ह्यारिससँगको अर्को बहसमा भाग लिन ट्रम्पको अस्वीकार
काठमाडौँ । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति कमला ह्यारिससँगको अर्को राष्ट्रपति बहसमा भाग नलिने घोषणा गरेका छन् । ट्रम्पले मङ्गलबार रातिको बहस जितेको दाबी गरेपनि सर्वेक्षणले भने ह्यारिसले जितेको देखाएका छन् । आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनका लागि ट्रम्प रिपब्लिकन पार्टीबाट र ह्यारिस डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका उम्मेदवार रहेका छन् । अहिलेसम्मका सर्वेक्षणहरुमा दुवैबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ ।
पूर्वराष्ट्रपतिले अध्यागमन र मुद्रास्फीति जस्ता विषयमा पनि छलफलमा विस्तृत रूपमा छलफल भइसकेकाले अब अर्को बहसको आवश्यकता नरहको बताएका छन् । बाइडेन प्रशासनमाथि हमला गर्दै उनले देशलाई ध्वस्त पारेको र यसबारे बहसमा पनि कुरा भइसकेको बताए । उनले भनेका छन्- ‘जब एक पेशेवर बक्सर हार्छ, उसले सधैं भन्छ कि म पुन: खेल चाहन्छु । मैले कमला ह्यारिसको बिरूद्ध बहस जितेको छु र ह्यारिसले बहस हारेपछि तुरुन्तै अर्को बहसको माग गरेकी थिइन् ।’
ट्रम्पले ह्यारिसले फक्स न्यूजको बहसमा भाग नलिने र एनबीसी र सीबीएस बहसमा पनि भाग लिन अस्वीकार गरेको आरोप लगाए । अमेरिकी राष्ट्रपतिको निर्वाचन नोभेम्बर ५ मा हुँदैछ।
सम्बन्धित समाचार
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
भारतले राख्याे नेपालका बाढी पीडितलाई उच्च प्राथमिकतामा, थप सहयोग पठाउने
नेपाललाई आपतकालीन सहयोग दिने चीनको निर्णय
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
