दीपेन्द्रको टी-२० वरियतामा सुधार, नेपाली खेलाडी को कति औं स्थानमा ?
काठमाडौं । नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले वरीयता सुधार गरेका छन् । आईसीसीले ३० जुलाइमा अद्यावधिक गरेको विवरण अनुसार ऐरीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको वरीयता एक स्थान सुधार गरेका हुन् ।
यसअघि आठौं स्थानमा रहेका ऐरी अब सातौं स्थानमा चढेका हुन् । अलराउन्डरतर्फ अष्ट्रेलियाका मार्कस स्टोयनिस पहिलो स्थानमा हुँदा जिम्बावेका सिकन्दर राजा दोस्रो र बंगलादेशका सकीब अल हसन तेस्रो स्थानमा रहेका छ ।
श्रीलंकाका वानिन्दु हसरंगा चौथो र अफगानिस्तानका मोहम्मद नाबी छैटौं स्थानमा छन् । टी-२० को ब्याटरको वरीयतामा पनि ऐरीले ५०२ अंकसहित एक स्थान सुधार गर्दै ४४ औं स्थानमा उक्लिएका छन् । ब्याटिङतर्फ नै कप्तान रोहित पौडेल ६० औं, आशिफ शेख ७१ औं स्थानमा छन् ।
ब्याटिङतर्फ पहिलो स्थानमा अष्ट्रेलियाका ट्राभिस हेड रहेका छन् । बलिङतर्फ सोमपाल कामी एक स्थान सुधार गर्दै ९३ औं स्थानमा आउँदा दीपेन्द्रसिंह ऐरी २ स्थान सुधार गर्दै ९७औं स्थानमा रहेका छन् ।
सम्बन्धित समाचार
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौं ९ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल


