अभिनेत्री जान्हवी कपूरलाई फुड प्वाइजन, मुम्बईस्थित अस्पतालमा भर्ना
बलिउड अभिनेत्री जान्हवी कपूरलाई फुड प्वाइजन भएको छ । फुड प्वाइजन भएपछि जान्ह्वी मुम्बईस्थित एक अस्पतालमा भर्ना भएको उनका पिता बोनी कपुरले जानकारी दिएका छन् ।
एनडीटीभीसँग कुरा गर्दै बोनी कपूरले जान्हवीको अवस्था अहिले राम्रो भएको र एक–दुई दिनमा निको हुने बताएका हुन् । जान्हवीको स्वास्थ्य विगत केही दिनदेखि ठिक नभएपछि उनलाई बिहीबार अस्पताल भर्ना गरिएको थियो । जान्हवी हालै अनन्त अम्बानी र राधिकाको विवाहमा सहभागी भएकी थिइन् ।
जान्हवीको आगामी फिल्म उलझ हो । यो फिल्म अगस्त २ गते रिलिज हुँदैछ । जान्हवी यस फिल्ममा आईएफएस अफिसरको भूमिकामा देखिनेछिन् । चलचित्रका निर्देशक राष्ट्रिय अवार्ड विजेता सुधांशु सारिया हुन् । चलचित्रलाई जंगली पिक्चर्सले निर्माण गरेको हो ।
फिल्ममा जान्हवीका अलावा गुलशन देवैया र रोशन म्याथ्यू पनि देखिनेछन् । ‘उलझ’ बाहेक, जान्हवीसँग उनको किट्टीमा दुईवटा फिल्महरू छन् जसमा जुनियर एनटीआरसँग देवरा पार्ट वन र सनी संस्कारीको तुलसी कुमारी समावेश छ ।
सम्बन्धित समाचार
सेतो चिनीले साँच्चै बढाउँछ त डाइबिटिज ? जान्नुहोस वास्तविकता
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

