ओली आज विहानै बालुवाटार जाने, त्यसपछि एमाले मन्त्रीहरुले राजीनामा दिने
काठमाडौं। नेकपा (एमाले) ले कांग्रेससँग सत्ता सहकार्य गर्ने टुँगो लागेको छ । कांग्रेस र एमाले नेतृत्वबीच सत्ता सहकार्यको सहमतिमा हस्ताक्षर भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकार ढल्ने निश्चित् भएको छ । कांग्रेस र एमालेबीच भएको सहमतिअनुसार अब बन्ने सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।
सोमबार राति अबेर दुई दलबीच सहमतिपत्रमा हस्ताक्षर भएको थियो । सोमबार राति नै दुवै दलका नेताहरुले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका थिए । उनी रातको १ बजेसम्म शितलनिवासमा बसेर नयाँ सरकार गठनको प्रक्रियाबारे विमर्श गरेका थिए । राष्ट्रपति पौडेलले अर्को सरकारको आह्वान संविधानको धारा ७६ (२) अनुसार नगरेर धारा ७६ (३) अनुसार गर्ने हुन् कि भन्ने आशंका एमाले नेताहरुले पालेकाले दुवै दलका नेताहरुले सोमबार राति १ बजेसम्म शितलनिवासमा गम्भीर छलफल गरेका हुन् ।
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच सत्ता सहकार्यबारे सोमबार नै ओलीनिकट व्यवसायी पाइलट रामेश्वर थापाको चपली हाईटस्थित् निवासमा सहमति भएपनि उक्त सहमतिपत्र आज मंगलबारमात्रै सार्वजनिक गरिने कांग्रेस एक नेताले जानकारी दिए ।
मंगलबार विहानै एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेर नयाँ राजनीतिक परिस्थितिको बारेमा जानकारी गराउने बुझिएको छ । बालुवाटारमा दाहालसँगको भेटवार्तापछि ओलीले अहिले सरकारमा रहेका आफ्ना मन्त्रीहरुलाई राजीनामा दिन लगाउने छन् ।
सम्बन्धित समाचार
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
अन्तिम मतदाता नामावली सार्वजनिक, देशभर १ करोड ९० लाखभन्दा बढी मतदाता
सर्वदलीय बैठक सुरु, सहभागी नेताहरू को-को ?
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
५० प्रतिशत प्रगति भएका अधुरा आयोजना अब म्याद थप्न पाइने, सरकारले ल्यायो नयाँ व्यवस्था
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
