १९
ओली आज विहानै बालुवाटार जाने, त्यसपछि एमाले मन्त्रीहरुले राजीनामा दिने

काठमाडौं। नेकपा (एमाले) ले कांग्रेससँग सत्ता सहकार्य गर्ने टुँगो लागेको छ । कांग्रेस र एमाले नेतृत्वबीच सत्ता सहकार्यको सहमतिमा हस्ताक्षर भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकार ढल्ने निश्चित् भएको छ । कांग्रेस र एमालेबीच भएको सहमतिअनुसार अब बन्ने सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।

सोमबार राति अबेर दुई दलबीच सहमतिपत्रमा हस्ताक्षर भएको थियो । सोमबार राति नै दुवै दलका नेताहरुले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका थिए । उनी रातको १ बजेसम्म शितलनिवासमा बसेर नयाँ सरकार गठनको प्रक्रियाबारे विमर्श गरेका थिए । राष्ट्रपति पौडेलले अर्को सरकारको आह्वान संविधानको धारा ७६ (२) अनुसार नगरेर धारा ७६ (३) अनुसार गर्ने हुन् कि भन्ने आशंका एमाले नेताहरुले पालेकाले दुवै दलका नेताहरुले सोमबार राति १ बजेसम्म शितलनिवासमा गम्भीर छलफल गरेका हुन् ।

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच सत्ता सहकार्यबारे सोमबार नै ओलीनिकट व्यवसायी पाइलट रामेश्वर थापाको चपली हाईटस्थित् निवासमा सहमति भएपनि उक्त सहमतिपत्र आज मंगलबारमात्रै सार्वजनिक गरिने कांग्रेस एक नेताले जानकारी दिए ।

मंगलबार विहानै एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेर नयाँ राजनीतिक परिस्थितिको बारेमा जानकारी गराउने बुझिएको छ । बालुवाटारमा दाहालसँगको भेटवार्तापछि ओलीले अहिले सरकारमा रहेका आफ्ना मन्त्रीहरुलाई राजीनामा दिन लगाउने छन् ।

Top Changing Nepal

युट्युब सट्स