• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०२ असार २०८३, मङ्गलबार
०२ असार २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

राष्ट्र बैंकले बजारमा ल्यायो नयाँ डिजाइनको ५०० रुपैयाँको नोट
  • ७ घण्टा 

सुनचाँदीको मुल्यमा गिरावट, कतिमा हुँदैछ आज कारोबार ?
  • ७ घण्टा 

आज तराईका केही भागमा मध्यमस्तरको बर्षा हुन सक्ने
  • १२ घण्टा 

२०८३ असार ०३ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल्
  • १२ घण्टा 

काठमाडौँको मेरियट होटलमा ‘फ्लेभर्स अफ थाइल्याण्ड’ फेस्टिभल सुरु
  • १ दिन 

संस्थागत भुक्तानी प्रणाली आधुनिकीकरण गर्न इसेवा र आइएमएसको सहकार्य
  • १ दिन 

विश्वकपको माहोल लक्षित गर्दै टिसिएलले सार्वजनिक गर्‍यो नयाँ पोर्टेबल पार्टी स्पिकर
  • १ दिन 

ट्राफिक व्यवस्थापन सुधारका लागि नाडा र उपत्यका ट्राफिक प्रहरीबीच सहकार्य
  • १ दिन 

सीजीको नयाँ वर्ष योजना : झापाका रणधीर गुप्ता बने पाँच उपहार सामग्रीका विजेता
  • १ दिन 

लोकप्रिय समाचार

  • १. नेपालमा पहिलोपटक एक्सपल्स २१० को अफ–रोड टेस्ट राइड, ‘द फर्स्ट २१० एक्सपिरियन्स’ सम्पन्न

  • २. अत्याधिक गर्मीमा पंखाविहीन कक्षा, शिक्षक अभावले विद्यार्थीको पढाइ प्रभावित

  • ३. जेसीबी नेपालद्वारा इटहरीमा ग्राहक सम्मान कार्यक्रम आयोजना

  • ४. २०८३ असार ०१ गते सोमवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ५. सीजीको नयाँ वर्ष योजना : झापाका रणधीर गुप्ता बने पाँच उपहार सामग्रीका विजेता

  • ६. सुनचाँदीको मूल्य आज पनि घट्यो

  • ७. आज मधेश प्रदेशको एक-दुई स्थानमा मध्यम वर्षा हुने

  • ८. ट्राफिक व्यवस्थापन सुधारका लागि नाडा र उपत्यका ट्राफिक प्रहरीबीच सहकार्य

  • ९. आईकार भी २३ सीमित स्टकमा पुरानै मूल्यमा, ग्राहकलाई ३ लाख रुपैयाँसम्म बचत

  • १०. पाकेको आँप भन्दा काँचो आँप स्वास्थ्यका लागि फाइदा

नाडा अटो शो २०२४ मा यामाहा डब्लुआर १५५ आर एडभेन्चर बाइक र एमटी–१५ भर्सन २ को अनावरण

जानकारी केन्द्र २०८१, भाद्र, १२

काठमाडौं । यामाहाले काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा मंगलबारदेखि सुरु भएको नाडा अटो शो २०२४ को उद्घाटनकै दिन रोमाञ्चक प्रभाव छोड्न सफल भएको जनाएको छ । प्रदर्शनीमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु प्रसाद पौडेलज्यूको हातबाट आफ्नो नयाँ एडभेन्चर बाइक यामाहा डब्लुआर १५५ आरको साथै एमटी–१५ भर्सन २ अनावरणका का साथसाथै एरोक्स, यामाहा एफ जेड एस डिलक्सका प्रदर्शनले उपस्थितहरूलाई मोहित तुल्याएको बताइएको छ । यामाहाको स्टल रहेको इभेन्टको स्टल नम्बर एमएम १५ मोटरसाइकल पारखी र उत्साहीहरूका लागि घुम्नैपर्ने ठाउँ रहेको बताइएको छ ।

शोको उद्घाटनकै दिनमा लन्च गरिएको यामाहा डब्लुआर १५५ आर अफ–रोड एडभेन्चर सेगमेन्टमा गेम चेन्जर बाइक रहेको छ । १५५ सीसी लिक्विड कूल्ड इन्जिन रहेको यसले प्रभावशाली १६.५ बीएचपी र १४.३ एनएम टर्क प्रदान गर्छ जसले जुनसुकै भू-भागमा यात्रा गर्नका लागि एजिलिटीसँग शक्तिको संयोजन गर्छ। यामाहाको डब्लूआरसी बाइकहरूबाट प्रेरणा लिएको डब्लूआर १५५ आरमा हल्का तौलको फ्रेम, एडजस्टेबल सस्पेन्सन, डुअल–च्यानल एबीएस र आधुनिक डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर समावेश रहेको छ जसले यसलाई शहरी राइडरहरू र अफ–रोड एडभेन्चर दुवैका लागि उपयुक्त रहेको बताइएको छ । यामाहा बाइकहरू यसको डिजाइन, टेक्नोलोजी, स्टेबलिटी र राइड एक्सपेरियन्सका लागि पुरै उद्योगमा अग्रस्थानमा रहेको कम्पनीले जनाएको  छ । साहसिक र दक्ष नेपाली बाइकिङ उत्साहीहरूलाई नेपालको पहाडी भूभाग र अन्य कुनै पनि चुनौतीहरूमा पूर्ण नियन्त्रण र सुरक्षा प्रदान गर्ने यामाहा डब्लुआर १५५ आर वास्तवमै एडभेन्चर बाइक सेग्मेन्टमा अन्य सबै प्रतिस्पर्धीहरूभन्दा धेरै अगाडि रहेको कम्पनीले बताएको छ ।

