एइ ४ : जिहोको उत्कृष्ट इलेक्ट्रिक स्कुटर अब नेपालमा
काठमाडौं । नवीनतम इलेक्ट्रिक स्कुटरमा अग्रणी,जिहोले एइ ४ इलेक्ट्रिक स्कुटर नेपालमा सार्वजनिक गर्न पाउँदा अत्यन्तै उत्साहित रहेको बताएको छ । यो नयाँ मोडेलले स्मार्ट प्रविधि, उच्च पर्फर्मेन्स र दैनिक सहजताको अद्भुत संयोजन प्रदान गर्दै यात्रा अनुभवलाई सुधार गर्ने लक्ष्य राखेको छ । ऋषि ट्रेड सेन्टर मार्फत उपलब्ध, एइ ४ ले शहरी जीवनलाई वातावरणमैत्री ढंगले पनि सहज बनाउने छ ।
दक्षताको लागि डिजाइन
एइ ४ को ३.० किलोवाट मोटरले यात्राका लागि उपयुक्त शक्ति प्रदान गर्दै + ६५ किमी÷घण्टा को गति पु¥याउन सक्छ । यसको ३१ लिटरको भण्डारण क्षमता र फराकिलो एक्सल सिटले यसलाई सहज र व्यावहारिक बनाउँछ, जसले व्यस्त जीवनमा आवश्यक आराम प्रदान गर्दछ ।
सुरक्षा र नविनतम प्रविधिको मेल
सुरक्षालाई प्राथमिकता दिँदै, एइ ४ मा रहेको एबियस र इटिसीयस ले विभिन्न सडक अवस्थाहरूमा उत्कृष्ट नियन्त्रणको प्रदान गर्दछ । अतिरिक्त सुविधाहरू जस्तै कोलिसन र्वानिङ सिस्टम र स्लोप होल्डले प्रत्येक यात्रामा थप आत्मविश्वास प्रदान गर्दछ । स्कुटरको उन्नत एनएफसी कि लस इन्ट्री प्रणाली, र डिजिटल की, पासवर्ड, र मेकानिकलकी जस्ता बहुविधी अनलकिङ तरिकाहरुले सुरक्षा र सहजता दुवै प्रदान गर्दछ ।
न्यू जेनेरेसन ब्याट्री र कनेक्टिभिटी
एइ ४ को ७४ भोल्ट २७ एम्पियर एटिएल लिथियम ब्याट्रीले भरपर्दो रेञ्ज प्रदान गर्छ, जसमा ९० किमी वा १७० किमीको विकल्पहरू उपलब्ध छन् । यसको रिभर्स मोडले साँघुरा ठाउँमा चलाउन सजिलो बनाउँछ, जबकि टाइप सी र युयसबि चार्जिङ पोर्टहरूले तपाईंका उपकरणहरूलाई गन्तव्यसम्मै पुग्ने गरी चार्ज राख्न मद्दत गर्छ । अटो–कट अफ इन्डिकेटरहरूले सिग्नल व्यवस्थापनलाई सजिलो बनाउँदै सुरक्षामा थप योगदान दिन्छ ।
स्टाइलिश र स्मार्ट डिजाइन
नेबुला ह्वाइट, नेबुला ब्ल्याक, हेलिओस अरेन्ज, र भेलोसिटी ग्रे जस्ता आधुनिक रङहरूमा उपलब्ध एइ ४ ले सडकमा विशेष प्रभाव पार्छ । भि-शेप लाइटले दृश्यता सुधार मात्र होइन, स्कुटरलाई आधुनिक रूप पनि दिन्छ । जिहो राइड एपको साथ, राइडरहरूले यात्रा इतिहास, ऊर्जा पुनर्जनन, र विभिन्न सुरक्षा सुविधाहरू सहितका महत्वपूर्ण जानकारीहरू प्राप्त गर्न सक्छन्, जसले राइडरहरूलाई निरन्तर जडान र नियन्त्रणमा राख्छ ।
जिहोको बारेमा
जेहो नवीनतम टेक्नोलोजीको माध्यमबाट गतिशीलता को सिमानाहरूलाई धकेल्न समर्पित ब्राण्ड रहेको छ । गुणस्तर र प्रविधि विकासमा केन्द्रित रहँदै, जेहोले आजको गतिशील जीवनको आवश्यकता पूरा गर्ने, भरपर्दो र स्टाइलिश इलेक्ट्रिक स्कुटरहरू प्रदान गर्ने लक्ष्य राखेको बताइएको छ ।
सम्बन्धित समाचार
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
