Jankari Kendra
१० श्रावण २०८३, आईतवार

बजाज डोमिनार ४०० बाइक नेपालमा, यस्ता छन् फिचर

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८१, असार, ३२
बजाज डोमिनार ४०० बाइक नेपालमा, यस्ता छन् फिचर

काठमान्डौ । बजाजको लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले नेपालमा बजाज डोमिनार ४०० बाइक भित्राएको छ । बजाज डोमिनार ४०० बाइकको मुल्य ६ लाख ९ हजार ९ सय रहेको छ । उक्त बाइकमा इन्जिन टाइप सिङगल सिलिन्डर,४ स्ट्रोक ,४ भल्क , लिक्विड कोल्ड, ट्रिपल स्पार्क, एफ एल रहेको कम्पनीले बताएको छ । बजाज डोमिनार ४०० बाईकको लम्बाई २ हजार १ सय ५६ एम एम ,चौडाई ८ सय ३६ एम एम र १ हजार २ सय ४३ एम एम उचाई रहेको कम्पनीले जनाएको छ ।

उक्त बाइकमा ग्राउन्ड क्लियरेन्सको कुरा गर्नु पर्दा १ सय ५६ एमएम रहनुका साथै व्हीलबेस १ हजार ४ सय ५३ एमएम रहेको छ । बजाज डोमिनार ४०० बाईकमा कर्व वोएट १ सय ९३ के जी रहेको पाइन्छ । फ्युल क्यापासिटी १३ लिटर रहेको छ भने इन्जिन क्षमता ३ सय ३७.३ सिसि रहेको छ । बजाज डोमिनार ४०० बाईकको म्याक्सिमम पावर २९.४ किलो वाट ९४०० पि यस ८ हजार ८ सय आरपियम रहनुका साथै म्याक्सिमम टर्क ३५ एनएम ६ हजार ५०० आरपीएम रहेको पाइन्छ ।

बजाज डोमिनार ४०० बाईकमा ट्रिपल स्पार्क लिक्विड-कूल्ड एफआई इन्जिन,फुल एलईडी हेडल्याम्प, अप-साइड डाउन फ्रन्ट फोर्क्स, डुअल डिस्क ब्रेक, डुअल-च्यानल एबीएस, असिस्ट र स्लिपर क्लच, सोलिड स्ट्याम्प्ड पेरिमिटर फ्रेम, डायमण्ड-कट आलोइन ह्वील, स्टाइलिश कास्ट एल्युमिनियम मिरर लगायतका फिचर रहेको कम्पनीले बताएको छ ।

डोमिनार ४०० बाइकमा ब्याट्रीको कुरा गर्दा १२ भोल्ट,८ एम्पियर भि आर एल ए रहेको पाइन्छ । उक्त बाइक ग्रीन र ब्लाक कलरमा उपलब्ध रहेको छ । बजाज डोमिनार ४०० बाईकको अगाडिको टायर ११०/७०-१७ रेडियल टायर रहनुका साथै पछाडिको टायर १५०/६०-१७ रेडियल टायर रहेको छ ।

उक्त बाइकमा ब्रेकको कुरा गर्नु फ्रन्ट ब्रेकमा एबिएस,३२० एमएम डिस्क ब्रेक रहनुका साथै रियर ब्रेकमा एबिएस,२३० एमएम डिस्क ब्रेक रहेको छ । बजाज डोमिनार ४०० बाईकमा ६ स्पिडको गियरबक्स पाइन्छ । उक्त बाइकमा चेसिस र सस्पेन्सन् बिम टाइप पेरिमिटर फ्रेम पाउनुका साथै फ्रन्ट सस्पेन्सन्मा टेलिस्कोपिक, ४३ एमएम युएसडि फोर्क, रहनुका साथै रीयर सस्पेन्सन्मा मल्टि–स्टेप एजस्टेवल मोनो सक्स नाइट्रोक्स ,व्हील स्ट्रोक ११० एमएम रहेको कम्पनीले बताएको छ ।

बाइककोे क्लच वेट, असिस्ट र स्लिपर क्लचको साथ मल्टिप्लेट रहेको बताइएको छ । बजाज डोमिनार ४०० बाइकमा स्पीडोमिटर डिजिटल स्प्लिट कन्सोल रहनुका साथै हेडल्याम्प फुल एलईडी अटो हेडल्याम्प अन (एएचओ) रहेको पाइन्छ । उक्त बाइकमा सिट हाइटको कुरा गर्नु पर्दा ८ सय एमएम को सिट हाइट रहेको छ। गियर इन्डीकेटर र ट्रिप इन्डीकेटर उक्त बाइकमा रहेको कम्पनीले जनाएको छ ।

युट्युब सट्स