इरानको इजरायलमाथि हमलापछि कच्चा तेलको मूल्य बढ्यो
काठमाडौँ । इरानले इजरायलमा मिसाइल हमला गरेपछि कच्चा तेलको मूल्य बढेको छ । यो हमलापछि मध्यपूर्वमा थप द्वन्द्वको डर बढेको छ । इरान र इजरायलको युद्ध चर्किएमा तेल आपूर्ति पनि प्रभावित हुन सक्ने विश्लेषण गरिएको छ।
ब्रेन्ट कच्चा तेलको मूल्यको लागि अन्तर्राष्ट्रिय बेन्चमार्क हो । मंगलबारदेखि आजसम्म अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मुल्य ६ प्रतिशतले बढिसकेको छ । अहिले कच्चा तेलको मुल्य प्रति ब्यारेल ७४.४० डलर पुगेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
अमेरिकी ऊर्जा सूचना प्रशासनका अनुसार इरान विश्वको सातौं ठूलो तेल उत्पादक देश हो । यो तेल उत्पादक देशहरूको समूह ओपेक (तेल निर्यात गर्ने देशहरूको संगठन) को तेस्रो ठूलो सदस्य पनि हो ।
यस क्षेत्रमा कुनै पनि प्रकारको सैन्य द्वन्द्वले स्ट्रेट अफ हर्मुज हुँदै व्यापारलाई असर गर्न सक्ने व्यापारीहरूबीच चिन्ता बढेको छ ।
स्ट्रेट अफ हर्मुज ओमान र इरानको बीचमा अवस्थित छ । यो अन्तर्राष्ट्रिय तेल व्यापारको लागि महत्त्वपूर्ण छ र विश्वको तेल व्यापारको २० प्रतिशत यहाँबाट हुन्छ । ओपेकका अन्य सदस्य राष्ट्रहरू साउदी अरेबिया, युएई, कुवेत र इराकले पनि तेल निर्यातका लागि यही मार्ग प्रयोग गर्छन्।
सम्बन्धित समाचार
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
चीनले विकास गर्यो धुलोभन्दा सानो चिप्स,पानीमुनी रहेका जहाज (पनडुब्बी) पत्ता लगाउन सक्ने दाबी
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

