अभिनेत्री जान्हवी कपूरलाई फुड प्वाइजन, मुम्बईस्थित अस्पतालमा भर्ना
बलिउड अभिनेत्री जान्हवी कपूरलाई फुड प्वाइजन भएको छ । फुड प्वाइजन भएपछि जान्ह्वी मुम्बईस्थित एक अस्पतालमा भर्ना भएको उनका पिता बोनी कपुरले जानकारी दिएका छन् ।
एनडीटीभीसँग कुरा गर्दै बोनी कपूरले जान्हवीको अवस्था अहिले राम्रो भएको र एक–दुई दिनमा निको हुने बताएका हुन् । जान्हवीको स्वास्थ्य विगत केही दिनदेखि ठिक नभएपछि उनलाई बिहीबार अस्पताल भर्ना गरिएको थियो । जान्हवी हालै अनन्त अम्बानी र राधिकाको विवाहमा सहभागी भएकी थिइन् ।
जान्हवीको आगामी फिल्म उलझ हो । यो फिल्म अगस्त २ गते रिलिज हुँदैछ । जान्हवी यस फिल्ममा आईएफएस अफिसरको भूमिकामा देखिनेछिन् । चलचित्रका निर्देशक राष्ट्रिय अवार्ड विजेता सुधांशु सारिया हुन् । चलचित्रलाई जंगली पिक्चर्सले निर्माण गरेको हो ।
फिल्ममा जान्हवीका अलावा गुलशन देवैया र रोशन म्याथ्यू पनि देखिनेछन् । ‘उलझ’ बाहेक, जान्हवीसँग उनको किट्टीमा दुईवटा फिल्महरू छन् जसमा जुनियर एनटीआरसँग देवरा पार्ट वन र सनी संस्कारीको तुलसी कुमारी समावेश छ ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर
सेतो चिनीले साँच्चै बढाउँछ त डाइबिटिज ? जान्नुहोस वास्तविकता
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