इभेन्टमा आगन्तुकहरू डब्लूआर १५५ आरको स्लीक डिजाइन र अत्याधुनिक प्रविधिबाट प्रभावित देखिएका छन्। यसले यामाहाको इनोभेसन र पर्फर्मेन्समा अग्रणीको रूपमा कायम प्रतिष्ठालाई पनि बलियो बनाएको बताइएको छ ।  डिस्प्लेमा राखिएको भर्खरै लन्च भएको यामाहा एमटी–१५ भर्सन २ ले आफ्नो आक्रामक स्टाइल, नयाँ सुविधाहरूको लहर र रोमाञ्चक पर्फर्मेन्सले यामाहा स्टलमा थप उत्साह बढाएको कम्पनीको दाबि रहेको छ । एमटी–१५ भर्सन २ मा उत्कृष्ट विशेषताहरू रहनुका साथै जसमा सुधारिएको स्थिरताको लागि अपसाइड डाउन फ्रन्ट फोर्कहरू, उच्च चपलताका लागि हल्का एल्युमिनियम स्विङ आर्महरू, र फरक आरपीएममा उत्कृष्ट शक्ति वितरणको लागि भेरिएबल भल्भ एक्टुएशन समावेश रहेको कम्पनीले जनाएको  छ । यसमा राम्रो नियन्त्रणका लागि ट्र्याक्सन कन्ट्रोल सिस्टम, सुरक्षित ब्रेकिङका लागि डुअल च्यानल एबिएस र वाई(कनेक्ट फिचर समावेश गर्दछ, जसले सवारहरूलाई स्मार्टफोन मार्फत उनीहरूको बाइकसँग जडानमा राख्न सक्षम बनाउँछ।

बाइक शोकेसका अतिरिक्त यामाहाले आकर्षक अन–ग्राउन्ड क्विज, गेम र अन्य गतिविधिहरू मार्फत् ठूलो भीडलाई आकर्षित गरेको बताइएको छ । कार्यक्रममा बुकिङ गर्ने आगन्तुकहरूलाई रू. ६००० विशेष छुट को साथै चाँदीको सिक्का र विशेष यामाहा मर्चेन्डाइजबाट पुरस्कृत गरिएको  जनाइएको छ। यसले गर्दा यामाहा फ्यानहरूका लागि यो इभेन्ट अझ अविस्मरणीय बनिरहेको कम्पनीले जनाएको  छ । नाडा अटो शो २०२४ यहि भाद्र १६ गतेसम्म जारी रहनेछ। यसले आगन्तुकहरूलाई यामाहाका नवीनतम अफरहरूको थ्रिल अनुभव गर्न प्रशस्त समय दिएको छ। स्टल नम्बर एमएम १५ को भ्रमण गर्न र यामाहा डब्लूआर १५५ आरको साथमा एडभेन्चर बाइकिङको भविष्यको साक्षी बन्ने मौका नगुमाउनुहोला ।

५० वर्षभन्दा बढी समयदेखि नेपालका अटोमोवाइल पारखीहरूलाई विश्व प्रसिद्ध ब्रान्डहरूको सेवा दिँदै आएको एमएडब्लू ग्रुप नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरहरूको विशेष वितरक रहेको छ । ग्रुपले भर्खरै नेपालमा निर्मित यामाहा मोटरसाइकलका दुई मोडल एफजेड भीथ्री डिलक्स र एफजेड भीथ्री स्ट्याण्डर्डको लागि १० वर्षको वारेन्टी रहेको कम्पनीले बताएको छ । नाडा अटो शो २०२४ मा यामाहा स्टल नम्बर एमएम १५ मा जानुहोस् र यामाहासँग बाइकिङको भविष्य र अन्य धेरै कुराहरूको अविष्मरणीय अनुभव लिन सकिने कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
राष्ट्र बैंकले बजारमा ल्यायो नयाँ डिजाइनको ५०० रुपैयाँको नोट
सुनचाँदीको मुल्यमा गिरावट, कतिमा हुँदैछ आज कारोबार ?
आज तराईका केही भागमा मध्यमस्तरको बर्षा हुन सक्ने

ताजा

राष्ट्र बैंकले बजारमा ल्यायो नयाँ डिजाइनको ५०० रुपैयाँको नोट

सुनचाँदीको मुल्यमा गिरावट, कतिमा हुँदैछ आज कारोबार ?

आज तराईका केही भागमा मध्यमस्तरको बर्षा हुन सक्ने

२०८३ असार ०३ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल्

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.